Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
susilकाठमाडौ- नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाले नेपाली काँग्रेसको पक्षमा २०१५ सालको पहिलो निर्वाचन जस्तै लहर देखिएकोले यस पटकको निर्वाचनमा दुई तिहाई बहुमत आउने विश्वास ब्यक्त गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको विशेष साक्षात्कारमा उनले भने-२०१५ सालमा शान्तिपूर्ण निर्वाचन हुँदा काग्रेसको पक्षमा दुई तिहाई बहुमत आएको थियो । अहिले पनि काग्रेसको पक्षमा त्यस्तै लहर छ । शान्तिपूर्ण निर्वाचन भए कांग्रेसको पक्षमा दुई तिहाई बहुमत आउँछ ।
साक्षात्कारमा सभापति कोइरालाले नेकपा-माओवादीलाई आफूले गरेको प्रतिबद्धता अनुसार बहिस्कारलाई शान्तिपूर्ण बनाउन आग्रह गर्दै कांग्रेसका कार्यकर्ताहरुलाई कसैले औला ठड्याउन नपाउने गरी संयमित हुन आब्हान गरे ।
नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यले वार्ता र सहमतिको लागि आब्हान गरे पनि उनीहरुको पुरानो मागमा कुनै परिवर्तन नआएकोले अहिले सहमतिको सम्भावना नभएको स्पष्ट पार्दै मुलुक निर्वाचनमा होमिएकोले अब निर्वाचन स्थगित हुनै नसक्ने ठोकुवा गरे ।
उनले भने-जनता निर्वाचनमा होमिएका छन । अब निर्वाचन रोक्न सम्भव छैन । निर्वाचन हुनैपर्छ । म मरे पनि निर्वाचन रोकिनु हुँदैन । कोही ब्यक्तिको मृत्यू हुँदैमा अब निर्वाचन रोकिदैन । बैद्यजीहरुले पार्टी परिचालित घटनाहरु रोक्नुपर्छ ।
यद्यपि कोइरालाले नेकपा-माओवादीलाई संविधान निर्माणको प्रक्रियामा छलफल मार्फत भने सहभागिता गराउन सक्ने र कांग्रेसले त्यसको लागि पहल गर्ने स्पष्ट पारे । ***
तपाईको प्रतिक्रिया