आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – शनिबार नेपालको राजधानी लगायत बिभिन्न क्षेत्रमा आएको विनाशकारी भूकम्पले ठूलो संख्यामा भएको जनधनको क्षतिप्रति वामी सेवा समिति जापानले गहिरो दुख ब्यक्त गरेको छ ।

यस दुखद घडिमा सो समितिले गहिरो दुख ब्यक्त गर्नुका साथै मृतकहरुप्रति हार्दिक भावपूर्ण श्रध्दाञ्जली र शोक सन्तप्त परिवारप्रति समबेदना एवं घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

साथै सो समितिले पीडितहरुको सुरक्षित उद्दारको कामना गरेको छ भने यस विपतको घडिमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा धैर्य धारण गर्ने शक्ति मिलोस र थप क्षति नहोस भन्ने कामना समेत गरेको छ ।
सो समितिद्वारा प्रेषित बिज्ञप्तीमा यस दुखद घडीमा आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी मातृभूमिको लागि सेवा गर्नु आफ़्नो कर्त्तब्य ठानी भूकम्प पीडितहरुका लागि राहत संकलन गर्ने ठहर गरेको जनाउँदै मानवीय सेवामा सहयोगी हातहरु अगाडि बढाउन सम्बन्धित सबैमा अपिल गरेको छ । ***

तपाईको प्रतिक्रिया