काठमाडौं – धम्की र गुण्डागर्दिलगायतका अपराधमा संलग्न चरी भनिने दिनेश अधिकारीमाथि गोली प्रहार भएको छ । धादिङमा प्रेस चौतारीको जिल्ला परिषदमा भाग लिएर राजधानी फर्कँदै गरेका उनलाई शुक्रबार राती साढे ११ बजे नैकाप नजिकै गोली हानिएको हो ।
बायाँ पाखुरामा गोली लागेका चरीको महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार केही समय अघिसम्म उनकै समुहका धादिङकै राधे भण्डारी समुहले गोली हानेको हो । भण्डारी समुहका राजेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनले आफनो संलग्नता अस्विकार गरेपनि परिस्थितीजन्य प्रमाणले तामाङलाई नै दोषी देखाएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार शुक्रबार राती ‘कन्ट्रोल कक्ष’ मा नैकापमा सवारी दुर्घटना भएको सुचना आयो । त्यसपछि घटनास्थल पुगेको प्रहरीले चरीलाई बाूया हातमा गोली लागेको अवस्थामा फेला पारेको थियो । उपचारका लागि टिचिङ अस्पताल पुर्याइएका चरी राती नै ‘डिस्चार्ज’ हुन खोजेका थिए । ‘प्रहरीलाई थाहा नै नदिई घटना लुकाउन खोजेका रहेछन’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुबोध घिमिरेले भने ‘गुण्डाहरुको आपसी दुस्मनीले यो स्थिती आएको हो ।’ भण्डारी सहित समुहका अन्यको खोजी भइरहेको जानकारी उनले दिए ।
स्रोतका अनुसार चरी र भण्डारी एक बर्ष अघिसम्म एउटै समुहमा थिए । आर्थिक बिषयमा मनमुटाब भएपछि राधेले धादिङका कांग्रेसीलाई समेट्दै छुट्टै समुह खडा गरेका थिए । त्यसबाट असन्तुष्ट चरीले भण्डारीको घरमा गएर आमा बाबु तर्साउने र भाईलाई समेत पटक/पटक कुट्नेपिट्ने गरेकाले त्यही रिसिवी साँधेको स्रोतको दाबी छ । चरीले दिएको यातनाबिरुद्ध भण्डारीले जिल्ला प्रहरी कार्यालय धादिङमा जाहेरी दिदाू समेत कुनै कारबाही नगरि प्रहरीले मिलापत्र गराएको स्रोतले बतायो ।
चरीलाई मार्ने उद्देश्यले आक्रमण भएको अनुमान प्रहरीको छ । बा १० च ५९९३ नम्बरको गाडी चरी आपै+mले हाूकिरहेका थिए । बलम्बुदेखी उनलाई मोटरसाईकलले पिछा गरेको थियो । ‘सुरुमा २/३ वटा मोटरसाईकल थिए’ चरी भन्दा अघिको गाडीका एक प्रत्यक्षदर्शिले भने, ‘अलि वर आइपुग्दा त १० वटा मोटरसाईकलले घेरिसकेका थिए ।’ चरीले आक्रमण हुन लागेको थाहा पाएपछि गाडीको ‘ईमर्जेन्सी’ बत्ति बालेर हाँकेका थिए । बिपरित दिसाबाट आउने सवारीहरु छेउ लागेका थिए । उनीभन्दा अघि रहेको एमाले नेता राजेन्द्र पाण्डेको गाडीले समेत उनलाई बाटो छाडिदिएको थियो । नेता पाण्डे पनि एउटै कार्यक्रममा सहभागि भएर काठमाडौं आउूदै थिए ।
पिछा गरिरहेकोमध्य एउटा मोटरसाईकल सशस्त्र प्रहरीको संतुगलस्थित अस्पताल अघि आइपुगेर चरीको गाडी अघि तेर्सियो । तिब्र गतीमा हाँकिरहेका चरीले गाडी नियन्त्रणमा लिन नसक्दा मोटरसाईकल चालक धादिङका राजेन्द्र तामाङ घाइते भए । लगत्तै मोटरसाईकलमा आएका अर्का एकले चरीको गाडीको टायरमा गोली हाने । अर्को गोली गाडीको सिसा फोर्दै चरीको बाूया हातमा लाल्यो । त्यसपछि चरी भागे । आक्रमणकारीले केही समय पिछा गरे । तर चरी लुकेपछि उनीहरु भागे । चरीको गाडीमा बसेका पहिचान खुल्न नसकेका ३ जनालाई आक्रमणकारीले कुटपिट गरेका थिए ।
राजधानीमा ग्याङ फाइट सुरु
मध्य रातमा चरी माथी भएको गोली प्रहारको घटनाले राजधानीमा फेरी गुण्डा समुह बिच ग्याङ फाइटको ऋङखला सुरु भएको देखाएको छ । यसले राजधानीको शान्ती सुरक्षामा चुनौती थपेको प्रहरी अधिकृतहरु बताउँछन् । २०६५ साल तिर राजधानीमा गुण्डाका नाइकेहरु बिच राजधानीमा हानाहानको स्थिती थियो । धम्की दिएर फिरौतीको रकम उठाउने यो समुह बिच आर्थिक लेनदेनका बिषयलाई लिएर हानाहान पर्ने गथ्र्यो ।
२०४८ साल देखी राजधानीमा गुण्डाहरु देखिने गरेका थिए । पार्किङको शुल्क उठाउने देखी सुरु भएको गुण्डागर्दि बालुवा, ईटा र ढुङगाको ठेकेदारी हुदै जग्गा कारोबारसम्म लहरो तानिएको छ । टोलमा मोटरसाईकल पार्किङको पैसा उठाउने गुण्डा अहिले शहरको नामी गुण्डा भएको छ । तिनै गुण्डाहरु बिचको दम्भले गोली हान्नेसम्मका स्थिती सिर्जना गर्दै आएको छ ।
अन्तिम पटक केन्दि्रय कारागारमा रहेका कैदी गुण्डा चक्रे मिलनले २०६७ फागुनमा कारागारबाट नै सञ्जि ओली नामका ब्यक्तिलाई खुकुरी हान्न लगाएका थिए । धापासीमा हाउजिङ निर्माणस्थलमा रहेको एकजाभेटरमा २ करोड माग गर्दै आगो लगाइदिएपछि मिलनको समुहले ओलीलाई नयाँ बानेश्वरमा खुकुरी हानेर गंभिर घाइते बनाएको थियो । त्यसअघि २०६४ सालमा दरबारमार्ग पनि गुण्डा समुह बिच गोली हानाहान भयो । दरबारमार्गमा त्यो ताका कुमार घैंटेको समुह सक्रिय थियो । तर काभ्रेको गणेश लामा समुहले दबदबा बढाएपछि कुमार घैटे समुहले दुस्मनी साँध्न दावा लामालाई गोली हाने ।
प्रहरीका अनुसार २०५५ साल देखी यि टोले गुण्डाहरु अलि संठित भएर अपराधकर्म तर्फ उन्मुख भएका हुन् । यिनीहरुलाई अपराधकर्म तर्फ राजु गोर्खाली नामका ब्यक्तिले गराएका थिए । जनआन्दोलन २०६२/०६३ पछि गुण्डाहरु झन बलियो हुदै आएको प्रहरी अधिकारीहरुको निष्कर्ष छ । राजनैतिक दलले ब्यक्तिगत र राजनैतिक स्वार्थपुर्तिका निम्ती अपराधिक मनोबृती भएका ब्यक्तिहरुलाई पार्टीका कार्यकर्ता बनाएर संरक्षण दिएपछि गुण्डाहरु अझ बलियो बनेको प्रहरीको भनाई छ ।