Deneme Bonusu Veren Siteler
शनिबार, पौष १३, २०८१
Saturday, December 28, 2024

टोकियो – जापानको नेपाली समुदायको प्रतिनिधित्व गर्दै नेपाल गएको उद्वार तथा राहत टोलीले हालै गएको शक्तिशाली भूकम्पबाट अति प्रभावित जिल्लाहरुमा पुगेर राहत वितरण कार्यलाई तिब्रता दिएको छ ।

नेपाल भूकम्प पीडित राहत तथा सहयोग समिति जापानका संयोजक भवन भट्टको नेतृत्वमा एनआरएन एशिया प्यासिफिक उपसंयोजक रोबिन्द श्रेष्ठ, एनआरएन जापानका उपाध्यक्षद्वय सुदन थापा र तुल्सीराम खरेल, ब्यवसायी अनुज थापा लगायतका टोली आज सिन्धुपाल्चोकको पाँचखाल पुगेर राहत सामाग्री बितरण गर्नुका साथै स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।

यसैगरी टोलीले भोलि गोरखा, धादिङ र नुवाकोट पुगेर अति प्रभावित क्षेत्रहरुको स्थलगत भ्रमण गरी पीडितहरुलाई राहत सामाग्री बितरण गर्ने र स्वास्थ्य शिविर सञ्चालन गरी घाइतेहरुको उपचार गर्ने कार्यक्रम रहेको एनआरएन आईसीसीका उपाध्यक्ष समेत रहनुभएका सहयोग समितिका संयोजक भट्टले समुद्रपारिलाई बताउनुभयो ।

एनआरएन आइसीसी र स्थानिय जिल्ला प्रशासनसंगको सहकार्यमा टोलीले राहत सामाग्री बितरण गरिरहेको बताएको छ । टोलीमा चिकित्सक, नर्स, स्वयमसेवकसहित एनआरएन आइसीसीका अध्यक्ष शेष घले, कोषाध्यक्ष बद्रि केसी लगायतका एनआरएन नेताहरुको पनि बिशेष संलग्नता रहेको छ ।

सहयोग समितिले राहत सहयोगका लागि हिजो र आज गरेर १ करोड रुपैंयाभन्दा बढि रकम नेपाल पठाईसकेको जनाएको छ । ***
Gobinda Gobinda 6 Gobinda 2 Gobinda 1 Gobin 6 Gobin 5 Gobin 4

तपाईको प्रतिक्रिया