Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

टोकियो – आज टोकियोमा नयाँ वर्षको पहिलो कार्यक्रम ‘न्यू एअर म्युजिकल नाइट’ सम्पन्न भएको छ ।

कार्यक्रममा नेपालबाट आएका कलाकारहरु तिलकबम मल्ल, पूजा गुरुङ र डिजे तेञ्जिङले उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरे ।

इकेगामी खाइकानमा भएको सो कार्यक्रममा स्थानीय कलाकारहरु प्रियङ्का चोखाल, निशा केसी र संगीता क्षेत्रीले आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने गायिका बिमला गुरुङले एकल गीत प्रस्तुत गरेकी थिईन् । यसैगरी नेपालबाट आमन्त्रित चर्चित डिजे तेञ्जिङले दर्शकहरुलाई भरपुर नचाएका थिए । साथमा घुम्टे नौमती बाजा समुहको पञ्चेबाजा प्रस्तुतीले कार्यक्रममा थप रौनकता प्रदान गरेको थियो ।

पप गायनको क्षेत्रमा लामो समयदेखि चर्चाको शिखरमा रहेका लोकप्रिय गायक मल्लले ‘मुटु छुने लुम्लेको हावाले……’, ‘हातमा रुमाल हल्लाउँदै…….’, ‘भोटेताल्चा………..’, ‘ट्याक्सी गुड्यो सरर………..’, लगायतका चर्चित गीतहरु पस्केका थिए भने अर्की लोकप्रिय पपगायिका पूजा गुरुङले ‘पीरतीको मीठो तिर्सना लाग्यो रे…..’, ‘माया कहाँ लाग्यो………’, ‘तिमी अघिअघि…..’ जस्ता गीतहरु गाएकी थिईन् ।

जापानका युवा ब्यवसायी एवं संगीतप्रेमी लवकुमार बुढाथोकीको आयोजनामा भएको सो म्युजिकल नाइटको प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई, बिशेष अतिथिहरु एनआरएन जापानका उपाध्यक्ष एवं कार्यक्रम संयोजक नरबहादुर थापा, पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल र वरिष्ठ संगीतकर्मी ईश्वर गुरुङले संयुक्तरुपमा दीपप्रज्वलन गरी उदघाटन गरेका थिए ।

समुदघाटन मन्तब्यमा राजदूत डा. भट्टराईले नेपाली कला र संस्कृतिको साधनाका लागि गरिएको प्रयास सह्रानीय रहेको बताउँदै नयाँ वर्षको उपलक्ष्यमा सबै नेपालीहरुमा हार्दिक शुभकामना ब्यक्त गरे ।

यसैगरी आयोजकका तर्फबाट संयोजक नरबहादुर थापाले उपस्थित दर्शक तथा सहयोगी सबैमा स्वागत एवं धन्यबाद ब्यक्त गर्दै नयाँ वर्षको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमको अन्तमा, कलाकारहरुलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रमको पहिलो चरणमा गायक अम्मर गुरुङको र पछिल्लो चरणमा अर्का गायक तथा संगीतकार रामकृष्णबम मल्लको सञ्चालन रहेको थियो । ***
ok 5ok 7ok 10ok 11
OK 13ok6ok8ok9ok12

तपाईको प्रतिक्रिया