Deneme Bonusu Veren Siteler
बिहिबार, मंसिर ०६, २०८१
Thursday, November 21, 2024
एजेन्सी –  अस्ट्रियाको राजधानी भियनामा एउटा यस्तो विचित्रको स्कुल छ जहाँ सेक्स सम्बन्धी ब्यवहारिक शिक्षा प्रदान गरिन्छ  ।  यो स्कुलमा विद्यार्थी भर्ना गरी उनीहरुलाई सेक्सका बारेमा व्यवहारिक कुराहरु सिकाईन्छ ।
यो  स्कुल निकै खर्चिलो पनि  छ ।  यो स्कुलमा पढ्नका लागि एक सत्रको १४ सय बेलायती पाउण्ड भर्ना शुल्क लाग्छ । यो भनेको लगभग दुइ लाख रुपैयाँ जति हो ।
यो स्कुलमा १६ वर्ष कटेका किशोर किशोरी तथा युवायुवतीले मात्र पढ्नका लागि भर्ना हुन पाउने व्यवस्था छ । यो स्कुलमा छात्र छात्राको छुट्टाछुट्टै छात्राबास छैन । एउटै होस्टेलमा, अझ भनौ एउटै कोठामा पनि केटाकेटी बस्न पाउने सुविधा छ । यसो गर्नुको खास कारण भनेको विद्यालयमा पढाइने यौन सम्बन्धी पाठहरु उनीहरुले कोठामा गएर व्यवहारिक रुपमा प्रयोग गर्न सकुन् भन्ने नै हो ।
 अस्ट्रियन इन्टरनेसनल सेक्स स्कुल यो स्कुलको नाम हो । स्कुलकी संस्थापक तथा प्राचार्य एल्वा मारिया थम्पसनका अनुसार विद्यालयको मूल उदेश्य  भनेकै युवा युवतीलाई असल प्रेमी बनाउन सिकाउनु हो । ***
तपाईको प्रतिक्रिया