काठमाडौं- भारी वर्षाका कारण उपत्यका बाहिरी जिल्लामा तरकारी उत्पदानमा कठिनाई आएपछि राजधानीमा तरकारीको मुल्य बढेको छ । कालीमाटी फलफुल तथा तरकारी बजार बिकास समितीका अनुसार वर्षाले तरकारी उत्पादनमा क्षती र टिप्न समस्या भएकाले तरकारीको भाउ बढेको छ । राजधानीमा एक साता अघिको तुलनामा अधिकास तरकारीको होलसेल मुल्य बढेको छ । एक साता अघि किलोको १ सय ५० रुपैया (होलसेल मुल्य) पर्ने च्याउ बढेर २ सय रुपैया पुगेको छ ।
यसैगरी, गोलभेडा, काउली, बोडी, मटर कोशा, घिउसिमी, तिते करेला, लौका, भिण्डी, हरियो प्याज, धनिया, मुला, घिरौला, फर्सी लगायत तरकारीको होलसेल मुल्य बढेको छ । साता अघि किलोको ३५ रुपैया (होलसेल मुल्य) पर्ने स्थानिय काउली बढेर ५१ रुपैया पुगेको छ । किलोको २४ रुपैया पर्ने बोडी बढेर ४४ रुपैया पर्छ । किलोको ५२ रुपैया पर्ने मटरकोशा ८१ रुपैयामा पुगेको छ । त्यस्तै, किलोको २५ रुपैया पर्ने घिउसिमी बढेर ३२ रुपैया पर्छ ।
राजधानीको करिब ७० प्रतिशत मागलाई पुरा गर्ने कालीमाटी तरकारी बजारमा अहिले दैनिक साढे ६ सय देखी ७ सय टन तरकारी भित्रिन्छ । वर्षाले गर्दा तरकारी बजारमा केही समस्या देखिएपनि अहिले खासै अभावको स्थिती नभएको समितिका वरिष्ठ योजना अधिकृत विनय श्रेष्ठ बताउछन् । उनका अनुसार तरकारी बढी अभाव हुने सिजन असार, साउन र भदौ महिनामा हो । ‘त्यस बेला दैनिक साढे ४ सय देखी ५ सय टन मात्र तरकारी आयत गर्न सकिन्छ,’ उनले भने ।
समितीका अनुसार ५५ रुपैया पर्ने हरियो धनीयामा ७० रुपैया बढेर किलोको १ सय १४ रुपैया पर्छ । यस्तै, किलोको ३८ रुपैया पर्ने ब्रोकाउली बढेर ४४ रुपैया पुगेको छ । प्रति किलो २६ रुपैया पर्ने हरियो प्याज बढेर ३५ रुपैया पुगेको छ ।
त्यस्तै,किलोको १९ रुपैया पर्ने भिण्डी २९ रुपैया पर्छ । किलोको ३२ रुपैया पर्ने सलगम अहिले किन्दा ४० रुपैया खर्चिनु पर्छ । किलोको १६ रुपैया पर्ने लौका ८ रुपैया बढेर २५ रुपैया पूगेको तरकारी बजारले जनाएको छ ।
धादिङ, काभे्र मकवानपुर, लगायत जिल्लामा भएको भारी वर्षाले तरकारी टिप्न नसक्दा केही तरकारीको मुल्य बढेको तरकारी तथा फलफुल थोक व्यवसायी संस्थाका अध्यक्ष भरत खतिवडाले बताए । ‘लोकल उत्पादीत गोलभेडाको मुल्य सस्तो छ,’ उनले भने । चितवनमा तरकारीको सिजन अफ भएकाले पनि राजधानीमा केही अभाव देखिएको उनले बताए ।
त्यसैगरी, प्रति किलो १७ रुपैया पर्ने भन्टा बढेर २४ रुपैया पूगेको छ । किलोको १६ रुपैया पर्ने तिते करेला ९ रुपैया बढेर २५ रुपैयामा किन्नुपर्छ । किलोको २७ रुपैया पर्ने घिरौला बढेर ३० रुपैया पुगेको तथ्याङकमा उल्लेख छ ।
राजधनीमा धादिङ, काभे्र, मकवानपुर, चितवन, सलार्ही, रैतहट लगायत जिल्लाबाट तरकारी भित्रिन्छ । स्थानीय उत्पादनले मात्र तरकारीको माग पूरा गर्न नसक्दा केही समयता भारत, भुटान चिनबाट समेत तरकारी आयत भएको छ ।