Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

टोकियो – भूकम्प पीडित राहत तथा सहयोग समिति जापानले आज टोकियोको सिन्जुकुमा गरेको सार्बजनिक अपिलबाट ५९ मान २ हजार ४ सय ३० येन जम्मा गरेको छ ।

सिन्जुकु स्टेशनको पश्चिमी ढोका र दक्षिणी ढोकामा स्वयम सेवक नेपालीहरुले नेपालको बिपत्तिमा सहयोग गर्न सार्बजनिकरुपमा जापानी समुदायमा गरेको अपिलबाट सो रकम संकलन भएको हो ।

सहयोग समिति अन्तर्गतको स्वयम सेवक परिचालन उपसमितिको पहलमा सो राहत संकलन कार्यक्रम केही दिनदेखि दैनिकरुपमा हुँदै आईरहेको छ । यसरी गरिएको सार्बजनिक अपिलबाट हाल सम्म करिव २५० मान भन्दा बढि रकम संकलन भएको बुझिएको छ ।

यसैबिच तोहो इन्टरनेशनल कलेज कासाइका नेपाली विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुको संयुक्त पहलमा संकलित रकम ३० मान ३९ येन भूकम्प पीडित राहत कोषका लागि आजै एनआरएन जापानका उपाध्यक्ष नरबहादुर थापालाई हस्तान्तरण गरिएको छ ।

यसैगरी इवाराकी केनमा अध्ययनरत नेपाली विद्यार्थीहरुले पनि संकलित रकम आजै ९ मान ५ हजार ३३ येन राहत कोषमा जम्मा गरेका छन् । ***
IMG_3809 IMG_3821 IMG_3823 IMG_3838 IMG_3841 IMG_3843 IMG_3845Toho

तपाईको प्रतिक्रिया