मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

इलाम- नेकपा (एमाले) इलामको नवौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा राम राना विजयी हुनुभएको छ ।
रानाले आफ्ना प्रतिद्वन्द्वी गणेशप्रसाद बराललाई ६५ मतले पछि पार्नुभएको थियो । त्यस्तै उपाध्यक्षमा भक्त केसी, सचिवमा महेश बस्नेत र उपसचिवमा उमेश गुरुङ विजयी हुनुभएको छ ।
खुला सदस्यमा ओमनारायण खनाल, उदय राई, कृष्ण श्रेष्ठ, खिनु लङवालिम्बू, गणेशप्रसाद बराल, जसबहादुर लुङ्गेली, छवि श्रेष्ठ, टेकबहादुर राई, जयप्रकाश राई, जितबहादुर राई, देवेन्द्र विश्वकर्मा, दीपेन्द्र खनाल, धीरेन्द्र चेम्जोङ, नरेन्द्रनाथ भट्टराई र बुद्धिप्रसाद खनाल विजयी हुनुभएको छ ।
जिल्ला कार्यसमितिमा महिला, दलित, जनजातिसहित ६३ सदस्य छन् ।
एमाले अधिवेशन मङ्सिर २ गतेदेखि सुरु भएको थियो । अधिवेशनमा ६५१ प्रतिनिधि थिए ।

अधिवेशनको एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया