Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

kaliसिंगो जीवन नै पाहुना र यात्रा रहेछ त्यही यात्राभित्र पनि पत्रपत्र परेको धेरै यात्राहरु हुने रहेछन । पत्रपत्र परेको यात्रा जस्तै चुनौती पनि खण्डखण्ड परेको हुंदारहेछन् । यो जीवन जस्तो सोच्यो उस्तै हुने हो कि, भाविले जस्तो लेखेको छ त्यस्तै सोचाइ हुने हो ? बुझ्नै सकिरहेकि छैन । जे जे राम्रा सोचेको थिए“ त्यो भएन, जुन जुन सोचेको हुन्न त्यही भोग्नुपरेको छ । अन्ततः त्यही सोचेजस्तो र चाहेजस्तो नहुने नै जीवनको परिभाषा रहेछ भनेर चित्त बुझाउनुपरेको छ । सुन्दर सपना र उज्जल भविष्य भनेकै विदेश हो भन्ने आम नेपालीमा हुने मानसिकताको हावाले मलाई पनि उडायो । मैले पनि अन्जानमै बिदेशमा पाईला टेक्न सफल भए“ । विदेशको भूमिमा पाइला टेकेको तीन दिनदेखि सुरु भयो मेरो रामकहानी र कालखण्डको जीवन । अब त होला नि, भोलि त जुर्ला नि, भन्दा भन्दै नेपालको ठूला चाडपर्वहरु आए गए, थुप्रै बसन्तहरु फेरिए नेपाल फ़र्कने मेसो मिल्न सकेको थिएन । अनुहार नपरेको मान्छेलाई लगन नजुरे जस्तै स्वदेश फर्किने मौका जुर्न नसक्दाको पीडा आफ़्नै ठाउंमा थियो । कोहि लगेज र हेण्डक्यारी लतार्दै एरपोर्टतिर जाने गरेको देख्नै नहुने आफु पनि त्यस्तै गरी नेपाल जाने दिन कहिले आउला ? भनेर मन अत्तालिने गर्थ्यो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

त्यो आफु जन्मेहुर्केको धुलो, माटो र हावापानीले बारम्बार तानिरहे पनि म आफु भने विदेशरुपी अंकुशमा अल्झिरहेको थिएं । यो पटक भने त्यही तोड्न नसकेको अंकुशलाई तोडेर स्वदेश फर्किने अठोट लिएं । तर त्यति सानो अंकुश भित्र पनि सजिलै त्याग्न नमिल्ने जीवनका महत्वपूर्ण सञ्जालहरु थिए । लामो समयसम्म विदेशको रहनसहन मेरो नसा नसामा घुसिसकेका थिए । आफ़्नो माटो अर्थात जन्मभूमिले चुम्बकीय शक्तिले तानेझै मेरो तन र मन एकनास तान्दा पनि आजसम्म आफैले बसालेको रहनसहनको माया त लागेर आउंदो रहेछ । धेरै वर्षपछि स्वदेश फर्किने दिन नजिकिदै थियो । मनमा एक पछि अर्को उत्सुकता बढेको थियो । टाढा होस नजिक यात्रा गर्ने भनेपछि के गर्ने, के नगर्ने र के लैजाने के, छोड्ने भन्ने बारे यतिकै अल्लमल्ल परेर दिमागले कामै नगर्ने बानी छँदैथियो । फेब्रुअरी १३ तारिख उड्ने दिनसम्म पनि केहि छुट्यो कि भन्ने पिरलोले मनमा बेचैन हुने तर के छुट्यो भन्ने हेक्का नहुने अर्को नराम्रो बानी पनि मेरै थियो ।

लामो विदेश बसाईपछिको आफ़्नो थातथलो फर्किने भन्दा मनमा खुशी हुने नै भयो । तर त्यो खुशीलाई एकपछि अर्को चुनौतीहरुले भालु बनेर झम्टेको महसुस हुदैथियो र पनि ति चुनौतीहरुलाई पन्छाउंदै नारिता विमानस्थल तर्फ लागें । सामान्यतयाः स्वदेश फ़र्कने भनेपछि कि त मनग्गे मोटो गाँठ, कि त प्रतिक्षारत आफन्तसंगको भेटघाट नै सबैभन्दा महत्वपूर्ण हुन्छ । तर मेरा लागि न त मोटो गाँठ न आफन्तजनसंगको भेटघाट । जसले गर्दा सबैको भन्दा खल्लो र अलि भिन्न रह्यो मेरो नेपाल फिराई ।  Chhisbang Okजापानमा एक हप्ता अगाडि परेको हिउँ पग्लिसकेको थिएन । सेताम्य जापानलाई मनमनै बाइबाइ, सायोनारा भन्दै जहाज चढियो । जहाजले भुइं छोड्नेबेला मान्छेको मन न हो, यदी जापान फर्किन मन लागेन भने यहि नै अन्तिम त होला नि भनेर केहिबेर भाबुक भएं । जति जति जहाज आकासिंदै थियो उति उति परेलाबाट बलेनी झर्न थाल्यो । अरुले देखे कि ? भन्ने चेतनाले चिमोटे पनि बलेनी रोकिन सकेको थिएन । धन्न चिनेजानेका नेपालीहरु भेटिएनन् र मलाई सजिलो भयो । त्यो खचाखच मान्छेहरुको भिडमा पनि म आफु मात्रै एक्लो महशुस गरिरहेकि थिएं । मेरो छेउको सिट खाली थियो । सिट नम्बर खोज्दै एकजना भाइ मेरो नजिक आए । झट्ट हेर्दा नेपाली हुनजस्तो लागेन । छिमेकी राष्ट्र इण्डियन वा पाकिस्तानी हुन् कि जस्तो लाग्यो । छेउकै खाली सिट उनकै रहेछ । नचिनेको मान्छेसंग हतपति नबोल्ने मेरो बानी छँदैथियो । उनी बस्दाबितिकै ह्वास्सै काखी गन्हाउन थाल्यो त्यसपछि मोजा, खैनी र लसुनको गन्धले त नेपालीनै हुन भन्ने सजिलै अनुमान गरिहाले । आकाशको तापक्रम माइनस ६८ डिग्री देखाईरहेको थियो । झयालबाट बाहिर हेर्दा डम्मै बादलमाथि आफुलाई देख्दा म त आकाशमाथि छु जस्तो पो लाग्यो । मेरो छेउमा बस्ने भाइसंग बोलचाल गर्न मन पनि लागेन । तीन दिन अघि देखि राम्रोसंग निद्रा पुगेको थिएन । त्यही दिन त झन १ घण्टा मात्रै झिसिक्क गरेको थिएं । आंखा पोलिरहेको थियो झन् त्यसैमा आंशुको बलेनी चुहुँदा पर्नु भार आँखालाई परेको थियो । आफु त ति भाइ निकै सुट-टाई कसेरै आएका थिए, किन त्यति भांती गन्ध आयो भनेर अचम्म पनि लाग्यो । कतै म पनि उनको नाकमा गन्हाए कि ? भन्ने पिर पनि लाग्यो । केहि सीप नलागेर रुमालले सबै अनुहार छोपेर सुतेको बहाना गरें । तीन दिनको अनिदो भए पनि निद्रा नै लागेन । एक क्षण पछि खाना आयो । त्यस्तो जाडोमा पनि खाना पछिको डिजर्ट आइसक्रिम रहेछ । खानाको लागि हासी (चपस्टिक) र आइसक्रिमका लागि प्लास्टिकको सानो चम्चा रहेछ । मेरो छेउको भाइले त नेपाली पारा लाईहाले । त्यही सानो चम्चाले ग्वाम कि ग्वाम भात खाए । मैले भने असजिलो मान्दै चपस्टिकले भात खादै थिएं, कति छिटो भात खाएर पनि उनले त जबर्जस्ती चपस्टिकले पो आइसक्रिम खान थाले । त्यो भात खाएको चम्चाले आइसक्रिम खान पनि मिल्थ्यो नि । किन फेरी चपस्टीकले आइसक्रिम खान पर्‍यो होला ? भन्दै म भने आइसक्रिम खाउं कि नखाउं भनेर दोमन भएको थिए“ । तर फाल्नु हुंदैन भनेर मेरो सुरमा आइसक्रिम खाइरहेको बेला ति भाइले पुलुक्क मलाई हेरे अनि खै किन हो ? त्यो आइसक्रिम खाएको चपस्टिक पिटिक्क भांचेर राखे । म भने मनमनै हांसे ………. ।

Beniशौचालय जानुपर्ने भयो अनि बल्ल बाध्य भएर नेपाली भाषामा मुख फोरें उनि त दंग परेछन् । शौचालयबाट फर्केपछि दिदी, तपाई त नेपाली पो हुनुहुंदो रहेछ है ? भनेर सोधे मैले छोटो जवाफमा हजुर, भने । म त यतिबेलासम्म चाइनिज पो भनिरहेको थिए“ भन्दै धाराप्रवाह कुरा गर्न थाले । पहिलो भेटमै आफ़्ना नितान्त निजी कुराहरु पनि गर्न भ्याए । म भने उनको कुरामा कुराको सहि थप्दैरहे । कति खेर ट्रान्जिट हुने ठाउं आउलाजस्तो भयो । बल्ल चाइना ओर्लिएपछि मेरो कान र नाकले आराम पायो । जता जता मान्छेको भिड छ त्यतैतिर अञ्जानमै हिडिरहेकी थिएं । त्यति नै बेला फेरि अर्का एक जना नेपाली भाइ भेटिए ।किन हो किन ति भाइलाई भेटेर पो बल्ल ढुक्क महशुस भयो, खुशी लाग्यो । प्लेनमा सिट बेग्ला बेग्लै भए पनि अरु बेला संगसंगै भयौं । दुखसुखका कुराकानी पनि मिल्दोरहेछ । त्यो चाइनाको ग्वान्जाउ एरपोर्टभित्र हिटरको व्यवस्था पनि रहेनछ । जाडोले निकै सेक्यो । ति भाइले त ग्वान्जाउ भनेको त गुञ्ज गाउं पो भन्दारहेछन । सुरुमा त जोक गरेर भनेका होलान भनेर हांसे । तर उनले भन्ने नै त्यहि गुञ्ज गाउं रहेछ । खाना खाने थुप्रै रेष्टुरेन्टहरु त थिए तर खानाको मूल्य मेसोमेलो नपाएर खानेकुरा खाने आंट आएन । जाडो र भोकले सताएर ट्रान्जिटको ५ घण्टा समय बिताउन निकै गाह्रो भयो । नेपालतर्फ उड्ने जहाजमा भने ति भाइ र मेरो सिट छुट्टाछुट्टै रहेछ । नेपाल पुगेपछि त ति फटुरे भाइ त जान्छु पनि नभनि आफु मात्रै सुटुक्क गएछन । अन्तमा म र युवराज गुरुङ भाइ मात्रै परिएछ । फारम भरेर काउन्टर जानैलाग्दा एकजना पाका मान्छेले मेरो फाराम पनि भरिदिनु न भन्न आएका थिए । नेपालीमा भर्दा पनि हुन्छ नी दाइ भनेर भनेको ति दाइले त नेपाली पनि लेखपढ् गर्न नै आउदैन भन्दैथिएं । मेरो काउन्टरमा जाने पालो आइहाल्यो । बिचरा, ति दाइ त अमिलो मुख पारेर अल्लमल्ल पारेर उभिरहेका थिए“ । त्यति फाराम भरेर सहयोग गर्न नपाएकोमा नरमाईलो लाग्यो । 5

बाबा र आमा सेप्टेम्बरमा नेपाल आएर डिसेम्बरमा युके फर्की सक्नुभएको थियो । आमाले जसरी भए पनि समय मिलाएर आउनु है नानी ! भन्नुभएको थियो । तर यो अभागी छोरीलाई कहांको मिल्नु र ? यो पटक पनि बाबा आमालाई भेट्ने रहर अधुरो रहेको थियो । एरपोर्टमा ठूली भाउजु र माहिलादाइ लिन आउनुभएको थियो । माइला दाइलाई नभेटेको पनि १७,१८ वर्ष भईसकेको थियो । दाइ र भाउजूको न्यानो स्वागत पाउंदा खुसीले खुट्टा भूँइमा रहेन । त्यो खुशीमा बाबा र आमाको अभाब खड्कीरहेको थियो । म संगै गएको युवराज भाइ समेत त्यो रात हाम्रो घर गइयो । युकेबाट छोटो बिदामा नेपाल आउनुभएको दाइको बिदा मेरो कारणले गर्दा डामाडोल भएको रहेछ । काम बिशेषले पोखरा गएको दाइलाई अचानक काठमाडौं आउनुपरेको थियो । फेब्रुवरी १३ मा जापानबाट उडेर १४ तारिख काठमाडौं बसेर १५ तारिख दाजुबैनी पोखरातर्फ लागियो । त्यहीनै दाजुबहिनीको जीवनको पहिलो यात्रा थियो । आफ़्नै दाइसंग यात्रा गर्दैछु भनेपछि छुट्टै खालको आनन्द र ढुक्क हुनेरहेछ मन । त्यसरी दाजुबहिनी यात्रा गर्दा कतिपय अवस्थामा भने अपरिचितहरुको हेराइमा सहजै दम्पति बनाईदिंदा रहेछन । त्यस्तो अवस्थामा भने परिस्थिति अलि असहज बन्दोरहेछ । दाजुबहिनी यात्रा गरिरहेको बेला दाइले के के सोच्नु भो कुन्नि ? म त एकपछि अर्को गर्दै त्यो बाल्यकालतर्फ फर्किएं । र्माइक्रोबसमा नयां नयां लोकगीतहरु गुञ्जेका थिए । सबै यात्रुहरु शान्त मुद्रामा थिए, त्यो बाल्यकालमा दाइसंग लडिबुडी खेलेको, झगडा गर्दै पिटापिट गरेको, दाइले मेरो ओखर चोरेर खाईदिएको, दाइलाई पछ्याउदै स्कुल गएको, दाइले माघेसंक्रान्ति मेलामा जाँदा पहिलोचोटी ५ रुपया“ दिएर म धेरै खुशी भएको, कान्छोभाइ आमाको पेटमा हुंदा दाइले आफु माहिला हुने र म माहिली हुनेमा हानथाप गरेको, असारे पन्ध्रको चटारोको बेला म सिकिस्तै बिरामी परेर खाना खानै छोडेको अवस्थामा दाइले खाउ बा खाना खाउ, मर्‍यौ भने झन यो वर्षामासमा किरिया उम्काउन गाह्रो पर्छ भनेर फकाएको जस्ता पुराना यादहरु आलो बनेर आए । त्यो सानो उमेरमा दाइ र मेरो बिचको अतित अनि मैले भोगेको र बुझेको दाइको त्यो चतुर्‍यांर्इ र उपद्रो बानी स्मरण गर्दै सयर गर्दा बाटो काटेको पत्तै भएनछ ।  12

 

त्यो दिन पोखरामा दाइको साली मालाकान्छीको घरमा बास बसियो । बास बस्ने क्रममा मालाकान्छीको सानो छोरा फुच्चे समय गुरुङसंग भेट भयो । राम्रोसंग बस्न पनि नसक्ने तर साह्रै सन्तोषी र अरुसंग आंखा जुध्यो कि मुसुक्क मुस्कुराई हाल्ने अबोध फुच्चेको त्यो बानी अपार लाग्यो । समय गुरुङलाई अझै खेलाउने रहर हुंदाहुंदै उसको अबोध र अपार मुस्कानलाई मनभरि कैद गर्दै उज्जल भविष्यको कामना सहित दुख बिमार नलागोस भन्ने आशिर्बाद दिएर त्यहा“बाट बिहानै बिदा हुनुपर्‍यो । फेरि दाजुबैनी त्यो दिन म्याग्दी तर्फ लागियो।8

आफु जन्मेर हुर्केको ठाउंतर्फ लाग्दाको यात्रा खुसी, कौतुहलता र उत्सुकता विशेष खालको हुंदोरहेछ । म्याग्दीको लागि माइक्रोबस चढियो । ड्राइभर दाइ पनि म्याग्दीकै मगर रहेछन । साह्रै सजिलो ड्राइभिङ गर्दारहेछन् । म्याग्दी कालीपारतिरका मगर्नी आमाहरुसंगसंगै बसेर गइयो । मेरो छेउकी बूढीआमा न मैले चिन्नु न ति आमाले चिन्नु, मेरो टाउकोबाट पछ्यौरी खस्नै नहुने घरिघरि स्नेहलु हातले मिलाईदिदा त्यो पराइआमाको अनुहारमा एकाएक मेरी आमाको प्रतिमूर्ती देख्न थालिछु अनि ति आमाले थाहा नपाउने गरेर आंशु खसाल्न पुगिछु ।

म्याग्दीको सदरमुकाम बेनीमा पुगेपछि अर्कै खालको उमंग छायो । परिवर्तन हुंदै गएको बेनीबजारमा धेरै वर्षछि पाइला टेक्दा दाजुबैनी नै एकछिन त अल्लमल्ल परियो । सोध्दै सोध्दै बल्ल तल्ल बेनीबजार छिचोल्दै मंगलाघाट पुग्यौं । मंगलाघाटमा सांइला मामाकी छोरी हाम्रै प्रतिक्षा गरेर म्याग्दी खोलाको माछा, खसीको सुकुटी, रायोको साग जस्ता मीठा परिकारहरु बनाएर बसेकी रहेछिन् । कहिलै बिर्सनै नसकिने ती सोल्टीनीको मेसपानीलाई धेरै धेरै धन्यबाद दिंदै बिदावारी भएर हाम्रो खास गाउँ छिस्वाङतर्फ जाने जिपमा चढियो ।14

जब बेनीदेखि माथि लागेपछि त सबै मेरै आफ़्नै जस्तो लाग्न थाल्यो । त्यो पाखापखेरा, म्याग्दी खोला, खोल्साखोल्सी, झारपात, साना ठूला बोट-बुट्यानहरुले हामीलाई नै कुरेर बसेजस्तो लाग्यो । बाटो मुनि बाटो माथि भ्याइनभ्याई आंखा झिमिक्क नगरी हेर्दैथिएं । धुर्सा, फुल्टुस, प्याउँली, धनियाँ, रायो, केराउ र तोरी झिलिमिली फुलेर हामीलाई नै न्यानो स्वागत गरिरहेको आभास मिल्यो ।  131

केहि घण्टामै हाम्रो रातोढुंगा आईपुगिएछ । रातोढुंगा झरियो । त्यो रातोढुंगामा केहि घरहरु थपिएका रहेछन भने केहि भत्किएका, कुनै फेरी चराले छोडेको पुरानो गुँडजस्ता अवस्थामा रहेछन । दरबाङ गाबिस र अर्मन गाबिसलाई जोड्ने रातो ढुंगाको पुल जिर्ण अवस्थामा रहेछ । त्यही पुलमा दाजुबैनीले पालैपालो फोटो खिचियो । अनि सिधै फुपूको घर गइयो । फुपूले मेरो भदा भदिनीहरुलाई नदेखी नभेटी मर्छु जस्तो लागेको थियो भन्दै खुसीको आंशुले स्वागत गर्दा दाजुबैनी नै भावविह्वल भईएछ । एक छिन त सांइली अमाजू, फुपूको माहिली र कान्छी बुहारी समेत फुपूको आंशुमा साथी बन्न पुगेछन् । केहि बेर सन्नाटा छायो । हाम्री एउटी फुपूको एक्लो पुसाज्यूको अनुपस्थिति अधुरो लाग्ने नै भयो । खाजा-खज्यौली खाइयो । अनि ठूलो मामाघर गइयो । ठूलो मामाको अभाव खडि्करहेको मामाको घरमा पस्दा खल्लो महसुस भयो । दृष्टि गुमाईसकेकी बिचरी माइजूले नमरेपछि भेट भइँदोरहेछ भन्दै हामी दाजुबैनीलाई पालैसंग स्नेही हातले सुमसुमाएर मनको साकुम गर्नुभयो । माइजूको त्यो अभिब्यक्तिले हामी लगायत सबैलाई भाबुक बनायो, त्यहां पनि माइजूसंगै दाजुबैनी फेरी भक्कानिन पुग्यौं । म मात्रै कोमल र कमजोर मनको छु भनेको त, मेरो भन्दा पनि पहिले नै दाइको आँखा रसाएको पहिलोचोटी देखें । लिंगले पो दाजुबैनी बनायो, आखिर एउटै रगत, एउटै कोख र एउटै थुन चुसेको हामी मन, मुटु र हृदय त एउटै हुन्छ भन्ने त्यसरी प्रमाणित भयो । अनि त्यसपछि सरासर नगई हाम्रो जिजुबाजेको छाला अर्थात खेतबारीलाई दर्शन गर्दै जन्मघर पुगियो । घरमा त अरु पनि पाहुना रहेछन । पाहुनामाथि पाहुना बनियो । आफ़्नै जन्मघरमा पाहुना बन्नुपरेको त्यो अनुभव अनौथो लागिरहेको थियो । जुन घरले जन्मायो, हुर्कायो, त्यहि घरले सहरदेखि परदेशसम्म पुर्‍यायो । पखेटा लागेपछि उडेर छोडेको चराको गुँडजस्तै लाग्यो । त्यसैमाथि सांइलाबाबाको न्यानो सामिप्यता बिनाको त्यो जन्मघर झन बिरानो हुने नै भयो । पुनः उही सांइलाबाबाको छाँया र माया पाउंछु कि भन्ने कता कता आशा पलाएर पनि आउंदो रहेछ । खै किन हो ? सांइलाबाबाको त्यो अचुक मुस्कान आँखा वरिपरि घुमिरह्यो । त्यसपछि जेठाबाबाको घर गइयो । जेठाबाबाको घरले झन जेठाबाबा जेठीआमालाईनै गुमाईसकेको रहेछ । माइलीआमा बिनाको एक्लो माइलाबाबा र नातिनी बुहारी लालमाया मात्रै रहेछन् । गन्दैजांदा त हाम्रो आफन्तहरु धेरै नै गुमाईएछ । साह्रै शून्य र न्यास्रो लाग्यो । अन्तमा, यसरी गुमाउंदै गुमाउंदै आएर आफै पनि गुम्ने जीवनको अर्को परिभाषा रहेछ ।  3

त्यो रात गतिलो निद्रा नै परेन बिहानै निद्राले छोड्यो, हाम्रो पाखोबारी गोठहरुलाई समसुम्याउने रहर जागेर आयो । भोलिपल्ट जुरुक्कै उठेर दाजुबैनी नै त्यतैतिर गइयो । बाबाले हुर्काउनुभएको बांस ठूलो झाडी बनेर बसेको रहेछ । ओडारबोट डांडाबाट बिहान घामको झुल्कासंगै नागबेली परेर बगेको म्याग्दी खोलाको दृश्य र आफन्तजनहरुको उही रस्तीबस्ती देख्दा छुट्टै खालको आनन्द आउनेरहेछ । गाउँछिमेकमा यताउता डुलियो पुराना मान्छेहरु थोरै र हामीलाई नचिन्नेहरु धेरै भेटिए । हुन पनि त्यो गाउं छोडेको २० वर्ष भईसकेको रहेछ दाइले छोडेको २५ वर्ष भइसकेको रहेछ । 6
त्यो दिन बिहान मामाको घर खाना खाएर म त छककुमारीसंग दरबाङ जानुथियो । दिनभरि म छकदेबी र छककुमारीको गन्थनमन्थन सकिएको थिएन । संगै दरबाङ गयौं । तर त्यो दरबाङ हो कि हैन जस्तो लाग्यो । पहिलेका बासिन्दाहरु भुत्ला पनि थिएनन् । शिरदेखि पाउसम्म रुपरंग सबै परिवर्तन देखेर दरबाङ गएको महशुसनै भएन । सांझपख घर फर्कियौं । त्यो सांझ फुपूको घरमा खाना खाने कार्यक्रम थियो । संयोगबस सांझको बेला हामी जन्मेको घरबाट बिदा हुनुपर्नेभयो । त्यो जन्म घरको माया मनभरि साँचेर फेरि फर्की आउने बाचा गर्दै दाजुबैनी फुपूको घरतर्फ लाग्यौं । छककुमारी मलाई बिदाइ गर्न वर बाटोसम्म आएकि थिईन् । एक छाक खाना खुवाउन पनि पाईन भन्दै रुन थालिन् । जन्मदिने बाबुआमा र जन्मघर मात्रै फरक हामी दुईमा नाम राशी पनि एउटै ३,४ घण्टाको अन्तरमा एकै दिन जन्मेका जुम्ल्याहा जस्तै थियौं उ र म । बाल्यकालदेखि संगसंगै हुर्कियौं । त्यसो भनेर मात्रै कहां हुने रहेछर भाग्य बेग्ला बेग्लै हुनेरहेछ । समयको हुरीले कहां कहांसम्म पुर्‍याउंदो रहेछ । भेट हुने भन्ने कुरा पनि ठूलो कुरो रहेछ । छिट्टै फर्किने वाचा गर्दै छककुमारीसंग छुट्टिन बाध्य भएं ।

त्यो रात फुपूकोमा बास बसियो । हामी भोलिपल्ट बिहानै फ़र्कनुथियो । त्यहां फेरी फुपूसंग छुट्टिन गाह्रो भयो । आउदैं गरे है बाबुचेली हो ! माया नमारे भन्दै फुपूको त्यो करुणामय वाक्यले बाटो छेकिरहेको थियो । तर बाध्यता बेग्लै थियो । त्यही दिन जसरी पनि फ़र्कनुपर्ने थियो । रातोढुंगाबाट चल्ने पहिलो गाडिमा चढ्नुथियो । फुपूको छोरा कान्छा-भिनाजु र लक्ष्मण-मामा रातोढुंगासम्म पुर्‍याउन आउनुभएको थियो । आफ़्नो जन्मघर र मातृभूमिप्रतिको आस्था, माया र सदभाव वर्षौदेखि पालेर सांचेको तिर्सना मेटियो अनि आफन्तजनहरुलाई भेटियो । अब विदेश धेरै नबस्ने छिट्टै यहि गाउंमा फर्केर गाउंमै केही गर्ने योजना बुन्दै केहि समयको लागि त्यो प्यारो गाउंघरलाई बाइ, बाइ गरियो ।4

दाइ पोखरा झर्नुपर्ने म काठमाडौं आउनुपर्ने भएकोले सदरमुकाम बेनी आएर दाजुबैनी छुट्टाछुट्टै गाडिमा चढ्नुपर्ने भयो । न्यास्रो मान्दै एक्लै काठमाडौंका लागि माइक्रोबस चढें । त्यो इष्टमित्र, नातेदार र घरगाउंसंग बिछोडिनु पर्दाको पीडाले मन भारी र शरिर शिथिल भएको थियो । मेरो जीवनमा सबैभन्दा लामो बस यात्रा त्यही दिन पहिलो थियो । जापान देखिनै सुत्ने र खानेको तालमेल मिल्न नसकेको हप्ता १० दिन भईसकेको थियो । भुसुक्कै निदाएछु । कांडेलुम्ले आईपुग्ने बेला बल्ल ब्यूँझिन पुगेछु । खाजा खानलाई गाडि रोकेको रहेछ । मन अमन भएको थियो खाजा खान मन लागेन । पौने २ बजे तिर पोखरा आईपुग्यौं । microbusNov.31
बेनीमा गाडिको टिकट काट्नेबेला काठमाडौंसम्मका लागि भनेर काटेको हो । तर पोखरा आएपछि त त्यो खलासी भाइले खलासी भाषा र खलासी पारामै ५०० रुपैया फिर्ता गर्दै यो गाडि काठमाडौं जांदैन अर्को माइक्रोमा चढ्नुस पो भन्छ बा ! मेरो त पारो चढेर आयो, ड्राइभर र खलासीसंग रिस उठ्यो, किन सिधैं काठमाडौंका लागि भनेर टिकट काट्न लगाएको त ? पहिलै पोखरासम्मलाई भनेको भए हुन्थ्यो नि ? यसरी झुक्याएर बिचमा बिचल्ली पार्न पाइन्छ ? यहि तरिका हो भने यो कुरा भर्खरै प्रेसमा जान्छ भन्दै ड्राइभर, खलासी र गाडी नम्बरको धमाधम फोटो खिच्दै प्रेसपास देखाईदिए“ । मैले चाहेको भए नेट र साधन हातैमा थियो । तिनीहरुको चलाखीबाजी उतिखेरै भण्डाफोर गरिदिन मन लागेको थियो । तर त्यति सानो कुरामा किन त्यसो गर्नु भनेर मन शितल पार्ने प्रयास गरे । कहिलै बिर्सन नसकिने रिस पनि त्यही दिन उठ्यो । म जस्तै अरु ३,४ जना पनि अलपत्र परिरहेका थिए । खलासीले यात्रुहरु सबैलाई जबर्जस्ती ओराल्यो । सबै ट्वाल्ल परेर हेरिरहेका थिए । मेरो लगायत सबैको सामानहरु गाडिबाट झारिदिएर भुँइमा असरल्ल अवस्थामा थिए । हामी ३,४ जनाबाहेक अरु सबै पोखरासम्मका यात्रु पो रहेछन् । यात्रु नपुगेका कारण त्यस्तो चलाखी अपनाएका रहेछन । केहीबेरपछि खलासी र ड्राइभर नम्र भएर के गर्ने दिदी, हामी पनि साहुको आदेश मान्नुपर्छ, गाह्रो नमान्नुहोला । हामीले चिनेको मान्छेको गाडिमा अगाडिको सीटमा व्यवस्था गरीदिन्छौ भन्दै खलासी र ड्राइभर मिलेर मेरो सामान र झोलाहरु अर्को गाडिमा राखिदिए । अगाडिको सिटमा बसेर काठमाडौंतिर लागियो । रातिको १०:३० बजे काठमाडौं आईपुगियो ।

बिदेशमा हुंदा कल्पेको मेरो देश र स्वदेशमै पुगेर भोगेको आफ़्नो देश नितान्त फरक लाग्यो । केहि दिन त अल्लमल्ल, रनभुल्ल, जिल्ल र ट्वाल्ल परियो । आफ़्नै देश भनेर के गर्नु  टूरिष्ट झै बन्नुपर्ने अर्थात अरुनै कुनै देशमा छु जस्तो महशुस भईरह्ने रहेछ । घरका एक दुईजना बाहेक अरु सबै बिरानो, चिनेजानेका कोहि थिएनन् । जे जे उद्देश्य बोकेर आएको थिएं ति सबै उद्देश्यहरु पुरा हुने हो कि हैन ? भनेर पिर लाग्न थालेको थियो । जता हेर्छु, जे देख्छु अस्तब्यत मात्रै देख्छु । बरु त्यो गाउंका बस्ती र झुपडीहरुमा अनवरत आउने पानीका धारा बगिरहेका थिए । बिजुली बत्तीहरु झलमल्लै बलेका थिए । तर काठमाडौंको ठूलठूला महलहरुमा धारा छन पानी तुर्किदैनन्, बिजुलीका बल्बहरु छन उज्यालो झुल्किदैनन् । यसअर्थमा मेरो देश त ठिक उल्टो जस्तो लाग्यो । यही ज्यानले सांझ परेपछि मात्रै दियालो र पिल्पिले टुकीको उज्यालोनै मनग्गे ठानेको थियो, तर मान्छेलाई जस्तो गर्‍यो त्यस्तै बानी बिग्रदोंरहेछ । दिउँसै कृत्रिम उज्यालो चाहिने अर्थात बत्ति बाल्नुपर्ने मेरो त बानी बिग्रिसकेको रहेछ । मेरो जीवनमा आजसम्म पानीको आभाव खेप्नुपरेको थिएन । त्यो गाउँमा झन घर नजिकै खोला-नाला प्रशस्त थिए । तर यो पटक काठमाडौं बसाईमा तेल खेलाएजस्तै पानी खेलाउनुपर्‍यो । त्यहि संस्कारमा बानी परेकाहरुलाई आफ़्नो असन्तुष्टी व्यक्त गर्न पनि नसकिने रहेछ । के के नै दुई दिन विदेश बसेर आएं भन्दैमा नाटक गर्छे भन्ने आरोप पो लाग्ने हो कि भन्ने भय मनमा हुने नै भयो । जसोगर्दा पनि मेलोमेसो नपाइने अनि चित्तै नबुझने भन्या !

9मेरो लागि सबैभन्दा लामो काठमाडौं बसाई यतिखेर नै भयो । जहां मेरो ठूलीभाउजूको न्यानो सामिप्यताले बाबाआमाको तिर्सना मेट्न पाएं । हाम्रो परिवारको वरिष्ठ सदस्य ठूलीभाउजूको आधारले तीन महिनाको नेपाल बसाई खुशी र आनन्दसंग बिताउन पाएं । सिक्न मन लागेका र सिक्नुपर्ने कुराहरु थुप्रै थिए । यो तीन महिनाको समय कसरी सदुपयोग गर्ने र सार्थक बनाउने भन्ने मनमा लागिरहेको थियो । तर कसरी र कुन बिन्दुबाट सुरु गर्ने कुनै आइडिया आएन । दाइलाई मेरो सबै कुरा ब्यक्त गरें । दाइले पनि यो यो किताब किनेर पढ्नु भनेर सल्लाह दिनुभयो तर पढेर भन्दा ब्यवहारिकरुपमा सिक्न चाहन्थे । भाग्यवश साहित्यकार, कलाकार, पत्रकार र हाम्रा नेपाल मगर संघका मुख्य हस्तीहरुसंग भेट हुने अवसर मिल्यो । उहांहरुकै न्यानो साथ र सहयोगले म एक किसिमले प्रदेशी भइसकेको मान्छेलाई नेपाल बसाई सहज हुंदै आयो । मेरो आफ़्ना उद्देश्यहरु पुरा गर्दैआएं । खासगरी म कहांको म्याग्दीको मान्छेले मगर भएकै नाताले कता हो कता, न आमातिरका न बाबु पक्षका मगर दाजुभाइहरुबाट धेरै सहयोग पाएं । सहयोग मात्रै लिईन दुख पनि दिएं अनि दिक्क पनि बनाएहुंला ।

नेपालको थुप्रै मगर कार्यक्रमहरुमा सरिक हुने अवसर मिल्यो । नेपाल मगर संघले न्यानो स्वागत गर्दा म खुसी मात्रै भइन, यो पटक पो बल्ल म आफुलाई मगरकि छोरी चेली र मगरको रगत हुनुमा गर्व गर्ने मौका पाएं । समग्र मगर जातिमा हुने राम्रा पक्ष र महत्वपूर्ण बिशेषता पनि यहि पटक जान्न पाएं । जसअर्थमा सम्पूर्ण मगर धड्कनहरुलाई हार्दिक धन्यबाद दिन चाहान्छु ।

बरु मलाई जानेको छु भन्न लाज लाग्छ तर जानेको छैन भन्न र सिक्न लाज लाग्दैन । सँधै केही न केही सिक्नुपर्छ, पढ्नुपर्छ भन्ने चेतनाले घच्घच्याईरहन्छ । तर त्यो सानो हुंदाको पढ्ने भनेपछि हातखुट्टा यतिकै मरेर आउने मेरो नराम्रो बानी अझै नगएको रहेछ । फेरि त्यही मलाई मन नपर्ने मेरो बानी यो पटक बल्झेर आयो । म आफैलाई रिस पनि उठेर आयो । तर पनि यतिखेरको जमाना भनेको कम्प्युटर र ड्राइभिङ आधारभुत कुरा हुन् भन्ने लागेर कम्प्युटर र ड्राइभिङ क्लास भर्ना भएँ । पत्रकारिता सम्बन्धि पनि सिक्नुपर्ने धेरै थिए । केही पत्रकारहरुबाट हल्का जानकारी त लिएं । त्यही जानकारीले पनि धेरै ऊर्जा मिलेको अनुभव गरेकी छु । साथै मगर भाषा सिक्ने ठाउंको दैलो मात्रै भए पनि टेक्न पाए हुन्थ्यो भन्ने मनमा लागिरहेको थियो तर त्यो संभब नभएपछि मगर दुत (भाषा) को किताब उपहार पाएं । त्यस्तै गीतसंगीत भनेपछि हुरुक्कै हुने म । नसिके पनि नेपालको वास्तविक गीत संगीतलाई नजिकबाट महशुस गर्ने अवसर जुर्‍यो । जे होस यो पटकको नेपाल भ्रमण जीवनकै महत्वपूर्ण र अविस्मरणीय बन्यो ।

पानी परे हिलैहिलो, घाम लागे धुलैधुलो हुने काठमाडौंमा आफ़्नो साधन नभए त खुट्टै नभएको जस्तो भइँदोरहेछ । एउटा सानो कामका लागि पनि एक दिनभरि लाग्ने, अव्यवस्थित सडक र अस्तव्यस्त सवारीसाधनहरुको ताल देख्दा पलपलमा जनजनको जीवन धरापमा छ जस्तो लाग्यो । बाटो क्रस गर्दा पनि मानौ मैले ठूलै खोला तर्दैछु जस्तो लाग्ने । जता फर्के पनि असुरक्षित महशुस हुने, अरुभन्दा पनि पसलमा केहि किन्न गयो भने प्रायजसो पसलेले ग्राहकको मुखमै नहेर्ने, स्याल आयो कुकुर गयो वास्तै नगर्ने, अर्को भाषामा भन्नुपर्दा भगवानै आउन् कि भिक्षु आउन् बाल मतलबै नराख्ने पसलेहरुको संस्कार अचम्मको लाग्यो । फोन र इन्टरनेट सेवा झन छोयो कि गयो । ठिक यतिखेर फोन र इन्टरनेट बिना बांच्न नसक्ने जमाना हो तर सुलभ, सजिलो र स्वच्छ सेवा गरौं भन्ने भावना कहीँकतै देखिएन । बरु कसरी हुन्छ, जसरी हुन्छ आफु मात्रै नाफा गरुँ भन्ने सोच धेरैको पाईयो । सवारी साधनहरुमा चढ्यो त्यस्तै लछारपछार गर्नुपर्ने, बैंक तथा अन्य कार्यालयमा जाउं त्यहांका कर्मचारीहरुको चालचलन र अनुशासन देख्दा उदेकलाग्दो पाईयो । बोली र ब्यबहारमा कुनै शिष्टाचार र नम्रता भन्ने गन्धनै नपाइने । बैंक जस्तो ठाउंमा घन्टौ लगाएर लाइन बस्यो अचानक बत्ति झयाप्पै गइदिने, अनि कामधन्दा सबै थप्पै भइदिने अनि हेर्‍या हेरै । कहिले कांहि त रुनै मन लागेर आउने …. ।

आपसी भाइचाराको बिकास गर्दै जाने, एकले अर्कालाई बिश्वास गर्ने आधारहरु खोज्ने, आपसमा सरसापटी र सहयोगी भावनाको उजागर गर्नु उच्च मानवीय विवेक हो । त्यस्तै मानविय समवेदनालाई मनन र कदर गर्दै कृतज्ञ जाहेर गर्ने, आभार ब्यक्त गर्ने, धन्यबाद दिने र गल्ती भए माफी माग्ने जस्ता मानव जीवनका मुलमन्त्र हुन् । साथै एकले अर्कोलाई सम्मान, इज्जत र आदर गर्ने संस्कारनै सभ्य समाजको संस्कार हो । तर हाम्रो देश नेपालमा यी कुराहरु एक रति पनि पाइएन । तसर्थ नेपालको शिक्षा प्रणालीमा नैतिक शिक्षा, सामाजिक शिक्षा जस्ता बिषयहरु अनिवार्य गरिनुकासाथै आमुल परिवर्तन गर्नुपर्छ जस्तो लाग्यो । अझै पनि नेपालमा यस्तै पारा हो भने देश उभो लाग्नेतिरभन्दा अधोगतितिर जान्छ भन्ने मेरो निजी विचार रह्यो । ***

 

तपाईको प्रतिक्रिया