Deneme Bonusu Veren Siteler
शनिबार, पौष १३, २०८१
Saturday, December 28, 2024
प्रमुख चार राजनीति कदलका नेताहरुको चरित्रका कारण संविधान सभा विघटन भएका थिए । खासगरी एमाओवादीका अध्यक्ष प्रचण्ड र मधेशवादी दलका नेता विजयकुमार गच्छेधारका कारण संविधासभा विघटन भएका थिए ।
स्वर्गीय गिरिजाप्रसाद कोइरालको निधन पछि राष्ट्रिय नेताको भूमिका खेल्ने राजनीतिक दलहरुमध्ये एउटा पनि नदेखिएकै कारण मुलुकमा द्वन्द्व सिर्जना हुँदै आएको छ । एउटाको कुरा अर्कोले नमान्ने, आफुले जे भन्ने त्यही मान्नु पर्ने अहमता र चरित्रका कारण जनआन्दोलनका उपलब्धीहरु त्यतिकै खेर हुँदै गएका छन् । राष्ट्रप्रमुखको हैसियतले राष्ट्रपति रामवरण यादवले पटक पटक दलका नेताहलाई अहमता त्याग्न आग्रह गर्दै आएका थिए ।
तर अहमताकै कारण अन्त्यमा गएर संविधान सभा विघटन भएको थियो । संविधान सभा विघटनको करिब ९ महिना पछि नयाँ सरकार गठन भयो । स्वर्गीय गिरिजाप्रसाद कोइरालाले एमाओवादीका अध्यक्ष प्रचण्डलाई अब राष्ट्रको सम्पूर्ण जिम्मेवारी तिम्रो काँधमा आएको छ । जिम्मेवारी निभाउनु होला भनेर स्वर्गीय गिरिजाप्रसाद कोइरालाले प्रचण्डलाई  भनेर गएको थियो । तर एसियाकै सबैभन्दा दुर्त व्यक्तिको रुपमा प्रचण्ड चिनिनु भएको छ । आप्mना पार्टी र कार्यकर्ता भन्दा बाहिर नआएकै कारण प्रचण्ड विस्तारै असफल हुँदै गएको छ । प्रचण्डमा राष्ट्रिय नेताको खुवी छ तर खुवीलाई परिचालन गर्न सक्नु भएन ।
prachanda
राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रबाट प्रचण्डलाई सहयोग भइरहेको छ । आदरणीय नेता प्रचण्ड ज्यूले माओवादीको विल्ला नत्यागेसम्म राष्ट्रिय नेता हुन नसक्ने मेरो भनाई रहेको छ । स्वर्गीय गिरिजाप्रसाद कोइरालापछि राष्ट्रिय गुण भएका व्यक्तित्व प्रचण्ड नै हो । त्यसका लागि हरेक क्षेत्रबाट त्याग गरेर राष्ट्रिय नेता बन्न मेरो आग्रह छ । चीनको निमन्त्रणामा चीन पुगेको प्रचण्ड ज्यूले माओवादी पार्टीको मुद्दा छोडेर राष्ट्रियताको मुद्दा लिएर जानु पर्ने थियो । तर त्यो गर्न सक्नुभएन । आदरणीय हाम्रा नेता प्रचण्ड ज्यू हिजो भारत जानुभयो ।
सबै मुद्दालाई छोडेर आगामी निर्वाचन र आर्थिक सहयोगको विषयमा उठाउनु हुन्छ भन्ने मलाई विश्वास लागेको छ ।  चीन भ्रमण लगत्तै प्रचण्ड ज्यू भारत भ्रमण जानुभयो । भारतीय नेताहरुसँग माओवादीको विल्ला छोडेर राष्ट्रियताको हितमा सहमति गरेर आउनुहुनेछ भन्ने मलाई विश्वास लागेको छ । आगामी निर्वाचनमा एमाओवादी तेस्रो पार्टी भएपनि स्वर्गीय गिरिजाप्रसादको पथमा हिडेको खण्डमा राष्ट्रिय नेता प्रचण्ड नै हुनेछ भन्ने मलाई विश्वास छ । प्रचण्ड ज्यूले आफुले बोलेको बोली र व्यवहारमा परिवर्तन ल्याए राष्ट्रिय नेता नै हुनेछ ।
विगतको क्रियाकलाप त्याग गरेर राष्ट्रिय नेताको अवसर गुमाउनु हुन्न भन्ने मलाई विश्वास छ । त्यसैगरी स्वर्गीय गिरिजा प्रसाद कोइरालाको स्वर्गारोहरण पछि नेपाली काँग्रेस कमजोर हुँदै गएको छ । कोइराला परिवारको अन्त्य सँगै पार्टी पनि कमजोर हुँदै गएको छ । नेपाली काँग्रेसका सभापति सुशिल कोइराला त्यागी नेता भएपनि पार्टीलाई विस्तार गर्न कमजोर देखिएका छन् । आगामी निर्वाचनमा कोइरालाले थन्कीएर बसेका युवा वर्गलाई परिचालन नगरे नेपाली काँग्रेस पार्टी आगामी निर्वाचनमा चौथो स्थानमा पुग्नेछ ।
त्यसकारण कोइरालाले वर्षौदेखि हार्दै आएका पुराना बुढाहरुलाई टिकट दिनबाट रोक्नु पर्दछ । नयाँ पिढीलाई परिचालन गरेमात्र नेपालको पहिलो पार्टीको रुपमा स्थापित हुने मेरो विश्वास रहेको छ । कोइराला र देउवा ब्राण्डलाई एउटै ब्रण्ड बनाएर निर्वाचनका लागि प्रत्येक जिल्ला र गाउँ गाउँमा होमिनु पर्दछ ।
तपाईको प्रतिक्रिया