Deneme Bonusu Veren Siteler
शनिबार, पौष १३, २०८१
Saturday, December 28, 2024

Photo Okचुनाव भनेको संस्था, संगठन, समाज, देश र संसारकै भलो चाहने ब्यक्ति वा संगठनको छनोट सही तरिकाले गर्ने एउटा अस्त्र हो। निरंकुशतालाई हावी गर्ने, उपद्रोहरुलाई सजाय दिने, समाजसेवकलाई पुरस्क्रित गर्ने, स्वतन्त्रतालाई माथ गर्ने अनि सम्पूर्ण नागरिक, बुद्दिजिबी, मजदुर, कलाकार, पत्रकार, समालोचक सबैको गहन उपस्थिती रहेको एउटा खुलामंच हो चुनाव। वास्तबमै चुनाव यस्तो हतियार

हो जसले संसारको जस्तोसुकै शक्तिलाई पनि तोडमोड गर्न सक्छ, जस्तोसुकै बादशाहलाई पनि घुडा टेकाउन सक्छ तर पहिलो कुरा चुनाव भयरहित हुनुपर्छ, चुनाव निरंकुशरहित हुनुपर्छ, चुनाव स्वतन्त्र हुनुपर्छ। अब हेर्नोस नेपालको चुनाबी प्रकृया, चुनाबी तालमेल अनि चुनाबी तयारी दलहरुको लाज लाग्छ मलाई, घिन लाग्छ मलाई उनिहरु देशका संबाहक भन्न पनि हाम्रा देशका नेता भन्न पनि ।

चर्चा गरौ अब कसरी चुनावलाई लिन्छन त नेपाली नेताहरु अनि जनताहरु। नेताहरु चुनाव आउनासाथ आफ्नो भाबी राजनीतिको एजेन्डा बनाउनतिर लाग्दैनन, देशलाई निकास दिने योजना बनाउनतिर लाग्दैनन , हाम्रो देशको भबिष्य यो यो काम गर्दा उज्ज्वल हुन्छ भन्नेतिर लाग्दैनन। उनिहरु त चुनाव जित्नलाई भोट किन्ने सुर कस्दै पैसा बटुल्न थाल्छन, उधोगपति, ब्यापारी, कर्मचारीकोमा आफुले चुनाव जिते दिएको रकमको सयौं गुणा बेसी आउने योजना मिलाइदिने प्रलोभन बाड्दै चन्दाको नाममा पैसा उठाउन जान्छन भोट किन्नलाई। उनिहरु बेरोजगारिलाई रोजगार दिने भन्दै भाषण दिदै हिडछन आफुले के सम्म गर्न सक्छु भन्ने सोच्दै नसोची। चिया बिस्कुट खानोस भन्दै पैसा दिन्छन स्थानिय गुण्डाहरुलाई बिपक्षी तह लगाउनलाई, राजनीतिक संरक्षण दिन्छु मैले जिते भने भन्दै डनहरुलाई परिचालन गर्न थालछन बस्तीबस्तीमा सबैलाई त्रसित बनाइ आफु जित्नलाई। हार्नै लागे धाधली भयो भन्दै बुथ कब्जा गर्न लाउछन डनहरुलाई, कुट्पिट गर्न लाउछन बिपक्षीहरुलाई। आफुले जिते भन्छन चुनाव निष्पक्ष भयो अरुले जिते भन्छन नेताहरु धाधली भयो चुनावमा। नेताहरु कुनै राजनैतिक एजेन्डा लिएर चुनावमा कहिलै आउँदैनन, भाषण गर्दा जे जे आयो मुखमा त्यही बोल्छन, भरै बोलिसकेपछि उसलाई नै थाहा हुन्न मैले के के बोले भनेर अब हामी आँफै भनौ त के गर्लान ती नेताहरु जसलाई आफुले बोलेको नै थाहा छैन के बोले भनेर।त्यसैले म भन्छु नेताहरुको आँखामा चुनाव अप्रिल फुल हो जे बोले पनि हुन्छ चुनावमा भाषण गर्दा, नेताहरुको आँखामा गाइजात्रा हो चुनाव जस्तोसुकै नौटंकी गरे पनि माफ़ी हुन्छ अन्तत। त्यसैले म भन्छु चुनाव नेताहरुको लागि झुटको खेती गर्ने मौसम हो जहाँ जनताले सत्य कुरा सुन्न खोज्नु मुर्खता सिवाय अर्को केही हुनेवाला छैन।

कोही जनता चुनाव आउनसाथ कार्यकर्ता बनेर नेता रिझाएर जागिर खाने सुरमा हुन्छन। उसले जस्तोसुकै जोखिम पनि उठाउन सक्छ ति नेताहरुको लागि आफ्नो सुन्दर भबिस्यको खोजमा। मानौ यस्ता जनताहरुका लागि यो नै बिद्यालय हो, यो नै कलेज हो अनि यो नै लोकसेवा आयोग हो। यो उसले उतिर्ण गर्नैपर्छ जागिर खानलाई। कोही कोही भाग्यमानी हुन्छन, यस परिक्षामा उतिर्ण हुन्छन जागिर पनि पाउछन तर धेरै अनुतिर्ण हुन्छन यो परिक्षामा किन कि धेरै नेता शक्तिमा पुग्दैनन। त्यसमध्य भाग्यमानी जनता मध्य एक हुन खेलकुद मन्त्रालयका नायब सुब्बा कुमार बस्नेत पहिलेको घर ओखलढुंगा अहिले कपन ८ पैयाटारमा शानदार घर बनाउन सफल छन त्यही सुब्बाको तलबले। उनलाई कांग्रेस नेता बलबहादुर केसीले आफु खेलकुद मन्त्री हुँदा बिना कुनै सरकारी परिक्षा आफ्नो परिक्षामा पास गराएर खेलकुद मन्त्रालयमा स्थायी जागिरे बनाएका हुन। यो त एक उदाहरण मात्र हो। त्यसैले म भन्छु यस्ता जनताहरुलाई भाईमारा जनता उसले आफ्नो स्वार्थको लागि जस्तोसुकै बलि पनि चढाउन सक्छ चाहे चेचना नै किन भारतले नलगोस या सगरमाथा नै किन तिब्बतले मेरो भनोस उसले दुई थाल भात बिहान बेलुका खान पायो भने उ सही भन्दिन्छ सोच्दै नसोची, बुझ्दै नबुझी । यस्ता जनताको लागि चुनाव जागिरको खेती हो।

सिद्दान्त मात्र पढेका मुर्ख जनता। जो धेरै साम्यवादी बिचारधाराका हुन्छन अनि भन्छन कार्लमार्क्सले यसो भन्नुभयो उसो गर्नुभयो, माओत्सेतुङले यसरी यस्तो उस्तो गर्नुभयो। अब नेपालमा उनिहरुले उनिहरुको देशमा गरेको किन बर्णन गर्नुपर्‍यो, नेपालमा उनिहरुको कुन नाता रहयो र मानबिय नाता सिवाय अनि उनिहरुको बखान गर्नुपर्‍यो। कार्लमार्क्स, लेनिन, माओत्सेतुङ्को जिबनी पढेर

नेपाली नेताहरुको कुनै समिक्षा नगरी नै समर्थन गर्छन यस्ता जनताहरु नेपालका साम्यवादी नेताहरुलाई। यसलाई भनिन्छ भदौमा आँखा फुटेको संधैं हरियो देख्छ।यस्ता मान्छेको लागि चुनाव सधैं एउटै हुन्छ, जसलाई नत एजेन्डा चाहियो, नत राम्रो नेता पार्टी भए पुग्यो। हामीलाई हाम्रो देशको भबिष्य बनाउने नेता चाहिएको हो, चाहे उ कांग्रेसी होस, माओवादी होस, एमाले, होस, माले, होस या मधिसे तर

हामीलाई त्यो नेता चाहिएको हैन जसले सदा बिपीबाद, माओबाद, प्रचन्डपथ, मार्क्सबादको मात्र उच्चारण गरिरहोस अनि केही काम नगरोस। हामीलाई यस्तो नेता चाहिएको हो जसले गरेर देखाओस,अनि केही भए पनि देशमा बिकास गरोस।

जसले जसलाई भन्यो उसैलाई भोट दिने जनता। उनिहरु साह्रै सोझा हुन्छन, उनिहरु सोच्छन चुनावमा भोट लाउनैपर्छ जसलाई भएपनि अनि उनिहरुलाई मतलब पनि हुन्न नेताले के गर्छ के गर्दैन। अनि कुन पार्टीले जित्यो या हारयो। उनिहरुलाई त हतार हुन्छ कतिबेला भोट लाउने अनि घर गएर आफ्नो काम गर्ने। उनिहरुको नजरमा चुनाव केवल एक पर्ब हो जहाँ उपस्थित हुनुपर्छ।यस्ता जनताहरुलाई नेता कार्यकर्ताले भोट बैंकको रुपमा रोज्छन अनि दलाली मार्फत किनेर उनिहरुको मताधिकारको दुरपयोग गर्छन नेताहरु सत्तामा गएर।

भाषणलाई प्रबचन झै मान्ने जनता। भाषणलाई प्रबचन मानि सुन्न जाने जनताहरुको लागि चुनाव ठुलै अवसर हो भाषण सुन्नलाई उनिहरु सबै पार्टीको सबै नेताको भाषण सुन्न जान्छन अनि कुन भाषाण राम्रो लाग्यो उसैलाई भोट दिन्छन। यो त उनिहरुले बादबिबाद प्रतियोगिता झै लिन्छन अनि भोट गर्छन उत्कृष्ट भाषणकर्तालाई। यसमा उनिहरु भोलिको नतिजाको कुनै खोजी नै गर्दैनन। केवल भाषण राम्रो गर्ने ले नै काम राम्रो गर्छ भनि निश्चिन्त भएर भोट दिन्छन अनि बस्छन।

ब्यापारीहरुका लागि नेताहरु किन्ने सुवर्ण मौका। ब्यापारीहरु आफ्नो ब्यापारमा कहिलै पनि अंकुश नआओस भनि राजनीतिक नेताहरुलाई खुशी बनाउन सधैं तल्लिन रहन्छन तसर्थ चुनाव सुनौलो अवसर हुनेछ पार्टीहरुलाई चाहे जति चन्दा दिएर खुशी बनाउन अनि भोली पार्टी सत्तामा गएको बेलामा हप्तामा नै दिएजति पैसा चुक्ता गरेर अरबौ कमाउनका लागि ब्यापारीहरुलाई मौका मिल्नेछ। यसरी ब्यापारिहरुका लागि चुनाव एक उर्बर समय हो लगानी गर्नका लागि।

अब मेरो आँखामा चुनाव भ्रष्ट नेताहरुलाई कुरुप बनाउने समय, समाजसेवक भएर हिडने नेताहरुलाई सेवा गर्ने जनताको समय। झुटको खेती गर्ने अनि जनताको नाममा ठगी गर्दै महल खडा गर्ने नेताहरुलाई दरिलो झापड हान्ने समय। त्यसैले म भन्छु अब आउदो चुनावमा सहि उम्मेदवारले टिकट पाओस अनि सहि उम्मेदवारले जितोस अनि सबै भ्रष्ट घुसखोर नेताहरुले कहिलै उठ्ने मौका नपाउन यो अब आउदो हुने चुनाव सँगसंगै सम्पूर्ण नेपाली दाजुभाइ, दिदी बहिनीहरुले उम्मेदवारको सम्पूर्ण अतित, बर्तमान अनि नियत बुझेर मात्र भोट गर्नुहोला ता की भोली हामीलाई फेरी लज्जा नहोस हामीले चुनेका नेता यिनै हुन भनेर भन्नलाई। ***

 

तपाईको प्रतिक्रिया