Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025
lokman singh karkiकाठमाडौं – लोकमानसिंह कार्कीलाई अख्तियारमा गरिएको नियुक्ति बदर गरिपाउँ भन्दै परेको रिट सुनुवाइ नभई सरेको छ । रिटले मागेअनुसार अन्तरिम आदेश दिनुपर्ने/नपर्ने भन्नेबारे दुवै पक्षलाई छलफल गर्न आइतबार अदालत बोलाएको भए पनि समय अभावले मुद्दाको सुनुवाइ हुन सकेन ।
न्यायाधीश वैद्यनाथ उपाध्याय र ज्ञानेन्द्रबहादुर कार्कीको इजलासमा उक्त रिट सातौं नम्बरमा पेसी चढेको थियो । तर तेस्रो रिट हेर्दैमा समय सकिएपछि सुनुवाइ हुन नसकेको हो । सर्वोच्चले २१ गतेका लागि यसको पेसी तोकेको छ ।
कार्की नियुक्त हुनुअघि दर्ता प्रयास गरिएको उक्त रिट उनी अख्तियारमा पुगेको पनि निकै पछि वैशाख अन्तिम साता दर्ता भएको थियो । त्यसमाथि पहिलो सुनुवाइ गर्दै न्यायाधीश रामकुमारप्रसाद शाहले १२ गतेका लागि दुवै पक्षलाई अदालतमा आउन आदेश दिएका थिए । शाहको इजलासले विपक्षीलाई लोकमान नियुक्त गर्न पर्नाको कारण लिखित रूपमा पेस गर्न पनि आदेश गरेको थियो । आदेशअनुसार आइतबार अख्तियारले जवाफ पठाएको थियो । जवाफमा अख्तियारले आफ्ना प्रमुख आयुक्त लोकमान संविधान र कानुनबमोजिम योग्य भएको उल्लेख गरेको छ ।
‘संविधानको धारा ११९(५) को खण्ड (ङ) अनुसार आयोगको प्रमुख आयुक्त वा आयुक्तमा नियुक्ति हुने व्यक्ति उच्च नैतिक चरित्र कायम भएको हुनुपर्ने भनी उल्लेख भएकोमा नवनियुक्त प्रमुख आयुक्तज्यू विद्यमान संविधान र नेपाल कानुन अनुरूपको चरित्र नभएको भनी कुनै पनि न्यायिक निकायबाट ठहर भएको छैन । उच्च नैतिक चरित्र कायम नरहेको भनी निवेदकले वस्तुनिष्ठ आधार प्रमाण दिन सक्ने अवस्था नभएको र व्यक्तिगत जीवन र सामाजिक प्रतिष्ठामा आँच पुर्‍याउने बदनियत राखी दायर गरेको रिट निवेदन खारेज भागी छ,’ अख्तियारका सचिव गणेशराज जोशीले पठाएको जवाफमा भनिएको छ ।
लोकमानलाई अख्तियारले भविष्यमा सरकारी सेवामा अयोग्य भनेकाले उनको नियुक्ति बदर गर्नुपर्ने निवेदकको जिकिर छ ।
अख्तियारले भने कार्कीविरुद्ध कुनै निर्णय नभएको जिकिर गरेको छ । ‘तत्कालीन मुख्य सचिव एवं हालका प्रमुख आयुक्तको विषयमा आयोगले प्रतिकूल हुनेगरी कुनै कारबाही गर्ने गरी निर्णय नगरेको र त्यस विषयमा यस आयोगबाट केही गरिरहनु नपर्ने भनी स्पष्ट निर्णय भएको’ अख्तियारको लिखित जवाफमा उल्लेख छ ।
जनआन्दोलनको दोषी भन्दै रायमाझी आयोगले आफ्नो प्रतिवेदन अख्तियारलाई दिएर छानबिन गर्नसमेत भनेको थियो । आफ्नै निर्णयलाई ढाकछोप गर्दै अहिले भने अख्तियारले कार्कीविरुद्ध कुनै निर्णय नै नभएको जवाफ पठाएको हो । ‘यस आयोगको प्रमुख आयुक्त पदमा नियुक्त हुन उहाँ योग्य रहनु भएको र नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषद् तथा नियुक्त गर्ने राष्ट्रपतिबाट संविधान र कानुनबमोजिमका प्रावधानहरू हेरी जाँची सिफारिस तथा नियुक्त गरेको हुँदा आधारहीन रिट खारेज गरी पाऊँ’ लिखित जवाफमा उल्लेख छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया