शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

दुबईमा – दुबईमा हालै विविध साँस्कृतिक कार्यक्रमसहित ३२ औं मगर दिवस मनाईएको छ ।

नेपालबाट आएका चर्चित लोक दोहोरी गायक मधुसुदन मगर र गायिका अमृता लुंगेली मगरको बिशेष साँगीतिक प्रस्तुतीका साथ गत शुक्रबार दुबईमा ३२ औं मगर दिवस मनाईएको हो ।

कार्यक्रमको युएईका लागि राजदूत धनञ्जय झाले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।

स्वागत गीतबाट थालनी भएको साँस्कृतिक कार्यक्रममा ‘जीवन चल्न खाँचो छ, भोकमा भोजन तिर्खामा पानी.. ’ भन्ने झ्याउरे गीतमा भुवन थापा, कृष्ण थापा, देवी राना र पुनम थापाको नृत्यले हललाई तताउन सुरु गरेको थियो । मगर पहिरनमा सजिएर चर्चित लोकदोहोरी गायिका अमृता लुंगेली मगर जब स्टेजमा कदम राखिन् सिटीले हल गुञ्जिन थाल्यो । उनले मेरो लागि कोहि सोल्टीहरु हुनुहुन्छ कि खुल्ला चुनौती दिंदै नजर घुमाउन समेत भ्याईन् । उनले ‘कति राम्रो चट्ट’, ‘दिलको ढोका’, ‘मर्काईदेउ कम्मर’ र ‘आईपुग्यो नौलो गाउँ’ गरी चारवटा गीत गाएकी थिइन् ।

यसैगरी युएइमा महिला भएर नृत्य गर्ने चर्चित नृत्यकार दीपक गुरुङको ‘मेरो दिलमा एटम बम छोडेर गयो’ भन्ने गीतमा नृत्य पनि सबैले मन पराए । त्यसैगरी मगरहरुको सँस्कृति झल्काउने खालका सोरठी र करुवा नृत्यले मगरहरुको पहिचानलाई उजागर गरेको थियो । नेपालमा ख्याती कमाएका लोकदोहोरी गायक मधु सुदन मगरले गाएको मगर भाषाको करुवा गीतमा सबैजना नाच्न बाध्य बनाएको थियो । खासगरी सालैजो, चुड्का र झ्याउरे गीतले दर्शकलाई तताएको थियो ।

त्यसैगरी हुमबहादुर मगरको हाँस्यनृत्य, ‘कैलाशबाट जोगी है झर्‍यो’ गीतमा दीपक गुरुङ र मेख थापाको युगलनृत्य र ‘यो जुनीमा तिम्रो हुन सकिन’ गीतमा भुवन थापाको खतरनाक क्याण्डलनृत्य सबैले रुचाए । ‘हङकङमा नजाउ है’ गीतमा सपना रास्कोटी मगरको नृत्य र ‘ओ ललिता’ पप गीतमा धनबहादुर आलेको नृत्य पनि निकै सान्दर्भिक लाग्दथ्यो ।

सो अवसरमा कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष भरत रानाको शुभकामना मन्तव्य लगत्तै विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई प्रमुख अतिथि, बिशेष अतिथि र अध्यक्षको हातबाट खादा र प्रशंसापत्र समेत प्रदान गरिएको थियो ।

मगर संघ युएइका अध्यक्ष हस्तराज दर्लामी मगरको सभापतित्वमा भएको सो कार्यक्रमको पहिलो चरणमा उपाध्यक्ष उपेन्द्र रानाको सञ्चालन रहेको थियो भने दोस्रो साँस्कृतिक चरणमा महासचिव धनेन्द्र मास्की रानाले सञ्चालन रहेको थियो । ***
DSC_0113 DSC_0125 DSC_0202 DSC_0319 DSC_0355 DSC_0397 DSC_0436 DSC_0447 DSC_0462

 

 

 

तपाईको प्रतिक्रिया