Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

अनेसास जापान उत्कृष्ट च्याप्टरकोरुपमा सम्मानित
समुद्रपारि डट कमलाई उत्कृष्ट अनलाईन मिडिया पुरस्कार 

वासिंटन डिसी – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा अमेरिकाको राजधानी वाशिंटन डिसीमा ‘तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन’ हालै सम्पन्न भएको छ  । जापान, बेलायत, पोर्चुगल, क्यानाडा, नेपाल लगायतका देशहरुबाट उल्लेख्य साहित्यकारहरुको सहभागिता रहेको उक्त कार्यक्रम दुइ दिन (नोभेम्बर ३० र डिसेम्बर १) सम्म चलेको थियो  ।

विभिन्न चरणमा विभाजन गरि संचालन गरिएको उक्त सम्मेलनको समुदघाटन समारोहको प्रमुख आतिथ्यता अमेरिकाका लागि नेपाली राजदूत डा. शंकर शर्माले गर्नुभएको थियो भने बिशिष्ट अतिथिको रुपमा पूर्वमन्त्री तथा साहित्यकार मोदनाथ प्रश्रित र त्रिभुवन विश्वबिद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइँटेल रहनुभएको थियो । कार्यक्रमको आरम्भमा नेपालको र अमेरिकाको राष्ट्रियगान प्रस्तुत गरिएको थियो भने लक्ष्मीप्रसाद देबकोटाको गीतले पनि स्वागत गरिएको थियो  केन्द्रीय अध्यक्ष गीता खत्रीको सभापतित्वमा भएको उदघाटन सत्रमा कार्यक्रम संयोजक सीता पाण्डेले स्वागत मन्तब्य राख्नुभएको थियो ।
1

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रमुख अतिथिको आशनबाट राजदूत डा. शर्माले सम्मेलनको सफलताको शुभकामना ब्यक्त गर्दै नेपाली भाषा साहित्य र संस्कृतिलाइ दोस्रो पुस्तामा कसरी पुरयाउन सकिन्छ भन्ने बारेमा गम्भीर बन्नुपर्ने कुरामा जोड दिनु भयो । त्यस्तै गरि बिशिस्ट अतिथि  मोदनाथ प्रश्रित र डा. खगेन्द्र प्रसाद लुइँटेलले पनि नेपाली भाषा र साहित्यको बिकाश मा अनेसासले खेलेको भूमिकाको बारेमा बोल्दै सम्मेलन सफलताको कामना ब्यक्त गर्नुभएको थियो । आदिकबि भानुभक्त आचार्यको शालिकको अनावरण  प्रमुख अतिथि डा शर्मा, बिशिस्ट अतिथि मोदनाथ पश्रित र डा. खगेन्द्र प्रसाद लुइँटेलले संयुक्त रुपमा गर्नु भयको थियो भने विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तब्य राख्नु भयको थियो ।  नेपाल सरकार अन्तरिम मन्त्रि परिषदका अध्यक्षको शभकामना सन्देश श्याम राज पाण्डे तथा नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपति बैरागी काईलाको शुभकामना सन्देश खेम भट्टचनले पढेर सुनाएका थिए । विभिन्न स्रस्टाहरुका ६ वटा कृति बिमोचन समेत गरिएको थियो  कार्यक्रमको संचालन संचारकर्मी रमा सिंहले गर्नुभएको थियो।

युवा कविता प्रतियोगिता 

कार्यक्रममा दोश्रो पुस्ताका युवाहरुलाई प्रोत्साहन गर्न युवा कविता प्रतियोगिताको पनि आयोजना गरिएको थियो, एक दर्जन युवा कबिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा प्रथम बिबेचना निरौला, द्वितीय प्रिया सुबेदी तथा तृतीय निशान्त ज्ञवाली भएका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा प्रकाश पौडेल माइला, गोवर्धन पूजा, नीलम कार्की निहारिका र आचार्य प्रभा रहनु भएको थियो, डा. खगेन्द्रप्रसाद लुइँटेलले बिजयी कबिहरुलाइ पुरस्कार वितरण गर्नुभएको थियो ।

अनेसास पुरस्कार वितरण 

अनेसास द्वारा पुरस्कृत विभिन्न १९ ओटा कृति तथा साहित्यकारहरुलाइ उक्त अवसरमा पुरस्कार वितरण गरियको थियो, अनेसास सर्बो पुरस्कारका बिजेता अमर न्यौपाने (सेतो धरती) लगायत अधिकांश साहित्यकारहरु स्वयं उपस्थित भइ पुरस्कार ग्रहण गर्नुभएको थियो भने अनुपस्थित साहित्यकारहरुको पुरस्कार आफन्त तथा सम्बन्धित अनेसास च्याप्टरका प्रतिनिधिले ग्रहण गर्नु भएको थियो ।  सोहि अवसरमा ‘अनेसास अन्तरास्ट्रिय सामाजिक हिरो पुरस्कार-२०१३’ द्वारा १३ जनालाइ सम्मानित गरिएको थियो, यसरि सम्मानित हुनेहरुमा डा. शंकरप्रसाद शर्मा (अमेरिकाका लागि नेपाली राजदूत), बिष्णु गौतम (संस्थापक, लक्ष्मी प्रतिष्ठान, काठमाडौं), प्रदीप थापा मगर (सम्पादक, युएस नेपाल अनलाइन डटकम), डा. हरिहरप्रसाद भट्टराई (नर्थ क्यारोलिना, अमेरिका), पुष्पा बस्नेत (सीएनएन हिरो-२०१२, काठमाडौं), राधा बस्नेत (क्यानाडा), शेष घले (अध्यक्ष गैर आवासीय नेपाली संघ आईसिसी), युवराज लामा (सदस्य-सचिब, राखेप), राजेन्द्र भण्डारी (सिक्किम, भारत), खगेन्द्र नेपाली (बेलायत), एनडर क्रेनसह, अमेरिकी प्रतिनिधि सभा सदस्य (फ्लोरिडा राज्य), जरेड पोलिस, अमेरिकी प्रतिनिधि सभा सदस्य (कोलोराडो राज्य), म्यागी डोयेन (न्यु जर्सी, अमेरिका तथा संस्थापक, कोपिला पाठशाला, सुर्खेत) हुनुहुन्छ ।
2

कार्यपत्रहरुको प्रस्तुति 

सम्मेलनको दोस्रो दिनको शुरुवातबाट नै कार्यक्रम कार्यपत्र प्रस्तुतिमा केन्द्रित भएको थियो, एक दर्जन बढी साहित्यकारहरुले बेग्ला बेग्लै बिषयमा आफ्ना कार्यपत्रहरुको प्रस्तुत गरेका थिए ।  यसै क्रममा अनेसास केन्द्रीय कार्य समितिको सदस्य समेत रहेका जापान च्याप्टरका अध्यक्ष प्रकाश पौडेल माइलाले जापानी हाइकु साहित्यको इतिहास र नेपाली साहित्यमा परेको प्रभाब र विकास बिषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यसरि कार्यपत्र प्रस्तुत गर्ने अन्य साहित्यकारहरुमा डा. खगेन्द्रप्रसाद लुइँटेल (नेपाल), मोदनाथ पश्रित ( नेपाल), डा. कुसुमाकर न्यौपाने (नेपाल), डा गोविन्द सिंह राउत (क्यानाडा), बसन्त श्रेष्ठ (अमेरिका), गोविन्दराज विनोदी (नेपाल), होमनाथ सुबेदी (अमेरिका), सुनिल संगम (पोर्चुगल) , प्रेम छोटा (नेपाल), सुमलकुमार गुरुङ (बेलायत), गीता खत्री (अमेरिका), सिता पाण्डे (अमेरिका), प्रकाश चापागाई (नेपाल), गोविन्द गिरि प्रेरणा (अमेरिका)  हुनुहुन्छ ।

बृहत कबि गोष्ठीको आयोजना 

सम्मेलन कै सिलसिलामा कार्यपत्रहरुको प्रस्तुतिको समाप्ति पश्चात युवा कबि गोबर्धन पुजाको संयोजनमा बरिष्ट कबि गोष्ठीको पनि आयोजना गरियको थियो । कबि गोष्ठीमा ७० जना भन्दा बढी कबि तथा साहित्यकारहरुले आफ्ना-आफ्ना रचना सुनाउनु भएको थियो ।  उक्त गोष्ठीमा रचना बाचन गर्ने कविहरुमा सुमलकुमार गुरुङ, डा. शिव गौतम, प्रकाश पौडेल माइला, प्रेम छोटा, आचार्य प्रभा, डा. गोबिन्दसिंह राउत,  सिता पाण्डे, निरा शर्मा, अमर न्यौपाने, गोबिन्दराज विनोदी, भारती गौतम, ममता कर्माचार्य, दिनेशराज भण्डारी, रजनी श्रेष्ठ, शारदासिं खाती, गोमा न्यौपाने, बिनोद रोका, मणी बाङ्देल, गीता पन्थ, मनु लोहोरुङ राई,  होमनाथ सुबेदी, अग्नी पराजुली, शेखर ढुङ्गेल, दीपा राई, महेश्वर पन्त, हरि काफ्ले, लालगोपाल सुबेदी, मणीराज सिंह, उत्तम भौंकाजी, सरस्वती रिजाल, निकेश कार्की, बिमला निरौला, सिताराम अधिकारी, केशब आचार्य, मोहन निरौला, प्रकाश चापागाई, हेमन्त श्रेष्ठ, गौरी मल्ल,बसन्त श्रेष्ठ, गोबिन्द गिरी प्रेरणा, अनु शाह, गुणराज लुईटेल, रामप्रशाद खनाल, इश्वरी भट्ट, सुदिपभक्त खनाल, रबिन्द्रभक्त श्रेष्ठ, मोदनाथ प्रश्रित, कुन्ती थापा, गीता खत्री, देबेन्द्रप्रशाद उपाध्याय, गोबर्धन पूजा, निलम कार्की निहारिका, बिकास बिष्ट, कल्पना सुबेदी, कल्पना सत्याल, डा. रामचन्द्र बराल, डा. गोपी उप्रेती र तेजस्वी पाण्डे लगायत हुनुहुन्छ । कबि गोष्ठी कार्यक्रमको संचालन गोबर्धन पुजा र महेश्वर पन्त ले गर्नु भयको थियो , कबि गोष्ठी पश्चात बिबिध सांस्कृतिक कार्यक्रम को आयोजना गरियको थियो, संस्कृतिक कार्यक्रममा कलाकारहरु प्रेमराजा महत, राम प्रसाद खनाल, डा गोविन्द सिंह राउत, नलिना चित्रकार, यस कुमार लगायतको प्रस्तुति रहेको थियो, संस्कृतिक कार्यक्रमको संचालन बिनय अर्याल र मंजु संग्रौला ले गर्नु भयको थियो ।
3

अनेसास जापान उत्कृष्ट च्याप्टर  

सन् २००३ मा पहिलो पटक अनेसास उत्कृष्ट च्याप्टरको रुपमा सम्मानित अनेसास जापान च्याप्टर एक दशक पछि फेरी उत्कृष्ट च्याप्टर ठहरिएको छ । अमेरिकामा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको क्रममा अनेसास जापानलाइ उत्कृस्ट च्याप्टर -२०१३ को उपाधि  प्रदान गरियको हो । यसैगरी अनेसास कोलोराडो च्याप्टर, अनेसास न्यूयोर्क च्याप्टर, अनेसास अस्ट्रेलिया च्याप्टर र  अनेसास फ्लोरिडा च्याप्टरलाई पनि उत्कृस्ट च्याप्टरको उपाधि प्रदान गरिएको थियो । अनेसास केन्द्रीय कार्यालयको मुखपत्र अन्तरदृष्टिका तत्कालिन प्रधानसम्पादक प्रकाश पौडेल माईलालाइ अनेसास उत्कृष्ट सम्पादक-२०१० बाट पनि सम्मानित गरिएको थियो । उत्कृष्ट च्याप्टरको उपाधि बोड अफ ट्रष्टीका अध्यक्ष र अनेसास अध्यक्ष गीता खत्रीबाट तथा अनेसास उत्कृष्ट सम्पादकको उपाधि नेपाली बाणिज्यदूत प्रेमराजा महतको हातबाट अनेसास जापानका अध्यक्ष प्रकाश पौडेल माइलाले ग्रहण गर्नुभएको थियो ।
photo 1


समुद्रपारि डट कमलाई उत्कृष्ट अनलाईन मिडिया पुरस्कार

साथै नेपाली भाषा साहित्यको बिकास  र बिस्तारमा योगदान पुरयाएबापत डिसी नेपाल डट कम, समुद्रपारि डटकम र बिआरटी नेपाल डकमलाइ अनेसास उत्कृस्ट मिडिया पुरस्कारद्वारा सम्मानित गरिएको थियो ।

छ बुदे घोषणा पत्र जारी 

अमेरिकाको वाशिंटन डिसीमा तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा ६ बुदे घोषणा पत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको छ ।  घोषणा पत्र समितिका संयोजक प्रकाश पौडेल माइला (जापान) ले सम्मेलन समापन समारोहमा घोषणा पत्रका बुदाहरु प्रस्तुत गर्नुभएको थियो।  घोषणापत्र समितिका अन्य सदस्यहरुमा सुनिल संगम (पोर्चुगल)  र गुहनाथ पौडेल (नेपाल) रहनुभएको छ ।

photo 2

घोषणा पत्र

१. डायस्पोरा र अनेक डायस्पोराको सिद्दान्त र प्रयोगको बिषय अध्ययन तथा अनुसन्धान गर्ने-गराउने ।

२. विश्वका अनेक ठाउमा डायस्पोरा अध्ययन केन्द्रको स्थापना तर्फ क्रियाशील रहने ।

३. अनेसासका विभिन्न च्याप्टरहरु बीचको सम्बन्धलाइ स्पस्ट कार्ययोजना सहित अझ मजबुत पार्दै आपसी समन्वय गर्ने-गराउने ।

४. नेपाली साहित्यलाई बिश्वब्यापीकरण गर्न स्तरीय नेपालीकृतिहरु चयन गरि अनुबाद गर्ने गराउने ।

५. स्थापित नेपाली साहित्यकारहरुका शालिक निर्माण गर्न तथा भानु स्मारक भवन निर्माण गर्न क्रियाशील रहने ।

६. विभिन्न संघ संस्थाहरुका बीचमा भाइचाराको सम्बन्ध कायम गर्दै अघि बढ्ने ।

दुइ दिने अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको समापान समारोहलाई प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा. शंकर शर्मा, बिशिष्ट  अतिथि डा. खगेन्द्रप्रसाद लुइँटेल, बिशिष्ट अतिथि मोदनाथ पश्रित, प्रकाश नेपाल, पदम बिश्वकर्मा लगायतले सम्बोधन गर्नुभएको थियो ।  यस्तैगरी समापन समारोहलाइ बोड अफ ट्रष्टीका अध्यक्ष होमनाथ सुबेदी, अनेसास केन्द्रीय अध्यक्ष गीता खत्री, सम्मेलन आयोजक कमिटी संयोजक सिता पाण्डेले सम्बोधन गर्दै सम्मेलनको समापन गर्नुभएको थियो । ***

तपाईको प्रतिक्रिया