Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

bhuwan kcकाँकडभिट्टा (झापा)- आसन्न संविधानसभाको चुनावमा नेकपा (एमाले)लाई विजयी गराऊँ भन्ने अभियान लिएर चलचित्र नायक भुवन केसी आज झापाको काँकडभिट्टामा आइपुग्नुभएको छ ।

नेकपा (एमाले)का समानुपातिक तर्फका उम्मेदवारसमेत रहनुभएका नायक केसीले झापा क्षेत्र नं १ का प्रत्यक्षतर्फका उम्मेदवार रविन कोइरालालाई अत्याधिक मतले विजयी गराउन स्थानीयवासीलाई आग्रहसमेत गर्नुभयो ।

नेकपा (एमाले) क्षेत्र नं १ चुनाव प्रचारप्रसार समितिको आयोजनामा आज बिहान काँकडभिट्टामा निकालिएको बृहत् ¥यालीपछिको कोणसभालाई सम्बोधन गर्दै नायक केसीले भन्नुभयो, “एमालेले बहुमत ल्याएमात्र मुलुकमा संविधान बन्ने र सङ्क्रमणकालीन अवस्थाबाट मुक्त हुने अवस्था सिर्जना हुन्छ ।”

उहाँले एमालेलाई अत्याधिक बहुमतले विजयी गराए मात्र गाविसमा आउने बजेट बढाउने, युवालाई स्वरोजगार कार्यक्रम ल्याउने बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया