Deneme Bonusu Veren Siteler
शनिबार, पौष १३, २०८१
Saturday, December 28, 2024

टोकियो – नेपाल भूकम्प राहत तथा सहयोग समितिको एउटा टोली नेपालमा उद्वार तथा राहत कार्यमा सक्रिय बनेको समाचार छ ।

संयोजक भवन भट्टको नेतृत्वमा जापानबाट हाल नेपालमा रहेका एनआरएनहरु सम्मिलित टोलीमा एशिया प्यासिफिक उपसंयोजक रोविन्दप्रसाद श्रेष्ठ (गोविन्द), एनआरएन जापानका उपाध्यक्ष सुदन थापा, अनुज थापा लगायत रहेका छन् । एनआरएनका अध्यक्ष शेष घले, कोषाध्यक्ष बद्रि श्रेष्ठसहित जापानको टोली उध्दार तथा राहतका लागि आज काभ्रे जाने कार्यक्रम रहेको संयोजक भट्टले समुद्रपारिलाई बताउनुभयो ।

ब्लाङ्केट, त्रिपाल, चिउरा, चाउचाउलगायतका राहत सामाग्री र चिकित्सक एवं नर्सहरु सहितको टोली आज काभ्रे जान लागेको हो ।

यसैगरी अति प्रभावित जिल्ला गोरखा, सिन्धुपाल्चोक, नुवाकोट लगायतका जिल्लाका लागि पनि राहत सामाग्री र चिकित्सक एवं नर्सहरुको टिमसहित टोली जाने भएको छ । ***

तपाईको प्रतिक्रिया