शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
टोकियो-नेपाल जापान युथ क्लवले विगतका वर्षहरुमा झैं यस वर्षपनि गोल्डेन वीकको आगमन सँगसँगै आफनो वार्वेक्यू पार्टी कार्यक्रमलार्इ निरन्तरता दिएको छ । टोकियोको रमणीय ठाउँ खासाई रिन्कार्इ पार्कमा भएको उक्त कार्यक्रममा जापानवासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । विहानको ११ बजेदेखि शुरु भएको कार्यक्रममा मौसमले पनि उत्तिकै साथ दिएको थियो । जापानको व्यस्त दैनिकीको वावजुत पनि उक्त दिन समय निकालेर कार्यक्रममा आएका नेपालीहरुले पार्कको वीचमा नेपाली झण्डा फहराउँदै विभिन्न नेपाली लोक गीत तथा पप गीतहरुको साथमा वार्वेक्यू पार्टी खाए, नाचे अनि रमाए ।
कार्यक्रममा वाटरमिलन फोर्ने (जसलाई नेपालमा घैंटो फोर्ने खेलसँग तुलना गर्न सकिन्छ) र विङगो खेलको आयोजना गरिएको थियो । वाटरमिलन फोर्ने खेलमा सोनु लामा विजयी भएकी थिइन । जसमा प्रथम पुरस्कार ५ हजार येन राखिएको थियो । त्यसैगरी विङगो खेलमा जापानिज सहभागीले जितेर बीस हजार येन हात पार्न सफल भएका थिए । त्यसो त दुवै विजयी खेलाडीलाई आयोजकको तर्फाबाट आगामी मे महिनाको ५ तारिकमा हुने हिमालयन साँझ कार्यक्रमको भीआइपी टिकट पनि प्रदान गरिएको थियो ।
कार्यक्रममा एनआरएन जापानका अध्यक्ष ओम गुरूङ, तमु धिं जापानका अध्यक्ष हर्क गुरूङ, नमस्ते व्यान्डका संस्थापक र्इश्वर गुरूङ र नेपालबाट जापान आउनु भएका ख्यातिप्राप्त गायक राजेश पायल रार्इको पनि उपस्थिति रहेको थियो ।
IMG_0806 IMG_0807 IMG_0808 IMG_0809 IMG_0810 IMG_0811

तपाईको प्रतिक्रिया