Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – नेपालका आएको भूकम्पको प्रलयका कारण आज मजदुर दिवस पनि नमनाइने भएको छ ।

आज १ सय २६ औं मजदुर दिवस हो । यस पटकको मजुर दिवसलाई भूकम्प पीडितको उध्दार तथा राहत वितरणमा केन्द्रित गरिने विभिन्न संघ संगठनहरुले बताएका छन् । विभिन्न दल सम्वध्द मजदुर संगठनहरुले दिवसलाई भूकम्प प्रभावितको उध्दार तथा राहत वितरणमा केन्द्रित गरेको बताएका छन् । दिवसका अवसरमा प्रधानमन्त्री सुशील कोइराला पनि सन्देश दिनुहुँदै सबै मजदुरहरुलाई भूकम्प पिडितहरुको उध्दारमा लाग्न आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्रीले हालै आएको विनासकारी भूकम्पले समस्त नेपालीलाई मर्माहत बनाएको यस दुःखद् घडीमा समस्त मजदूरहरुसँग नेपाललाई यस पीडाबाट मुक्त बनाउन मन, वचन र कर्मले सहयोग गर्न हार्दिक अनुरोध गर्दछु भन्नु भएको छ ।
नेपालको अन्तरिम संविधान २०६३ मा श्रमसम्बन्धी हकलाई मौलिक हकमा व्यवस्था गरिएको, श्रमिकलाई उचित श्रम अभ्यासको हकका साथै आफ्नो हित रक्षाको निमित्त ट्रेड युनियन खोल्ने, संगठित हुने र सामूहिक सौदावाजी गर्ने हकलाई प्रत्याभूत गरिएको बताउँदै उहाँले श्रमजिवी वर्गको हक, हित र अधिकारको सुनिश्चितता भएमात्र देशको विकासले फड्को मार्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।***

तपाईको प्रतिक्रिया