Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025
Rana Bahadur Bam_20120531070318काठमाडौं- सर्वोच्च अदालतका न्यायाधिस रणबहादुर बमको हत्या भएको शनिबार एक बर्ष पूरा हुँदैछ । ललितपुरको बंगलामुखी मन्दिर दर्शनबाट र्फकदा गतवर्ष जेठ १८ मा युएनपार्कमा मोटरसाइकलमा आएका हतियारधारीले उनको हत्या गरेका थिए । प्रहरीले हत्याको उच्चस्तरको अनुसन्धान गरेपनि कारण र दोषी पत्ता लगाउन सकेको छैन ।
अब हत्याराको पहिचान हुने सम्भावना पनि न्यून रहेको प्रहरी अधिकारीहरु बताउछन् । ‘कुनै अर्को अपराधको अनुसन्धान गर्दै जाँदा झुक्किएर बम न्यायाधिसको हत्यारा पत्ता लागे मात्रै हो’ त्यतिबेला अनुसन्धान रहेका एक बरिष्ठ प्रहरी अधिकृतले भने ‘चमत्कार नभए पत्ता लगाउन गाह्रो छ, हत्या गर्ने समुहका सदस्य बिच फाटो आयो भने पनि प्रहरीले त्यसको फाइदा उठाउन सक्छ ।’
घटना लगत्तै हालका प्रहरी महानिरीक्षक कुबेरसिंह रानाको संयोजनमा उच्चस्तरीय छानविन समिति बनाइएको थियो । समितिले राना आयुक्तको कार्यालयबाट महानिरीक्षक भएर मुख्यालय नगएसम्म ३ महिना आयुक्तको कार्यालयमा कार्यालय नै खडा गरि काम गरेको थियो । तर राना मुख्यालय गएपछि अन्य अनुसन्धान टिम पनि छिन्न भिन्न भयो । ‘समितिका संयोजक नरहेपछि अरु टिम पनि आ-आफ्नै काममा फर्कियो’ ति अधिकृतले भने ‘त्यसपछि त्यो मुद्दामा कसैले हात हालेको छैन ।’ केन्दि्रय अनुसन्धान ब्युरोले बीचमा केही अनुसन्धान गरेको भएपनि त्यसबाट कुनै नतिजामा निस्किएन ।
समितीमा राना सहित केन्दि्रय अनुसन्धान ब्युरो प्रमुख डिआइजी उपेन्द्रकान्त अर्याल, महानगरीय प्रहरी अपराध महाशाखाका तत्कालिन प्रमुख एसएसपी देबेन्द्र सुवेदी, प्रतिआतंकवाद निर्देशनालयका प्रमुख एसएसपी सुबोध घिमिरे र ललितपुर प्रहरी प्रमुख एसएसपी राजेन्द्रमान श्रेष्ठ थिए । ति बाहेक ५० प्रहरीले भिन्न भिन्न टिममा बसेर काम गरेका थिए । तर पनि हाता केहि लागेन ।
त्यसताका प्रहरीले नेपाल टेलिकम, एनसेलका ३० हजार मोबाइलको एसएमएस बिबरण हेरेको थियो । सय भन्दा बढिसंग सोधपुछ गर्दा समेत प्रहरीले हत्यारासम्म पुग्ने सानो भन्दा सानो सुराक पनि मिलेन । उच्च तहका अधिकृत नै अनुसन्धानमा संलग्न भएको गंभिर घटनामा हत्यारा पत्ता नलाग्नुले सिंगो संगठनको अनुसन्धान क्षमता माथि प्रश्न चिन्ह उठेको छ । ‘प्रहरीमा यो भन्दा राम्रो अनुसन्धान टिम र ब्यक्ति कमै होलान्, धेरै आश र भर गरिएका अधिकृतहरु खटिएका थिए’ मुख्यालयका एक प्रहरी अधिकृतले भने ‘त्यहि टिम असफल हुनुले संगठनले अपराध अनुसन्धानलाई प्राथमिकतामा नराखेको स्पष्ट हुन्छ ।’ हत्या हुने संभाबित कारण औल्याएर धेरै पक्षमाथी अनुसन्धान गरेको बताएपनि हत्यारा को हो र किन हत्या गरियो भन्ने खुल्न नसकेको प्रहरीहरु बताउँछन् ।
प्रहरीले घटना लगत्तै न्यायधिस बम माथी गोली प्रहार भएको मोटरसाईकलको अनुसन्धान गरेको थियो । हत्याराले चढेको मोटरसाईकल बानेश्वरमा बेवारिसे अवश्थामा भेटियो । मोटरसाईकलको धनी पत्ता लगाउँदै जादाँ फेला परे । तर उनको मोटरसाईकल चोरी भएको रिर्पोट प्रहरीमा घटना अघि नै पुगिसकेपछि प्रहरीको अनुसन्धानमा बलियो सुराक मानिएको मोटरसाईकल त्यसै तुहियो । नक्कली नम्बर र चोरीको मोटरसाइकल प्रयोग हुँदा अनुसन्धानमा तथ्य खुल्न सक्ने अनुमान गरिएको यो पाटो निकै कमजोर भयो ।
प्रहरीको अपराध अनुसन्धान धेरैजसो मोबाइलकै आधारमा हुने गर्छ । पिडीत पक्षको मोबाइलका आधारमा प्रहरीले अर्को पाटो पत्ता लगाउने गरेको थियो । बम हत्या प्रकरण्ामा पनि गोली प्रहारकर्ताको कानमा हेल्मेटभित्रबाट मोबाइल राखी कुरा गरेको देखेको भन्ने सुरक्षा गार्डको बयानका आधारमा अनुसन्धान गरिएपनि अपराधीलाई पत्ता लगाउने भरपर्दो सुराक मिलेन ।
घटना लगत्तै प्रहरीले शंकाको सुई न्यायधिस बमका सवारी चालक तर्फ तेस्र्यायो । गाडीमा सवार बमका ब्यक्तिगत सुरक्षा अधिकृत र साथीलाई गोली लाग्दा पनि चालक भने सुरक्षित थिए । प्रहरीले त्यो संयोग माथी शंका गर्दै चालकलाई केहि दिन थुनामा राखेर सोधपुछ गरेको थियो । तर उनको मोबाइल नम्बरसंग सम्बन्धीत ब्यक्ति र कहि कतै नजोडिएपछि उनलाई तारेखमा छाडिएको थियो । त्यसमाथी अस्पतालमा उपचार गराईरहेका बमका सुरक्षा अधिकृत महेश गिरीले समेत सवारी चालकलाई अर्कै बाटो जाउँ भन्दा भन्दै अर्कै बाटोबाट लगेको बयान दिएपछि चालक माथी थप शंका गरिएको थियो ।
अनुसन्धान गर्ने क्रममा प्रहरीले न्यायधिस बमले पछिल्ला समयमा गरेका निर्णय अध्ययन गरेको थियो । हत्या हुनु दुई बर्ष अघि देखी बेञ्चमा नबसेका न्यायधिसले पुनरावेदन अदालत पाटन र सर्वोच्चमा गरेका निर्णयको अध्ययनले समेत शंका गर्ने आधार देखाएन । प्रहरीले न्यायधिस बमको पुर्व पत्निका बिषयमा समेत गंभिर अनुसन्धान गरेको बताएको छ । उनकी जेठी श्रीमती र त्यसतर्फ एउटा छोरा समेत भएको जानकारी प्रहरीले धेरै पछि थाहा पाएको थियो । अदालतमा सन्तानलाई नागरिकता दिलाउने र अंश मुद्धा समेत परेको थियो । यस बिषयमा समेत प्रहरीले अनुसन्धान अघि बढाएको भएपनि केहि हाता लागेन ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया