सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

बुटवल – तमु साँस्कृतिक प्रतिष्ठान नेपालको १३ औ वाषिर्कोत्सव हालै रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ ।

‘उच्च शिक्षा हाम्रो लक्ष्य’ भन्ने मूल नाराका साथ सम्पन्न भएको वाषिर्कोत्सव समारोहमा सर्वोत्कृष्ट तमु बिद्यार्थी तथा तमु जातिको इतिहास, भाषा, धर्म र संस्कृतिको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउने तमु व्यक्तित्वहरुलाई पुरस्कारले सम्मान गरियो ।

सो समारोहमा बोल्ने वक्ताहरुले समाज परिवर्तनका लागि शैक्षिक जागरणले महत्वपूर्ण भूमिका खेल्ने बिचार ब्यक्त गरेका थिए ।

उनीहरुले समाजलाई समृद्ध बनाउन उच्च शिक्षामा जोड दिईनुपर्ने र त्यसका लागि बिद्यार्थीहरुलाई प्रोत्साहिन गरिनुपर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका संरक्षक शेरबहादुर तमुले शिक्षामा गरिने आन्दोलनले समाजको रुपान्तरण हुने बताउनुभयो ।

कार्यक्रममा सामुदायिक बिद्यालय तर्फबाट सिन्धुलीका अविशा तमु र तनहुंका करण तमु पुरस्कृत भएका छन् भने संस्थागत विद्यालयको तर्फबाट चितवनका दिपा तमु र भरतपुरका विकास तमु पुरस्कृत भए ।

त्यस्तै गरी समारोहमा रुपन्देहीका वरिष्ठ समाजसेवी टेकबहादुर तमु र भाषा साहित्यमा तनहुंका अमर तमु, स्याङ्जाका श्रीमती सुधा तमु र स्याङजाका मणि तमुलाई नगद तथा कदर पत्रले सम्मान गरियो ।

प्रतिष्ठानका अध्यक्ष झम तमुको अध्यक्षतामा भएको वाषिर्कोत्सव समारोहमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय उपाध्यक्ष माया तमु, तमु भाषा लिपिका अन्तरराष्ट्रिय समन्वय समितिका अध्यक्ष बालनरसिङ तमु, तमु धीं युकेका संस्थापक अध्यक्ष मीन तमु, चिजकाजी तमु, भीम तमु, हिमाल तमु, टेकबहादुर तमु लगायतले बोल्नुभएको थियो ।

यसैगरी कार्यक्रममा गायक धनबहादुर तमु, देवदह मदर टङ्स एकेडेमी, तमु ह्युल छोंज धीं दिपनगर समिति र स्मृति बोर्डिङ स्कुल जोगीकुटी लगायतले तमु साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रम प्रतिष्ठानका सचिव चित्रबहादुर तमु, कोषाध्यक्ष श्रीजंग तमुको सञ्चालन र रुपन्देही अध्यक्ष चन्द्रबहादुर तमुको स्वागतमा सम्पन्न भएको थियो । ***
1779806_10202403222794759_1883153577_n IMG_0779 IMG_0790 IMG_0813

तपाईको प्रतिक्रिया