Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौं-४ का दर्जनौं युवा एमाओवादीमा प्रवेश
काठमाडौं – कात्तिक नेकपा-माओवादीलगायत चुनावी विरोधीहरूले आह्वान गरिएको आमहड्तालको विरुद्धमा एकीकृत नेकपा माओवादी काठमाडौं क्षेत्र नं. ४ ले विशाल मोटरसाईकल र्‍याली प्रदर्शन गरेको छ ।  निर्वाचन क्षेत्र परिक्रमा गरिएको मोटरसाईकल र्‍यालीमा एक हजार भन्दा बढी मोटरसाईल सहभागी थिए ।
सोमबार बिहान ८ बजे चावहिल गोपीकृष्णहलबाट सुरु भएको र्‍यालीमा संविधानसभा निर्वाचनका लागि एकीकृत माओवादीका उम्मेदवार नन्दकिशोर पुन ‘पासाङ’ पनि सहभागी भएका थिए । गाडिमा रहेका उनले समर्थकहरूलाई अभिवादन गर्दै हिंडेका थिए । र्‍याली गौशाला, मैतिदेवी, चारखाल, कमलपोखरी, नक्साल, कालोपुल, चावहिल, आकाशेधारा, राममन्दीर, चुनिखेल, चपली, गोल्फूटार, मण्डिखाटार हुँदै सिफलमा पुगेर समापन भएको थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै एमाओवादीका युवा व्यूरो ईञ्चार्ज समेत रहेका काठमाडौं-४ का उम्मेदवार पासाङले नेपाली जनताको अधिकार सुनिश्चित गर्न संविधान लेख्नका लागि हुन लागेको संविधानसभा निर्वाचनको विरुद्धमा गरिएको बन्दको अवज्ञास्वरुप मोटरसाइकल र्‍याली गरिएको बताए । उनले  एमाओवादीले बन्दको अवज्ञा सुरु गरिसकेको उल्लेख गर्दै बन्दको अवज्ञा काठमाडौं-४ बाट सुरु भएको नेता पासाङले बताए ।
‘एकीकृत माओवादीले बन्दविरुद्धको अभियान सुरु गरिसकेको छ’, पासाङले भने, ‘बन्दको सँस्कृति सँधैंका लागि अन्त्य गर्न एमाओवादी अघि बढिसकेको छ । एमाओवादी अब बन्दको विरुद्ध उभिन्छ ।’ एमाओवादी समृद्ध नेपालको पक्षमा रहेकाले जो सुकैले गर्ने बन्दको अवज्ञा गर्ने बताए । ‘हामी नेपाली जनतालाई के सन्देश पनि दिन चाहन्छौं भने साँच्चिकै नेपाललाई समृद्ध बनाउन बन्दको सँस्कृतिलाई तोड्नका लागि हामीले अवज्ञा सुरु गरिसकेका छौं’, उनले थपे, ‘गलत संस्कृतिविरुद्धको बिद्रोहको सुरुवात हामीले गरिसक्यौं । अवज्ञा आन्दोलनको सुरुवातसँगै हाम्रो विजय अभियान पनि काठमाडौं-४ मा सुरु भइसकेको छ ।’
सिफलमा आयोजित मोटर साईकल र्‍याली समापन कार्यक्रममा त्यस क्षेत्रका पाँच दर्जन स्थानीय युवाहरु एकीकृत माओवादीमा प्रवेश गरेका थिए । उनीहरूलाई एमाओवादी नेता पासाङले टिका लगाएर पार्टीमा स्वागत गरेका थिए । ***
IMG_0215
Motercycle rally (2) Motercycle rally (1)pasang ryali IMG_0030 IMG_0100 IMG_0225 IMG_0253
तपाईको प्रतिक्रिया