Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

balatkarदाङ – तुलसीपुर प्रहरीलाई शनिबार मध्यरातमा एक किशोरीको फोन आयो, ‘बसपार्कमा चार जनाले मलाई बलात्कार गरे, बचाउन आउनुपर्‍यो ।’ अघिल्लो दिनमात्रै १५ वर्षीया किशोरीमाथि भएको सामूहिक बलात्कारको अनुसन्धानमा व्यस्त प्रहरी उस्तै घटनाको जानकारी पाएपछि तत्काल बसपार्क पुग्यो । चार युवालाई किशोरीसहित फेला पारेपछि पक्राउ गर्‍यो ।

शुक्रबार अपराह्न मात्रै १५ वर्षीया एक किशोरीमाथि फूलबारी ६ ढकनाको जंगलमा सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको थियो । ३२ घन्टापछि शनिबार राति १७ वर्षीया अर्की किशोरी तुलसीपुर ५ नयाँ बसपार्कमा बलात्कृत भइन् । घटनास्थलमा फेला परेका खलंगा ५ प्युठानका वीरबहादुर खत्री, थारमारे ६ सल्यानका युवराज डाँगी, फालाबाङ ५ सल्यानका अर्जुन योगी र रागेचौर ६ सल्यानका चन्द्र डाँगीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरू सबै यातायात व्यवसायमा संलग्न रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी तुलबहादुर कार्कीले बताए ।
पक्राउ पर्नेहरू सबै १९ देखि २२ वर्षका रहेको कार्कीले जनाए । सुरुमा एक जनासँग सहमतिमा यौन सम्पर्क गरेको र पछि तीन जनासँग सम्पर्क हुँदा पनि प्रतिकार नगरेको देखिएको उनले बताए । ‘चौथो युवा पनि थपिएपछि मात्र बलात्कार भनेर फोन आयो,’ उनले भने, ‘आपसी अविश्वासको अभावमा यस्ता घटना भइरहेका छन् ।’
बलात्कृत किशोरी पनि प्रहरीको निगरानीमा छिन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बतायो । घटनाबारे अनुसन्धान भइरहेको र थप तथ्य पत्ता नलागेको डीएसपी कार्कीले बताए । फूलबारी ६ ढकनाको जंगलमा शुक्रबार १५ वषर्ीया किशोरीले ‘सामूहिक बलात्कार’ भएको बताएकी थिइन् । मुख छोपेका चार युवाले लछारपछार पारेको र त्यसपछि बेहोस भएकाले केही थाहा नपाएको ती किशोरीले बताइन् । किशोरी निर्वस्त्र अवस्थामा फेला परे पनि बलात्कार हो/होइन या प्रयास मात्र हो भन्नेबारे मेडिकल चेकजाँचको रिपोर्ट नआउँदासम्म केही भन्न नसकिने डीएसपी कार्कीले जनाए । ती किशोरी निकै हतोत्साहित अवस्थामा रहेको र उनको राप्ती अञ्चल अस्पताल तुलसिपुरमा उपचार भइरहेको प्रहरीले बतायो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया