Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

RK-Duraहैन ए पुन्टेकी आमा ! हाम्रो पुन्टेलाई त यो सालाँ नि नैयैं किताप किन्न पर्लास्तो भो । पैसोले गाह्रो पार्याछ यै बेलाँ फेरि नैयैं किताप नि किन्नुपर्ने यैवेलाँ वर्तातै पार्लास्तो भो नि । मैले कुरो सक्न नपाउँदै पुन्टेकी आमा झस्किई । के भन्नुन्च ! पोर सालाँ मात्तै किनेको किताप नैयैं छ । फेरि यस्पाली पुन्टेले फिल खाको त्यै किताप पढे भैहाल्च कि क्यार्न किन्न परो नैयैं किताप ? एकै सासमा सबै कुरो सिध्याई । माठरसाप भेट भाथ्यो, यसपालानि पुन्टेको किताप फेर्याछ दाई भन्नुहुन्थो खै क्यार्ने क्यार्ने । उ बेलाँ सर्कारी ईस्कुलाँ पठाएनि हुन्च भन्दा तै मानिनस् क्यारे अैले आर के भन्चेस् त ?

सपै मान्छेहर्ले वोडिङ वोडिङ भन्चन् अचल, हाम्ले नि दुःख अरेर भानि पुन्टेलाई वोडिङाँ पढाम्न पाए राम्रो पढेर हाम्लाई पछि हेर्लाकी भनेर हो केरे तर अैल्यै वर्वाद पारो । सालैपिच्छे किताप फेर्ने अनि क्यारेर सक्ने हो खै ? के अर्न लाका हुन कुन्नी यो वोर्डिङ ईस्कुल्लेनि ? सँधैभरी नफेरीकन यौटै किताप पढाम्दा के विग्रिन्चर हो खै ? फेरि वोडिङाँ त ईस्कुलैपिच्छे भिन्नैभिन्नै किताप पढाम्दारचन । यौटा ईस्कुलको र आर्को ईस्कुलको कै किताप नि नमिल्नेरे खै मैलेत हार खाएँ-पुन्टेकी आमाले थाकेको मनले लामो सास तानी । मैले उल्लाई धईरे दिन खोज्चु, हुन्दे बुढी हुन्दे सपैलाई खानै परो, किताप नि विक्री अर्नै परो ईस्कुलनि चलाम्नै परो, छोराछोरीलाई नि पढाम्नै परो क्यार्नेत ? केइ नभनि रिन खोजम्ला । नैयै किताप किन्न परो नि पास भ’भा कैथेन त्यस्तो राम्रो अर्दा अर्दै फिल भो तिम्लाई जाउन माठरसापलाई भन्न तैनि पास अरदिन्चन कि भन्दा कानाँ तेल होलर बस्यौ बूढा क्यार्चौत ? ए लाटी तैले अल्लि कुरो बुद्दिनस के । हुनत तैंलेनि न’भा कुरोत अरेओछैनस् तर भन्यास्तो अर्न गारो हुन्छ । छाप्थोके मुख्याको छोरी नि फिल भाकोरे तर ईस्कुलाँ गर माठरसापलाई भनेर पास अराइदिएरे । फिल भाकोलाई पास त अर्दिन्चनरे तर अलि अलि डण्ड तिर्नुपर्च भन्चन । यसो अर उसो अर पैसैं चाहिने अनि क्यार्ने हामीस्तो गरीपले ? के अर्ने त यसैलाई पढाम्न भनेर शहर पसियो । शहरको त सर्कारी ईस्कुल नि राम्रै हुन्च अरे । हैन ए वुढा कि पुन्टेलाई सर्कारी ईस्कुलाँ सार्ने हो ? सर्कारी ईस्कुलाँ वोडिङाँ झैं चर्को फिस नि नलाम्ने, घरैबाट रोटोसोटो बोकेर गोनि हुने । वोडिङाँ पढाम्ने भने के के हो के के को पैसा तिर्ने लिस्टो पठाम्चन । कम्पुटरै चलाम्न नजान्ने हाम्रो पुन्टेलाई नि कम्पुटर फिस भनेर विल पठाम्चन । हुनत सर्कारी ईस्कुलाँ नि नहुने भने हैन । गर्नीले सर्कारी ईस्कुलाँ पढेर नि राम्रै अरेओछ नअर्नीले जही पढेनि अर्न सउदैनन् । तैपनि अलिअलि भएनि इउँलिसमा सिपालु हुन्च कि भन्ने लार हो क्यारे क्यार्ने क्यार्ने । मत दोमन भाछु पुन्टेकी आमा लौ तै भन अव क्यार्ने ?

सर्कारी ईस्कुलाँ सस्तो त सस्तो हुन्च तर इउँलिसमा अलि कमजोर हुन्च भन्चन । ईस्कुल नि थोत्रो पढने कोठानि थोत्रै हुन्च । वोडिङाँ कति राम्रो डिरेस लास केटाटीहरु कति राम्रा देखिन्चन । मलाई त वोडिङाँ नै पठाम्न पन परेओछ पर्नात वुढा । त्यो त भन्ने मात्तै हो बुढी हाम्रो पुन्टेको ईस्कुलाँ नि त्यति सफासुग्गर त छैन है । टिनको छाना त्यहींमाथि जतानामको केटाटी बटुलेर कोठामै नअटाइसक्नु । खल्खली पसिना आम्दा क्यार्दालान ती केटाटी ? पतरिकामा त ईस्कुलको फोटो रामरै छापेका थिए तर एउदिन छोरो पढेको हेर्न जाँदात टिनको छानामुनि पसिनै पसिना भका केटाटी देख्दा त मेरो मन नि वेस्सरी पोलो । तर क्यार्ने सबैको केटाटी तीं थे ।
तेयी त बुढा सबैका केटाटी वोडिङाँ पढाउँचन हाम्रो पुन्टे सर्कारी ईस्कुलाँ जाँदा मनै मान्दैन भन्या । छिमेकीले नि के भन्चन भन त बूढा ? दुइदिनको रामछायाँ भनेर गिजाम्चन । बरु दुःख गरम्ला, दुई छाकको साटो एक छाक खाम्ला तर पुन्टेलाई भने वोडिङाँ नै पढाउनु पर्च बुढा । भोलि व्यानै मुख्याकाँ गर रिन माग बूढा गाम्मा छाँदा त यसो दुखसास्ती पर्दा हेर्थे अहिले नि कसो नहेर्लान र ? अनि ईस्कुलाँ गर माठरसापलाई पास अर्न मिल्च भने अर्दिनुस भन्नुस् नमिल्ने नै रैचभने नैयैं किताप किनेर आउ बूढा । लौ लौ जाउलो ले भोलिको कुरा भोलि नै गरम्ला तेरो ढिपीको अगि कस्को के लाउच र । खुइया ˜˜˜

तपाईको प्रतिक्रिया