Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

बेनी – एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य लोकेन्द्र विष्टमगरले पूर्वको झापाबाट उदाएको सूर्य महाकालीको राष्ट्रघातसंगै पश्चिम नेपालमा पुगेर अस्ताइसकेको बताउनुभएको छ । मंगलवार म्याग्दीको ज्यामरुककोटमा आयोजित सभालाई सम्वोधन गर्दै विष्टले किसान र मजदुरको सच्चा सहयात्री एमाओवादीको ह“सिया-हथौडा नै भएको दावी गर्नुभयो ।

एमाओवादी म्याग्दीका उम्मेदवार विष्टले केन्द्रिकृत र एकात्मक शासन व्यवस्थाको कारण जनता अहिले पनि पीडामा रहेको भन्दै सुनौलो भविष्यका लागी संघीय शासन लागु गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नु भयो- ‘एमाओवादी सहयोगात्मक र मैत्रीपूर्ण ढंगले प्रतिस्पर्धात्मक शासन प्रणाली लागु गर्न चाहन्छ ।’

पूर्वमन्त्री समेत रहनुभएका विष्टले गणतन्त्र र संविधानसभा विरोधी छवि बनाएका एमाले र कांग्रेसलगायतका दलले संघीय शासनको बारेमा सोच्नै नसक्नु ‘दिमागी गरिबी’ को उपज भएको बताउनुभयो । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक प्रतिनिधित्वको मुद्दा माओवादीले जसरी पनि संस्थागत गर्ने भन्दै उहाँले पहिलेजस्तै खिचडी संविधानसभा बनेमा फेरि पनि संविधान निर्माण हुनेमा आशंका व्यक्त गर्नुभयो ।

म्याग्दीको चुनावी मैदानमा रहेका केही दलका उम्मेदवारहरु चुनाव प्रचारमा आफ्नो एजेन्डा प्रस्तुत गर्नुको साटो मेलापर्व, क्लव र आमासमुहलगायतलाई पैसा बांड्नमा व्यस्त रहेको सूचना आफुले पाएको भन्दै उनले त्यस्ता नेतालाई निरुत्साहीत गर्न आग्रह गर्नुभयो । उहाँले भन्नु भयो- ‘मत किन्न खोज्नेलाई अस्वीकार गर्दै स्पष्ट नीतिसहितको विचार र नेतृत्व छनोट गर्नुस ।’

मगरांत राज्य समितिको इन्चार्ज समेत रहेका विष्टले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गतको वृद्धा भत्ता आफ्नो पार्टीको सरकारले बढाएर पांच सय पुर्‍याएको भन्दै आगामी दिनमा त्यो रकमलाई दुईहजार पुर्‍याउने माओवादीको लक्ष्य रहेको उदघोष गर्नुभयो । संविधानसभाको निर्वाचनमा आफुले जित हात पारेपछि पहिले संविधान निर्माणमा केन्द्रित हुने र संविधान बनेपछि त्यसैको परिधिमा रहेर विकासको काममा केन्द्रित हुने भन्दै विष्टले म्याग्दीमा सड्क सञ्जाल र पर्यटन विकासका लागी आफुले सकेसम्म पहल गर्ने बताउनुभयो ।

एमाओवादी ज्यामरुक गाउं पार्टी अध्यक्ष कृष्ण कार्कीको सभापतित्वमा भएको कार्यक्रममा म्याग्दीका प्रथम शहीद वीरबहादुर विकका पिता बाबुराम विक र अर्का शहीद जगत खड्काका पिता रत्नबहादुर खड्कालाई सम्मान गरिएको थियो । साथै कार्यक्रममा राप्रपा सम्वद्ध विद्यार्थी संगठनका जिल्ला अध्यक्ष संदीप कार्की एमाओवादीमा प्रवेश गरेका थिए । ***

तपाईको प्रतिक्रिया