शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

fukuoka1फुकुओका- नेपाली नयाँ वर्ष २०७० सालको अवसर पारेर फुकुओकामा विगतका वर्षहरूदेखि आयोजना गरिंदै आएको “बैशाखी मेला” कार्यक्रम यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको जानाकारी प्राप्त भएको छ । फुकुओकामा क्रियाशील नेपाली समुदायको पुरानो सामाजिक संस्था फुकुओका नेपाल सोसाईटीले यस वर्ष पनि बैशाख १ (अप्रिल १४ तारिख) गतेको दिन फुकुओकामा रहेका बंगलादेशी समुदायसँग मिलेर संयुक्त रूपमा दोस्रो बैशाखी मेला २०१३ को आयोजना गरेको थियो । बिहान करीव १०:३० बजे फुकुओकाको तेन्जिन सेन्ट्रल पार्कबाट शुरू भएको उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा जापानका लागि नेपाली राजदूतावासका राजदूत डा.मदन कुमार भट्टराईको सहभागिता रहेको थियो । कार्यक्रमको शुरूवातमा नेपाली अनि वंगलादेशी भेषभुषा, नेपाली पन्चेबाजाका साथ नगर परिक्रमा गरी शुरू भएको थियो । नेपाली संस्कृति झल्कने अनि गौतम बुद्धको देश नेपाल भनि चिनाउने बिभिन्न किसिमका प्रश्तुतीहरू कार्यक्रममा राखिएको थियो ।

प्रमुख अतिथि राजदूत भट्टराइले दुई देशवीच रहिआएको पुरानो सम्बन्ध, जापान र जापानवासीले दिंदैआएको सहयोग र सद्भावनाको कदर गर्दै आऊँदा दिनहरूमा पनि दुई देशवीच सुमधुर सम्बन्ध रहिरहोस् भन्ने कामना गर्नु भएको थियो । यस अवसरमा नेपालका कला संस्कृति झल्कने बिभिन्न किसिमका नृत्य, संगीत, हास्यव्यङ्ग्य, नेपाली लोक दोहरीहरू प्रश्तुत गरिएको थियो । साथै नेपाली पप कन्सर्टले पनि दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो ।

मेलामा नेपाली तथा वंगलादेशी परिकारहरूको स्टल पनि रहेको थियो । मेलामा सहभागीहरूले नेपाली तथा वंगलादेशी परिकारहरूको स्वाद लिए, नाचे अनि रमाए । मेलामा भोलेन्टियर संस्थाहरू, व्यवसायिक कम्पनी अनि स्कूलहरूले पनि विभिन्न रूपमा सहभागीता जनाएको थियो । यस क्षेत्रमा बस्ने सबैजसो नेपालीहरूको सहभागीता रहेको थियो । त्यसो त जापानीज नागरिकहरूको पनि सहभागीता कम थिएन । करीव ४ हजार देखि ५ हजारसम्मको दर्शकहरू उपस्थित रहेको मेला अपराहन्नको ४:३० बजेसम्म चलेको थियो ।

गत वर्षको तुलनामा यस वर्ष दर्शकहरूको संख्या दोब्वर रहेको थियो । कार्यक्रमको समापनमा कार्यक्रम संचालक समितीका संयोजक राम कृष्ण श्रेष्ठबाट यस कार्यक्रमलाई सफल पार्न सहयोग गरिदिनुहुने तोसु, कुरूमे, सागा ,किता क्युसुका सम्पूर्ण कलाकार साथीहरू लगायत बिभिन्न क्षेत्रबाट पाल्नुहुने नेपाली दाजुभाई तथा बहिनीहरु अनि मेलामा सहभागी जापानी नागरिकहरूलाई पनि विशेष धन्यवाद दिनु भएको थियो । साथै अब आऊँदा कार्यक्रममा सम्पूर्ण नेपालीहरूको साथ र माया पाए अझै व्यवस्थित हुने आशा ब्यक्त गर्नुभएको थियो ।

स्मरण रहोस् यस बैशाखी मेला कार्यसमितिमा फुकुओकाबाट राम कृष्ण श्रेष्ठ, दिपक देबकोटा, मोति श्रेष्ठ, छत्र दाहाल, बद्रि पौडेल, अजय सिंह, सन्तोष थापा,  तथा फुकुओका नेपाल सोसाईटीका साथीहरू र तोसुबाट भूपाल घिसीगं, टोकियोबाट रोहित लामा, नागो़याबाट देवेन्द्र शाह ठकुरी रहनुभएको थियो । कार्यक्रमको संचालन फुकुओका नेपाल सोसाइटीका आगामी कार्यसमितिका अध्यक्ष मोति श्रेष्ठले गर्नु भएको थियो ।

fukuoka11

fukuoka12

fukuoka10

fukuoka9

fukuoka8

fukuoka6

fukuoka5

fukuoka4

fukuoka3

fukuoka7

fukuoka2

तपाईको प्रतिक्रिया