Deneme Bonusu Veren Siteler
बिहिबार, पौष २५, २०८१
Thursday, January 9, 2025

टोकियो – गायक बद्री पंगेनीलाई नचिन्ने सायदै होलान् । धेरै लामो संघर्ष र मिहिनेतले आफूलाई लोक गायन क्षेत्रमा स्थापित गराउन सफल गायक बद्री सानैदैखि गीत संगीतप्रति लगाव राख्थें । पाल्पा हँदै लोकगायन कै लागि राजधानी होमिएका उनी दोहोरी गाउन निकै माहिर मानिन्छन् ।

नेतादेखि जनतासम्म भिजेका गायक बद्रीलाई ससुरालीमा बोलको गीतले चिनाएको उनी बताउँछन् । ‘लाउ चेली रातो लाउ….’, ‘निको पार हृदयको घाउ….’, ‘रातो रिवन….’, ‘बाँच्नकै लागि भएपनि छाक तार्नैपर्दो रहेछ….’, ‘मन थिएन जोगी बन्नलाई…..’, ‘लासमाथि फुल राखी…..’, ‘रातो पछ्यौरी….’ लगायतका उनका गीतहरु चर्चित छन् । उनी लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका प्रथम उपाध्यक्ष समेत हुन् । उनै जनताका गायक बद्रीसँग समुद्रपारि डट कमका लागि रमेश श्रीष मगरले गरेको कुराकानीको सम्पादित अंश :

badriआजभोलि केमा व्यस्त हुनुहुन्छ ?
गीत–संगीतमै व्यस्त छु । नेपालमा मेला महोत्सवको चहलपहल छ । अनि यता विदेशतिर नयाँबर्षको अवसरमा कार्यक्रमहरु भैरहेका छन् । हालै पनि जापानमा भएको एक सांगीतिक कार्यक्रममा सरिक हुने अवसर पाएको थिंए । अनि नेपालमा हुँदै गरेका मेलामहोत्सवका लागि पनि निम्तो आएका छन् । अझ प्रष्ट रुपले भनौं, मलाई मेला महोत्सवले नै व्यस्त बनाएको छ । त्यसपछि गीत संगीतको कुरा गर्दा नारीहरुकै पक्षमा एउटा मनछुने गीतको तयारीमा छु ।

तपाईका धेरै गीतले नारीहरुको भाव बोकेको हुन्छ नि । किन यत्ति धेरै नारीमोह ?
नारीहरु देशको सिर्जनाकर्ता हुन् । हामी नारीलाई सम्मान गर्दैनौं भने त्यो मानिस देशका लागि बोझ भएरै बाँचिरहेको हुन्छ । त्यसैले हरेक नारीको पींडालाई हामीले सम्मान गर्न सक्नुपर्छ । ‘पुरुष मर्दा महिलाले सेतै लुगा लाउने अरे, महिला मर्दा पुरुषले अर्को बिहे गर्ने अरे’ यो हरफ मैले त्यसै सिर्जना गरेको हैन । हामी एउटै समाजको प्राणीमा कति भिन्नता छ । त्यसैले यि यस्ता प्रथाहरु अन्त्यका लागि म निरन्तर लागि परेको हुँ । यसलाई नारी मोह चाँही भन्न नमिल्ला कि ?

जनताका गायकका रुपमा पनि परिचित हुनुहुन्छ । तर आजभोलि प्रगतिशिल गीतहरु बजारमा आउनै छोडे, स्टेजमा मात्र केन्द्रित रहे नि, किन ?
हो, साँच्चै त्यो कुरो सत्य हो । हरि बिष्टजीले लेख्नुभएको र मैले गाएको अझै पनि ‘बाँच्नकै लागि भए पनि छाक तार्नैपर्दो रहेछ’ भन्ने गीत बजारमै छ । तर दुःखको कुरो ति गीतहरुले महत्व पाउँदैनन् । समाजमा सुन्ने व्यक्तिहरुको मात्रा पनि कम हुन्छ । यो एउटा समस्या भयो । अझ अर्को महत्वपूर्ण समस्या के छ भने हाम्रो समाजमा जनवादी र प्रगतिशिल गीतहरु कम्युनिष्टहरुले मात्र गाउने गीत हो भन्ने बुझाई छ । मैले प्रगतिशिल गीतहरु गाएर हिड्दा मप्रति राजनैतिक आक्षेप लाग्ने गरेको पाएको छु । मलाई गीत गाएकै भरमा जबर्जस्ती कुनै न कुनै राजनैतिक दलले टिका लगाउन खोजिन्छ । तर म कलाकारकै रुपमा समाज र देशमा परिवर्तन गर्न चाहन्छु ।

तपाई राजनैतिक दलका धेरैजसो कार्यक्रममा संलग्न भएको पाउँछौं । तपाईको बुझाईमा राजनीति के त ?
हाहाहाहा…….. (मुस्कान) । मेरो विचारमा राजनीतिलाई बुझन् जरुरी छ । त्यो व्यक्ति कलाकार होस् या कुनै व्यवसाय, विद्यार्थी र ड्राईभर नै किन नहोस् । तर हाम्रो देशमा अझै पनि राजनीति एउटा नेताले मात्र गर्नुपर्छ भन्ने आम मानिसको बुझाई छ । जसले गर्दा अझैसम्म पनि देशले संविधान पाउन सकिरहेको छैन । त्यसैले म के भन्छु भने हामीले राजनीति गर्नुहुदैन तर बुझ्न जरुरी छ । कहिले माधवकुमार, कहिले प्रचण्ड त कहिले सुशील कोइरालासंगै कार्यक्रममा हिडियो । तर मैले अहिलेसम्म कुनै दलबिशेषको टिका नलगाएको यसै नेपाली समाचारबाट स्पष्ट पार्न चाहन्छु । म जोसँग जहाँ गए पनि जनताकै गीत गाउने हो । त्यसैले म नेता वा दल बिशेषको गायक भन्दा जनताको गायक रुपमा चिनिन चाहान्छु । पछिल्लो समय मलाई जे आक्षेप लागेको छ त्यसले मलाई अन्याय भएको छ ।

बद्री पंगेनीको काम देशविदेशमा हुने कार्यक्रममा मात्र सरिक हुने हो कि यस क्षेत्रमा युवा पुस्ताको आगमनसँगै पलाएको विकृतितिर पनि ध्यान दिने हो ?
समयसँगै लोक गीतको परिभाषा पनि परिवर्तित छ । जुन कुरालाई न त मैले चाहेर रोक्न सक्छु न त कसैले । समयसँगै भएको परिमार्जितलाई युवा पुस्ताले पनि ध्यान दिनु जरुरी छ । हामीले आफ्नो सँस्कृति र परिवेशलाई भुलेर आफ्नो मौलिकता र पहिचान नै गुमाउने गरी जुन किसिमको परिवर्तन ल्याउन खोजिदैछ त्यो राम्रो हैन । तर हाम्रो लोकगीतको क्षेत्रमा भन्ने हो भने सबै कलाकारहरु त्यस्ता पनि छैनन् । धेरैले आफ्नै मौलिकपन, सँस्कृति र परम्परालाई झल्कने गीत बनाउने र गाउने पनि प्रशस्तै छन् । तर मिडिया र देशविदेशमा हुने नेपालीहरुले उत्कृष्ट लोक कलाकारलाई चिन्न नसक्दा यो समस्या आएको हो जस्तो लाग्छ । कार्यक्रममा गएर जस्तो पायो त्यस्तै गीत गाएर स्टेज ततायो भन्नु म उचित ठान्दिन । त्यसैले अब कसको गीतले कस्तो भाव बोकेको छ भन्ने बुझेर आमश्रोताहरुले सुन्दिनु भयो भने यो विकृति आफै सेलाएर जान्छ ।

एउटा गीत सफल हुनका लागि के के पर्फेक्ट हुनुपर्छ जस्तो लाग्छ ?
एउटा गीत सफल हुनका लागि धेरै कुरा पर्फेक्ट हुनु जरुरी छ । जस्तो लय, स्वर, शब्द, म्युजिक एरेञ्ज दमदार हुने हो भने अरु केही हुँदैन ।

तपाईको गायन यात्राको १७ बर्ष सम्म आइपुग्दा लोक गायक भनेर चिनाएको गीत कुन होला ?
मलाई सुरुमा गायक भनेर चिनाएको गीत ‘पिएन क्यापस, आउ बस मायालु गरौ टाइम पास’ हो । त्यसपछि मलाई धेरै प्लस प्वाईन्ट भने ‘ससुरालीमा’ गीतले दिलाएको हो । तर मैले अहिलेसम्म गाएका गीतहरु मध्ये सँधै गाउन आनन्द आउने गीत भने ‘लाउ चेली सिंदूर लाउ, निको पार हृदयको घाउ’ हो ।

badri3अहिलेसम्म कतिवटा देशहरु घुम्नुभयो ?
अहिलेसम्म म २५/३० वटा देशहरुमा आफ्नो सांगीतिक प्रस्तुती दिइसकेको छु । जापान, अमेरिका, हङकङ, मलेसिया, युके, दुबई, थाईल्याण्ड, कोरिया, सिंगापुर, कतार, कुबेत, बहराइनलगायत युरोपका थुप्रै देशहरु पनि गईसकेको छु ।

धेरै व्यस्त हुनुहुन्छ, अहिलेसम्म पैसा त निकै कमाउनुभयो होला है ?
मैले नकमाएकै त्यही पैसा हो । मेरो सम्पत्तितिर कहिल्यै लोभ भएन । मसँगै लोकगीतमा लागेका साथीहरुले काठमाडौं मै ४/५ तला घर बनाईसकेका छन् । तर म न त पैसा कमाएर ठूलो बिल्डिङ बनाउन सके न त प्रशस्त पैसावाला बनेर गाडीमा चढ्न सके । त्यसैले प्रशस्त सम्पत्तिको मोहभन्दा पनि मलाई परिवार मात्र पाल्न सके पनि धेरै खुशी लाग्छ ।

परिवारबाट दबाब आउँदैन ?
मैले जति कमाएको छु मेरो परिवार त्यत्तिमै खुशी छन् । मलाई चिल्ला गाडीको सोख छैन् । म त बरु सम्पूर्ण नेपाली खुशी भएको पो देख्न चाहान्छु ।
सत्र बर्षसम्म गायन क्षेत्रमा बिताउनुभयो, के कस्तो अनुभव बटुल्नुभयो ?
धेरै कुराको ज्ञान लिएँ । बढी कुरा सिक्ने अवसर पाएँ । त्यो भन्दा ठूलो कुरा १७ बर्षसम्म पनि आफुलाई टिकाउन सफल भएँ त्यो नै ठूलो कुरा हो । अनुभवको कुरा गर्दा अब गीतसंगीतमा लागेर आफूलाई पाल्न सक्नेभएको छु ।

गायन क्षेत्रमा टिक्न नै गाह्रो छ भन्छन् सही हो ?
यो तपाई आफै पनि बुझ्नुभएको छ । गायक भनेर आउने धेरैजसो केही समयमै कता पुग्छन् पत्तो हुदैन । टिक्ने र नटिक्ने भन्ने त्यो गायकमा भर पर्छ । हरेक काममा टिक्नका लागि गायक आफूलाई निखार्न र सिक्न जरुरी छ ।

अन्तमा के भन्नुहुन्छ ?
हालै जापानमा भएको कार्यक्रमका लागि निम्तो दिनुहुने गल्कोट समाजप्रति धेरै खुशी छु । जापानमा पनि यत्ति धेरै लोकपारखी नेपाली आमाबुवा, दिदीबहिनी र दाजुभाइको जमघट देख्दा धेरै खुशी लाग्यो । र हाम्रा हरेक प्रस्तुतीहरुलाई नियालेर साथ र सपोर्ट दिनुभएकोमा समुद्रपारि डट कम र नेपाली समाचारप्रति पनि आभारीका शब्दहरु अर्पण गर्दछु । अन्तमा, नेपाली लोकदोहोरी गीतलाई सदैव माया गर्न सबैमा आग्रह गर्न चाहन्छु ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया