Deneme Bonusu Veren Siteler
शनिबार, पौष १३, २०८१
Saturday, December 28, 2024

Anuj thapaभनिन्छ शिक्षा जीवनको ज्योति हो, जसले  जीवनको अँध्यारोहरूलाई उज्यालोमा परिणत गर्न सहयोग गर्छ । विभिन्न देशहरुबाट अर्को देशमा गई अध्यन गर्ने क्रम पछिल्लो समयमा उल्लेख्य वृद्धि भएको पाइन्छ । यसबाट हाम्रो देश पनि अछुतो रहने कुरै भएन ।
नेपाल बाट बैदेशिक अध्ययनमा जाने प्रमुख राष्ट्रहरुमा बेलायत, अष्ट्रेलिया, अमेरिका  जस्ता मुलुकहरु अग्र स्थानमा रहँदै आएको छ । बिगत केहि वर्ष देखि जापान पनि ती राष्ट्रहरुको हाराहारीमै उभिएको छ । यसरी जापान पनि बैदेशिक अध्यनमा अगाडि आउनुमा विभिन्न कारणहरु छन् ।  प्रमुख कारणको रुपमा जापानमा पनि उच्च शिक्षा  हासिल गर्न सकिन्छ भन्ने कुराको जानकारी बिस्तारै नेपाली समुदायमा हुँदै जानु र जापान आर्थिक समृधिशाली मुलुकको  रुपमा बिश्वमै तेस्रो स्थानमा उभिनु रहेको छ । सहायक कारणको रुपमा बेलायत, अमेरिका, अष्ट्रेलिया  जस्ता  देशहरुमा जानको लागि अनुमतिको कडाई, गएपछि बिद्यार्थीहरुले काम गर्न नपाउनु रहेको छ । त्यसैले पनि जापान अध्यनमा आउने बिधार्थीको संख्या दिनानुदिन बढ्दो छ । संख्या बढ्नुको साथ-साथै समस्या पनि बिकराल रुपमा अगाडि आएको छ । जापानमा आउने बिधार्थीहरुको प्रमुख समस्या भनेको उनीहरुमा जापानी भाषाको ज्ञान नहुनु र जापानमा आएपछि काम नपाउनु रहेको छ |
आखिर किन आइरहेको छ त यो समस्या ?
प्रमुख रुपमा निम्न कारणहरु रहेका पाइन्छन् ।
१.    बिधार्थीहरुमा जापानी भाषाको ज्ञान अत्यन्त काम हुनु  साथ-साथै जापा को नियम कानुनको बारेमा साधारण भन्दा साधारण जानकारी  नराख्नु ।
२.    नेपालमा उनीहरुले परामर्श लिने भाषा स्कूलहरुको गुलियो वचनहरूको अन्ध रुपमा विश्वास गर्नु ।
३.    नेपालमा रहेका भाषा स्कुलहरुले पनि मीठामीठा सपना मात्र देखाएर यथार्थ नबताउनु ।
यो रुपले दिनप्रतिदिन बिकराल रुप लिदालिंदै पनि आज पनि जापानी भाषा स्कूलका संचालकहरुमा अलिकति पनि चिन्ता छाएको पाइदैन । उनीहरुको मनमा अहिले पनि विभिन्न आशा अनि सपना देखाएर मोटो कमिशन खाने कुराले डेरा जमाएको देखिन्छ । यो पंक्तिकारको धेय सबै जना त्यस्ता छन् भन्नु हैन तर अधिकांश  स्कूलहरु आजपनि  देश विदेशको पत्र-पत्रिकामा चहकिलो अक्षरमा सतप्रतिशत  भिषा मिल्ने , विभिन्न किसिमका छात्रवृदृीहरू दिलाइदिने जस्ता झुटा बिज्ञापनहरु गरी जाल फाल्न तम्सिएकै छन् । जापान जस्तो देशको भिषा  ती संचालकहरुको खल्तीमा  राख्ने छाप त पक्कै होइन शतप्रतिशत भिसा लाग्नलाई ? जबसम्म कुनै पनि देशको नियम कानुन अनुसार सम्पूर्ण प्रक्रिया पुग्दैन तबसम्म भिसा लाग्ने कुरै भएन । त्यो कुनै संचालकले चाहेर हुन्छ  न कुनै स्कुलको नामले गर्दा हुन्छ । त्यसैले बिधार्थीहरुले साँचो कुरा के हो भनेर आबेदन दिनुभन्दा पहिलेनै  राम्रोसँग बुझ्नु अत्यन्त जरुरी छ ।  आजकल स्कलरसीपको प्रलोभन देखाई पढ्नको लागि लाग्ने खर्च भन्दा निक्कै बढी लिने परिपाटी पनि देखिएको छ । साथ-साथै ६ महिना को शुल्क तिरेर पनि जापान ल्याउने गरेको पनि देखिन्छ । जापानमा आएपछि भाषाको ज्ञान नहुनाले काम खोज्नलाई कम्तिमा २-३ महिना लाग्ने र महिना मरेपछि मात्र तलब आउने भएकोले लगभग ४ महिना त्यतिकै सकिन्छ । ६ महिनाको मात्र शुल्क तिरेर आएकाहरुले ६ महिना पछि आफैले अध्ययन खर्च अनि बस्ने खर्च जुटाउनुपर्ने  भयकोले २ महिनाको  कमाईले उसलाई न धोति न टोपी को स्थिति हुन्छ ।  फलस्वारूप विधार्थीलाई पढ्ने त परको कुरा के खाने, कसरी बाँच्ने भन्ने कुराले हम्मे हम्मे परेको देखिन्छ | बाध्यता बश बिधार्थीहरु नियमले दिए भन्दा बढी काम गर्न थाल्छन् र कति त प्रहरीको फन्दामा परि आएको केहि समय नबित्दै देश फर्काइएका  छन् । जसको फलस्वारूप नेपाल पनि भिसाका लागि कडाई हुने मुलुकको सूचिमा गाभिन बाध्य भएको छ ।त्यसैले सस्तोको पछि नलागी यथार्थको खोजि गर्नुहुन सम्पूर्ण आउन चाहने बिधार्थीहरुलाई म व्यक्तिगत तर्फ बाट पनि आग्रह हर्दछु । यहाँनिर दोष संचालकहरुको मात्र नभई सम्बन्धित बिधार्थीहरुको पनि देखिन्छ । आफु जाने देश, स्कूल-कलेज, अनि त्यहाँको  रहनसहनको बारेमा अथार्थ जानकारी नलिकन शब्दमा देखाईएको  प्रलोभनहरुमा बिस्वाश गर्नुले नै शिक्षाको नाममा ठगि गर्नेहरुलाई बल पुगेको देखिन्छ| आजको कसैको सानो स्वार्थले गर्दा त्यसको मूल्य साँच्चिकै भबिस्यमा जापानमा अध्यन  गर्न आउन चाहने भाबी पुस्ताले तिर्नु पर्नेछ । त्यसकारण अस्वस्थ प्रतिस्पर्धा  अनि झुटो कुरा गरेर फाइदा खान भन्दा वास्तविकतामा रहेर आबश्यक भाषाको अध्यन नेपालमानै गराएर बिधार्थी पठाऊनमा लाग्नुमै सबैको भलाई देखिन्छ । सबै कुरा थाहा भै मानसिक रुपमा तयार भयर आयका बिधार्थीहरुले पढ्न पनि सक्छन र पछि गएर राष्ट्रको लागि योगदान गर्न सक्छन । अन्त्यमा शिक्षाको नाममा ठगि गर्दै युबाहरुको भबिष्य माथि खेलवाड नगरौ अनि युबाहरुलाई  पनि चरा जस्तो आफु हुँदाहुँदै लाटोकोसेरोहरुको पछि नलाग्न आग्रह गर्दछु ।

तपाईको प्रतिक्रिया