Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौं –  संविधानसभाको निर्वाचनमा देशभर एमालेको लहर देखिरहँदा एमालेका केही प्रभावशाली नेताहरुले भने चुनाव हारेका छन् ।
एमालेका महासचिव इश्वर पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ मा झिनो मतले चुनाव हार्नुभयो । अघिल्लोपटकका बिजेता नरहरि आचार्यले यसपटक पनि पोखरेललाई चार समय मतले पछाडि पारे । राम्रो जनाधार हुँदाहुँदै पनि शाहीकालमा उहाँमाथि लगाइएका केही झुट्टा आरोपका कारण पोखरेल पछाडि पर्नुपरेको प्रारम्भिक विश्लेषण छ । त्यतिमात्र होइन, एमाओवादी र काँग्रेसबीच तालमेल भएको अनुमान समेत छ ।
काठमाडौं ६ मै एमालेका युवा नेता योगेश भट्टराईले चुनाव हार्नुभयो । उहाँ काँग्रेसका भीमसेनदास प्रधानको निकटतम प्रतिस्पर्धी हुनुहुन्थ्यो । काठमाडौं ६ मा तालमेल मिलाउन नसकेका कारण भट्टराईले चुनाव हार्नुपरेको हो । चुनावको मुखैमा टिकट नपाएका कारण काठमाडौंका पूर्वमेयर समेत रहेका केशव स्थापित संघीय समाजवादी पार्टीमा गएका थिए । उनले ल्याएको मत योगेशलाई हराउन पर्याप्त भयो ।
दाङमा एमालेका सचिव शंकर पोखरेलले हार व्यहोर्नुपरेको छ । बौद्धिक नेताका रुपमा ख्याति कमाएका पोखरेलको हारलाई एमालेले ‘आश्चर्यचकित नतिजा’ भनेको छ ।
एमाले प्रचार विभाग प्रमुख समेत रहेका पोलिटव्युरो सदस्य प्रदीपकुमार ज्ञवालीले पनि थोरै मत अन्तरले यसपटक हार व्यहोर्नुप¥यो, काँग्रेसका चन्द्र भण्डारीसँग ।
अघिल्लो संविधानसभा निर्वाचनमा देशभर एमालेले पराजय भोग्दा लमजुङ २ मा एमालेका केन्द्रीय नेता पृथ्बीसुब्बा गुरुङ बिजयी भएका थिए । तर, यसपटक उनले ७ सय मत अन्तरले काँग्रेसका जिल्लास्तरीय नेतासँग हार व्यहोर्नुपरयो।
ललितपुर ३ मा काँग्रेसका मदन अमात्यसँग एमालेका पोलिटब्युरो सदस्य रघुजी पन्त पराजित भए । काठमाडौं ९ बाट एमालेका काठमाडौं इन्चार्ज कृष्णगोपाल श्रेष्ठले पनि काँग्रेसका ध्यानगोबिन्द रन्जित पराजित भए ।  रुपन्देहीमा एमालेका युवा नेता तथा संसदको राज्य व्यवस्था समितिको सभापति भइसकेका रामनाथ ढकालको बिजययात्रामा विराम लाग्यो ।
रुपन्देहीमै क्षेत्र नम्बर ३ मा एमालेका युवा नेता घनश्याम भुसाल काँग्रेसका युवा नेता बालकृष्ण खाँडसँग झिनो मत अन्तरले पराजित भए । एमालेका कोशी अञ्चल इन्चार्ज राजेन्द्र गौतम संखुवासभा २ मा पराजित भएका छन् ।  ***
तपाईको प्रतिक्रिया