बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

टोकियो – बाध्यात्मक देहब्यापारबाट जन्मिएका तथा अन्य यौनहिंसाजन्य घटनाबाट पीडित किशोरी तथा बालबालिकाहरुको लागि उद्वार कार्य गर्दै आईरहेको रक्षा नेपालकी अध्यक्ष मेनुका थापासंग हालै टोकियोबासी नेपालीहरुले अन्तर्क्रिया गरेका छन ।

रक्षा नेपालको बारेमा जानकारी गराउने र सहयोगी वातावरण निर्माण गर्ने उद्देश्यले बिहिबार आयोजित उक्त अन्तर्क्रिया कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुद्वारा स्वेच्छिक सहयोग प्राप्त भएको छ भने कतिपयबाट प्रतिबद्धता जाहेर गरिएको छ ।
‘रक्षा नेपालको अभियानमा डायस्पोराको दायित्व’  बिषयक बिशेष अन्तर्क्रिया कार्यक्रममा मेनुकाले रक्षा नेपालले हालसम्म गर्दै आईरहेको गतिबिधि समेटिएको २० मीनेट लामो डकुमेन्ट्री देखाउनुकासाथै रक्षा नेपालको अभियानमा जापानबाट हुन सक्ने सहयोगी भूमिकाको बारेमा प्रकाश पारेकी थिईन् । त्यसैमा केन्द्रित भई सहभागीहरुले मेनुकासंग अन्तर्क्रिया गरेका हुन् ।
अन्तर्क्रियामा बोल्दै मेनुकाले नेपालमा सशक्त कानुनको अभावमा महिलामाथि बढ्दो यौनहिसा, आफन्त र ठूलाबडा भनिएकाहरुबाटै बाल बलात्कारका घटना दिनप्रतिदिन बढ्दै गईरहेको बताउँदै अगाडि भनिन् – शक्ति र पैसाको बलमा घटनाको ढाकछोप भईरहेको छ । यसलाई रोक्नका लागि देशबिदेश सबैतिरबाट चासो, चिन्ता र खबरदारीको खाँचो छ । रक्षा नेपालले यहि अभियानलाई अगाडि बढाउदैं अन्यायका बिरुद्ध आवाज उठाउदैं आईरहेको छ र पीडितहरुको लागि आश्रय दिनुका साथै पालनपोषण, शिक्षा, स्वास्थ्य र उचित वातावरणको ब्यवस्था मिलाउदैं आईरहेको छ । यसमा आफ्नै काकाबाट बलात्कृत २ बर्षीय बच्चीदेखि लिएर १२ बर्षम्मका किशोरीहरु गरी ३० जनालाई हामीले आश्रय दिदैं आईरहेका छौं । यो अभियानमा यहाँहरु सबैको सहयोगी भूमिकाको अपेक्षा गरिएको छ’ –  मेनुकाले थपिन् ।
तमू धीं जापानको बिशेष पहल र नारी कुञ्ज जापानको संयोजनमा भएको सो अन्तर्क्रिया कार्यक्रम गुल्मी सेवा समिति, नेपाल मगर संघ टोकियो जापान, गल्कोट समाज जापान, स्याङ्जा समाज जापान, नेपाल आदिबासी जनजाति महासंघ जापान, तामाङ समाज जापान, म्याग्देली सञ्जाल जापान, वी फर अल जापान, नेपाल जापान युथ क्लव, मनाङ सोसाइटी जापान, अन्तर्राष्ट्रिय नेपाली समाज जापान, चितवन समाज जापानलगायतका संघसंस्थाहरुको संयुक्त आयोजनामा भएको थियो ।
रक्षा नेपालले एकदशकको अवधिमा हाल सम्म गर्दै आईरहेको गतिबिधिबारे जानकारी गराईसकिएपछि कार्यक्रममा सहभागिहरुले बिभिन्न जिज्ञासा राख्नुका साथै स्वतस्फूर्तरुपमा सहयोग गर्ने वचनबद्धता ब्यक्त गरेका थिए ।
तमू धीं का अध्यक्ष्य हर्क गुरुङको सभापतित्वमा भएको सो अन्तर्क्रियामा नारी  कुञ्ज जापानकी अध्यक्ष छक्कू उदासीको स्वागत तथा धन्यबाद मन्तब्य रहेको थियो । कार्यक्रमका लागि युवा ब्यवसायी मनोज घलेले सिन्जुकु युनिभर्सल सिटीको मिनीहल ब्यवस्थापन गरेर सहयोग गरेका थिए भने पत्रकार तिलक मल्लले कार्यक्रम संचालन गरेका थिए ।
रक्षा नेपालका लागि सँस्थागत तथा ब्यक्तिगतरुपमा सहयोग गर्ने सहयोगदाताहरु सबैलाई उक्त सँस्थाकी अध्यक्ष मेनुका थापाले एक बिज्ञप्तिमार्फत हार्दिक धन्यबाद ज्ञापन गर्दै जापानबाट रक्षा नेपालको अभियानलाई सहयोगी भूमिका निर्बाह गर्न एउटा टिमको आवश्यकता देखिएकोले उक्त टिम निर्माण गर्न लागिएको हुँदा ईच्छुकमहानुभावहरु यस टिममा बसेर जापानबाट पनि रक्षा नेपालको अभियानलाई सघाउन हार्दिक आह्वान गरेकी छिन् । अभियानलाई संस्थागत तथा ब्यक्तिगतरुपले आर्थिक, नैतिक, भैतिक तथा कुनै पनि हिसाबले सहयोग गर्न चाहने महानुभावहरुले रक्षा नेपाल सहयोग समिति जापानसंग सम्पर्क गर्न सकिने बिज्ञप्तिमा जनाईएको छ । उक्त समितिको नामावली छिट्टै सार्बजनिक गरिने बताईएको छ । यसैबिच मेनुका थापाले बिज्ञप्तिमार्फत सम्बन्धित सबैको जानकारीका लागि सहयोगीहरुको नामावाली यसप्रकार रहेको जानकारी पनि गराएकी छिन । ( रकम जापानी येनमा)
१. तमू धीं जापान ५०,०००।-
२. गुल्मी समाज जापान ५०,०००।-
३. नरबहादुर थापा ४०,०००।- उपाध्यक्ष एनआरएन जापान
४. नेपाल जापान युथ क्लव ३०,०००।
५. दिनेश गुरुङ ३०,०००।- सल्लाहकार तमू धीं जापान
६. हर्क गुरुङ १०,०००।- अध्यक्ष तमू धी जापान
७. केशव थापा १०,०००।-  म्यानेजर बिजी प्लस मिडिया
८. सुरेश रेग्मी १०,०००।-
९. यमा शेरचन १०,०००।- सल्लाहकार तमू धी जापान
१०. नविन थापा मगर १०,०००।- सल्लाहकार नेपाल मगर संघ
११. गोविन्द डम्मर पाल १०,०००।-  उपाध्यक्ष नेपाल मगर संघ टोकियो जापान
एक बिद्यार्थीका लागि एक स्पोन्सर (OSOS – One Sponsor For One Student) अवधारणाअनुसार एक जना बच्चाको जिम्मा लिने र स्टेशनरी सामाग्रीका लागि सहयोग गर्ने वचन प्राप्त
१२. ईश्वर गुरुङ १०,०००।-  गायक नमस्ते ब्याण्ड जापान
१३. श्री गुरुङ   १०,०००।- उापध्यक्ष तमू धीं जापान
१४. हवलचन्द्र लामा १०,०००।- महासचिव तामाङ समाज
सँस्थागत सहयोग बारे छलफल गरेर पछि जानकारी गराउने वचनवद्धता
रक्षा नेपालको सहकारीमा लगानी गर्ने सोबाट आएको मुनाफा रक्षा नेपाललाई सहयोग गर्ने वचनवद्धता
१५. पेम्बा  लामा १०,०००।- अध्यक्ष मनाङ सोसाइटी जापान (संस्थागत सहयोग छलफलपछि जानकारी गराईने)
१६. बेलु थापा ५,०००।-  सल्लाहकार नेपाली जनप्रगतिशील मोर्चा जापान १७. स्याङजा समाज जापान १०,१००।-
रक्षा नेपाललाई जापानबाट ५० मुरी धान 
यसैगरी नेपाल आदिबासी जनजाति महासंघ जापानका उपाध्यक्ष पदम गुरुङले रक्षा नेपालको अभियानप्रति आफु अत्यन्त प्रभावित भएको बताउँदै ५० मुरी धान वा सो बराबरको चामल आगामी दशै अगावै सहयोग प्रदान गर्ने बताएका छन । यसैगरी  नेपालमा २५० रोपनी जग्गामा भईरहेको कफि खेतीमा रक्षा नेपालका महिलाहरुलाई रोजगारी  दिने वचनवद्धता ब्यक्त गरेका छन् ।
यसैगरी कार्यक्रममा नमस्ते ब्याण्डका वरिष्ठ गायक ईश्वर गुरुङले रक्षा नेपालको लागि कि-बोर्ड, गितार लगायतका बाद्यबादनका सामाग्री सहयोगस्वरुप प्रदान गरेका थिए । मेनुका थापा नारी कुञ्ज जापान र म्याग्देली सञ्जाल जापानको निमन्त्रणामा तीजबिशेष कार्यक्रमका लागि जापान आएकी हुन् । उक्त कार्यक्रमका अवसरमा पनि रक्षा नेपालको लागि सहयोग रकम संकलन गरिएको थियो उक्त संकलित रकम बारे आयोजक सँस्थाहरुले छिट्टै जानकारी सार्बजनिक गर्ने बताएका छन् ।    *** IMG_7603 IMG_7608 IMG_7617 IMG_7637 IMG_7646 IMG_7650 IMG_7655 IMG_7662 IMG_7668 IMG_7672 IMG_7680 IMG_7684 IMG_7689 IMG_7691 IMG_7695 IMG_7721
तपाईको प्रतिक्रिया