मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

जाजरकोट- जाजरकोटको भुरचौरबाट बिहीबार बिहान यात्रुसहित भेरी नदीमा खसेको बस शुक्रबार गोताखोरले फेला पारे पनि यात्रु भने भेटिएका छैनन् ।
जाजरकोट सदरमुकाम खलंगाबाट सुर्खेतको राकमतर्फ आउँदै गरेको ना३ख १४०८ नम्बरको बस दुर्घटनामा परेको थियो ।
नदीमा ३० जनाभन्दा बढी बेपत्ता भएको प्रहरीको अनुमान छ । बिहीबार तीनजनाको शव भेटिएको थियो भने १० जनाको जीवितै उद्धार गरिएको छ ।
काठमाडौँबाट आएका गोताखोरले शुक्रबार बिहान नदीमा बस फेला पारे पनि त्यसमा रहेका यात्रुको बारेमा शुक्रबार साँझसम्म कुनै अत्तोपत्तो नभएको जानकारी जाजरकोटका प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले दिए ।

तपाईको प्रतिक्रिया