Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

टोकियो-गुल्मेली समाज जापानले भूकम्प पीडितहरूका लागि संकलन गरेको राहत रकम मध्ये २ लाख ५० हजार येन हालै एक कार्यक्रमका बीच `नेपाल भूकम्प पीडित राहत तथा सहयोग समिति जापान`लाई हस्तान्तरण गरेको छ ।

हालै टोकियोको सुगामोस्थित दूर्गा रेष्टुरेन्टमा कार्यबाहक अध्यक्ष देवीदत्त अर्यालको अध्यक्षतामा भएको कार्यसमितिको बैठकले गरेको निर्णयानुसार उक्त रकम राहत संकलन समितिको संयोजक शालिकराम भण्डारीले भूकम्प पीडित राहत तथा सहयोग समिति जापानका कार्यवाहक संयोजक रोशन केसीलाइ हस्तारण गर्नुभएको हो ।

गुल्मेली समाज जापानले समाजका सल्लाहकार शालिकराम भण्डारीको संयोजकत्वमा २१ सदस्यीय राहत संकलन समिति गठन गरी राहत संकलन गरेको थियो । संकलित रकममध्ये २ लाख ५० हजार येन भूकम्प पीडित राहत तथा सहयोग समितिलाई हस्तान्तरण गरिएको र बांकी रहेको रकम जिल्लाका भूकम्पबाट प्रभावित तथा पीडितहरुका लागि प्रत्यक्ष बितरण गरिने निर्णय गरिएको बताईएको छ ।  जिल्लाका भूकम्प पीडितहरूका लागि राहत रकम पठाउन शालिकराम भण्डारीको संयोजकत्वमा ९ सदस्यीय अध्ययन तथा समन्वय समिति समेत गठन गरी कार्य भईरहेको सो समाजले जनाएको छ ।

बैठक तथा रकम हस्तान्तरण कार्यक्रमको संचालन सो समाजका महासचिव बिपिन घिमिरेले गर्नुभएको थियो ।  ***

gulmeli samaj rahat

 

तपाईको प्रतिक्रिया