टोकियो – जापानका एक सफल ब्यवसायी दीपक सुबेदीले जन्मभूमिको राष्ट्रिय बिपत्तिमा राहत स्वरुप करिव १६ लाख रुपैंया सहयोग गर्नुहुने भएको छ ।
आफैले सुरु गरेको अभियानलाई ८ लाख १० हजार येन (८१ मान), कर्लिम समाज र बिहुँकोट समाजको संयुक्त अभियानमा ५ लाख येन (५० मान), जापानबासी नेपाली समुदायको संयुक्त अभियान भूकम्प पीडित राहत तथा सहयोग समितिको अभियानलाई २ लाख येन (२० मान) र जनसम्पर्क समितिको अभियानलाई १ लाख १० हजार येन (११ मान) गरी १६ लाख २० हजार येन (१६२ मान) सहयोग गर्नुहुने भएको हो ।
यसबाहेक उहाँको आफ़्नै कम्पनी दीपमहलको पहलमा कम्पनीमा कार्यरत कर्मचारी, शुभचिन्तक जापानीलगायत आफन्तहरुसंग राहत सहयोग संकलन कार्य भईरहेको सुबेदीले समुद्रपारिलाई बताउनुभयो ।
सुबेदी कर्लिम समाज र बिहुँकोट समाजको राहत संकलन संयुक्त अभियानको संयोजक पनि हुनुहुन्छ । उहांले धेरै महिना अगाडिदेखि हिजो सोमबारका लागि तय गरिएको आफ़्नो सुपुत्रको शुभकार्य पनि देशमा परेको महान बिपत्तिका कारण स्थगन गरेको बताउनुभएको छ ।****