भद्रपुर नगरपालिका ११ बिकासनगरमा बुवा मिनप्रसाद दाहाल र आमा कृतिकादेवि दाहालका आठौ सन्तान मध्येका सातौ सन्तान हुन विश्व साइकल यात्री सौरब दाहाल । उनले १६ वर्षको कलिलो उमेरमा नै नेपाललाई गौतम बुद्दको देश, सगरमाथाको देश भनेर संसारभर चिनाउन अनि नेपाललाइ सुन्दर देशको रुपमा संसारभर प्रचार गरी नेपालमा संसारभरीका पर्यटक भित्र्याउन आफ्नो अभियान सन् २००७ मा शुरू गरेका हुन् ।
भलै उसको आधिकारिक रुपमा विश्व साइकल यात्रा सन् २०१० मा सिङ्गापुरबाट भएको हो । उनले आफ्नो यो अभियानको क्रममा ५९ देशमा अहिलेसम्म नेपालको बारेमा प्रचारप्रसार गरिसकेका छन भने उनको यात्रा अझै जारी छ । अहिले यतिखेर उनी फिनल्याण्ड जाने तयारीमा छन् ।
वास्तबमै विश्व साइकल यात्रा त्यत्ति सजिलो थिएन उनको लागि अनि छैन अझै पनि । उनले नेपालमा यात्रा शुरू गरेबाट नै हन्डर खान थलेका हुन् तर उनले कहिलै उनको साहसलाइ कम हुन दिएनन, झन झन दरिलो बन्दै गए उनी । उनले आजसम्म कहिलै पनि उनको सामु आएका बाधा अडचनहरुलाइ उनिमाथि अधिकार जमाउन दिएनन् । उनले नै ती बाधा अडचनहरुमाथि आजसम्म आफ्नो हैकम जमाउन सफल भएका छन र यस्तै होस पनि उनको विश्वसाइकल यात्रा भर अनि जीवनभर । उनले उनको विश्व साइकल यात्राको क्रममा के के भोगे त जुन म चर्चा गर्न गइरहेको छु ।
उनले जब उनको यात्रा शुरू गरे पहिलो चरणमा नै नेपालमै तत्कालीन नेपाली सरकारले माओवादीको जासुसीको नाममा ३ महिनासम्म उनलाई चरम यातना दिंदै केही समय कैद पनि गरे । त्यसैगरी सन् २०१० मा पाकिस्तानमा ३ दिन उनलाई भारतिय जासुसिको नाममा निगरानिमा राखे अनि १ दिन त उनलाइ खाना खान पनि दिएनन् गाली मात्र गरिरहे । यी दुई पटक नै उनले पूनर्जीवन पाएको उनि स्मरण गर्छन् किनकि उनलाइ कुनै आशा थिएन उनीहरूले ज्यूँदै छाड्छन् भनेर तसर्थ उनले यी दुइ पटक आफ्नो परिवार नाता गोता साथीभाइलाई धेरै सम्झेको बताउछन् ।उनले आफ्नो यात्राको क्रममा धेरै दिन भोकभोकै बिताएका छन् । चीनमा भाषिक समस्याका कारण, मलेसियाबाट थाइलाण्ड जाँदा पैसा नभएर १३ दिन सम्म २ बिर्को पानि अनि जङ्गलमा काँचो दारिमको फुल चपाउदै हिडे उनी । उनी यात्राको क्रममा थुप्रै ठाउँहरुमा लुटिएका पनि छन् जसमध्ये सबै भन्दा
बिदारक घटना सम्झिन्छन् उनी जर्मनीको । जर्मनिमा उनका सबै कागजात, साइकल्, क्यामेरा, ल्यापटप चोरी हुँदा किनकी उनीसँग त्यो बेला कुनै आधार नै बाँकी थिएन विश्व साइकल यात्रीको । तथापि उनले बिबिध कठिनाइका बाबजुद पनि दिलो ज्यान दिएर यात्रा गरिरहेका छन नेपाललाइ संसारभर सुन्दर देशको रुपमा चिनाउन अनि नेपालमा संसारभरका पर्यटकलाइ भित्र्याउनका लागि ।
उनले यात्राको क्रममा युरोपियन युनियनको हेड अफिसमा गौतम बुद्दको अनि लुम्बिनिको तस्वीर राख्न सफल भएका छन । उनले यात्राक क्रममा पुगेका राष्ट्रहरूको उच्च निकायमा त्यहाँका संचार माध्यमहरुमा गौतम बुद्द नेपालमा जन्मेको हो । नेपाल गौतम बुद्दको देश हो, नेपाल सगरमाथाको देश हो भन्ने कुरालाई सम्प्रेसण गरेका छन् । जसलाइ उनी आफ्नो अहिलेसम्मको उपलब्धीको रुपमा लिन्छन् । यी कुरालाइ सन्सारभर
पुर्याउने उनको एक लक्ष हो । नेपालको प्रचार प्रसारको लागि आम्स्ट्रड्ममा उनले २ दिन सम्म त्यहाँको सरकारको स्विकृतिमा स्टल नै सन्चालन गरेका थिए । जसबाट उनले करीव ३ लाख आमस्ट्रडम वासीलाई नेपालको बरेमा प्रचार गर्न सफल भएका थिए ।
विश्व साइकल यात्री सौरब दाहाल उनलाइ उनको यात्रामा सहयोग गर्ने, उनलाइ माया गर्ने, उनलाइ मन पराउने सबै केटी साथीहरूलाई उनी आफ्नो प्रेमिकाका रुपमा लिन्छन र उनी विश्वास्त पनि छन उनीहरू मध्ये एक सँगै भविष्यमा उनको लगन गाँठो गाँसिनेछ । उनी नेपाल अनि नेपाल बाहिर बस्ने नेपालीलाई नेपालको माया गर्न अनि नेपालप्रति बफादार हुन अनुरोध गर्छन। बिदेशमा बस्ने नेपालीलाई बिदेशमा
सिकेको ज्ञान सीप अनि धन सम्पत्ति नेपालमा लगानी गर्न अनुरोध पनि गर्छन ।
सौरब जीसँग मेरो भेट हुँदा उनी बेलायतको गोर्खा ब्यारेक्समा बसेका थिए । उनी भन्छन् गोर्खाली सिपाहीहरूसँगको बसाइ बडो आनन्ददायी अनि अविस्मरणीय रह्यो । उनि गोर्खालीहरूको रहन सहन बसाइ अनि नेपालप्रतिको झुकाब देखेर गोर्खालीहरूबाट प्रभाबित भएका थिए । उनले बेलायतमा ६ महिनाको अवधिमा बेलायतका थुप्रै भुभागहरु (स्कटल्याण्ड, वेल्श्, इङ्ल्याण्ड, नर्देन आयर्ल्यान्ड्) मा भ्रमण गर्नुका साथै त्यहाँका स्थानीय संचार माध्यमहरु अनि स्थानीय बासिन्दाहरुको माझ गौतम बुद्द नेपालमा जन्मेको कुरालाई जानकार गराएका थिए । उनले लन्डनका मेयरलाई भेटेर आफ्नो यात्राको मुल सन्देश बताएका थिए ।
वास्तबमै सौरब दाहाल हामी सबैको गौरब हो, जसले भोक प्यास, थकान, परिवार केहि नभनि देशको लागि आफ्नो जीवन समर्पण गरेका छन् । उनलाइ कुनै लोभ लालच छैन । आफुलाइ आएको सहयोगबाट उनले नेपालमा अनाथ केटाकेटिहरुलाई पनि सहयोग गर्दै आएका छन् । सौरब दाहाल विश्व साइकल यात्री मात्र नभएर एक विशाल सङ्ग्राहलय पनि हो, जसबाट हामीले जीवनके यथार्थता बुझन सक्छौ । राष्ट्र अनि राष्ट्रियताको पाठ सिक्न सक्छौ, कर्तब्यपरायणता सिक्न सक्छौ, मानबता जान्न सक्छौ । उनी जस्तो सुकै पर्खाल अघि आए पनि नाघेर जान तयार छन् । आफ्नो गन्तब्य पुग्नको लागि जुन आज आफ्नो गन्तब्यको अघिल्तिर साना पर्खाल आउँदा हतोत्साही भएर आफ्नो धर्म नै भुलेर प्रधान न्यायाधीसलाई चुनावी सरकारको लिडर बनाउने नेताहरुको लागि दरिलो झापड पनि हो । अन्तत विश्व साइकल यात्री सौरब दाहालको यात्रा सफल होस् अनि
सम्पुर्ण नेपाल र नेपालीको साथ सदैब रहिरहोस उनलाई । सफलताको शुभकामना ।
– वेम्लि ,यु. के.