इरानमा एउटा भनाई छ- भुइँमा सुत्छौ भने खस्ने खतरा हुँदैन । एकचोटी ओशोकी हजूरआमाले भन्नुभयो- बाबु ! हवाइजहाजमा यात्रा गर्नु एकदमै खतरनाक हुन्छ । ओशोको जवाफ थियो- हजुरआमा मानिस बढी भूमिमा मर्दछ वा आकाशमा ? सबैलाई थाहा छ मुलुक अहिले निराशाको चरममा छ । बेरोजगारी, महँगी, मुद्रास्फीति बचेखुचेको आश लोडसेडिङले मार्दैछ । संघीयता नै रामवाण औषधि हो र संघीयता आयो भने देशै रहँदैन भनी दुइ अतिवादी सोचको चापमा नयाँ नेपालको सपना पिल्सिंदैछ । दुवै पक्षले मानौं कसम खाएका छन् देश जाओस् भाँडमा हामी सुध्रिनेवाला छैनौं । २००७ को क्रान्तिमा प्रजातन्त्रको जग बसाल्न आफ्नो ज्यानको आहुति हाँसीहाँसी दिने शहीदहरुको श्रद्धाञ्जलि दिवसको अगुवाइ गर्न समेत नेताहरुले गर्न सकेनन् । उता मधेशमा मधेशी नेताहरुका लागि रमेश महतो हरेक माघ ५ गते राम्रो उत्पादन बनेका छन् । हरेकर् वष शीतलहरीले गर्दा ज्यान गुमाउने गरीब अवसरवादी मधेशी नेताहरुका लागि संवेदनाका पात्र त हुनै छाडेका छन नै गरीबी निवारण कोषको समेत आँखा खोल्न तिनका दारुण दुर्दशा पर्याप्त कारण बन्न सकेको छैन । आफूलाई राष्ट्रवादी, जनवादी भनाउने नेताहरुको कुरै छाडौं तिनलाई आमा मलाई त्यही कुर्सी चाहिन्छ बाहेक अरुथोक सोच्न फुर्न छाडेजस्तो छ । ती शब्दकै खेतीलाई आफ्नो कतव्य ठान्छन । तिनलाई निकास-सिकाससँग केही मतलव छैन । आज पक्षको विपक्षमा भन्ने धेरै कुरा छन तैपनि विपक्षको पक्षमा यति उदासीनता, उत्साहहीनता र दीनता सम्भवतः कहिल्यै थिएन । ओखलढुंगा काण्डदेखि २०४२ सालको सत्याग्रहसम्म सफलता हात नलागे पनि कांग्रेससँग पञ्चायतकालमा समेत एउटा न एउटा सशक्त मुद्दा भइरहन्थ्यो तर आज कांग्रेस एमालेमा डेकेन्द्र प्रकरणबाट वैतरणी तर्न खोज्दा हाँस उठ्छ । जनतालाई घोर पिरोलिरहेका मुद्दाहरुलाई मात्र विपक्षले केन्द्रमा राख्न सकेको भए आज तिनका आन्दोलनको स्वरूप नै सम्भवतः अर्कै हुन्थ्यो । जनतालाई यथार्थ थाहा छ, सबै प्रधानमन्त्री हुन मरिरहेका छन – सुशीलदेखि बादलसम्म । आर्श्चय छ, यस्तो बेलामा प्रचण्डले पनि लोभ रोक्न सकेनन । यद्दपि प्रचण्डले पछि सफाइ पनि दिए अब प्रधानमन्त्री तीन दलभित्रबाट हुनेछैन ।
यो पंक्तिकारले पहिले पनि लेखिसकेको छ – स्वतन्त्र व्यक्ति एक विकल्प हुन सक्छ । कांग्रेस एमालेलाई माओवादी मन पर्दैन । विकल्प हुन सक्छ । कांग्रेस एमालेलाई माओवादी मन पदैन । माओवादीलाई कांग्रेस एमाले मन पर्दैन भने स्वतन्त्र व्यक्तिबाहेक के विकल्प हुन सक्छ ? अर्को विकल्प कांग्रेस हुन सक्छ । अर्को विकल्प “राष्ट्रपतिङग्रेस” हुन सक्छ । यसो हुनुको अर्थ हुनेछ, भविष्यको राजनीतिमा अत्यन्त अशुभ नजीरको स्थापना । “बुढी मरी भन्ने होइन काल पल्क्यो” सबैले बुझे हुन्छ । अन्ततः राजनीतिक दलहरुले खासगरी ठूला दलका नेताहरुले नै निकासका लागि पहल गर्नुपर्ने हुन्छ । आजको लडाइँ आफ्नै शर्तमा कुनै एक पक्ष मात्रले जित्न सक्दैन । यो यर्थाथ सबैले बुझ्छन् तैपनि कसैले नबुझै झैं देखिन्छ । विद्यमान राजनीतिक द्वन्द कतै तीन ठूला राजनीतिक दलहरु बीचको “फ्रेन्डली म्याच” त होइन ? वरिष्ठ नागरिक अधिकारकर्मी दमननाथ ढुंगानाले तीन चारजना नेता सहमत भएर आएको भए संविधान आउने थियो भनी हालै नै भनेका छन । उता एमालेका सल्लाहकार त्रिलोचन ढकालले एमालेको मुखपत्र मानिने साप्ताहिकमा राजनीतिक अवस्था गाँठो पर्नुमा कसको कति दोष छ भनी सोधिएको प्रश्नको जवाफमा भनेका छन -सबैको दोष छ । हाम्रो पार्टी चाहीं प्रमुख जिम्मेवार छ । संघीयतामा आधारित संविधान बनाउने र पहिचान दिने कुरामा हाम्रै पार्टीले अवरोध गर्यो । हाम्रो पार्टी पूर्ण (पूरा) निर्णायबाट ठ्याक्कै विपरीत दिशामा फर्किएकाले संविधान नबनेको हो । पहिला पहिचानसहितको १४ प्रदेशमा मतदान गरेको होइन – -बुधवार २०६९ माघ १० गते ) अझ अबको निकास सहज र स्पष्ट छ, हलो अड्काएर गोरु चुट्ने सोच त्याग्नुपर्छ । संघीयता जतिसुकै कष्टपूर्ण र चुनाैतीपूर्ण भए पनि देशलाई बन्धक बनाउन हुँदैन । नेपालमा जुनसुकै “सिस्टम” भए पनि “सिस्टम” भन्दा हाम्रो सोच सिर्जनशील हुन सकेन, कार्यशैली कर्मठ, व्यवहार इमानदार र जीवन पद्दति अनुशासित हुन सकेन भने कुनै व्यवस्था सफल हुन सक्दैन । त्यागी र दूरदर्शी नेताले साँघुरो व्यवस्थामा पनि फराकिलो परिणाम ल्याइदिन सक्छन । ली क्वान इयुले सिंगापुर सानो भएर पनि ठूलो छ भनी सावित गरेकै हुन । राजा महेन्द्रले सावित गर्न सकेनन । परिर्वतनकामी र प्रजातन्त्रवादीहरुसँगको टक्कर त्यागेर राजा वीरेन्द्रले राज्यारोहण लगत्तै साहसिक कदम चाल्न सकेको भए २०३६ सालमै नेपाल नयाँ दिशार्तफ मोड्न सकिन्थ्यो । २०४६ को परिर्वतनपछि लामो समयसम्म सत्तामा रहेको नेपाली कांग्रेसले २०१६ सालको आफ्नै पार्टीको स्पिरिटमा काम गर्न सकेको भए माओवादी द्वन्द्वले त्यो आकार ग्रहण गर्न सक्दैनथ्यो । २०६२-६३ को जनआन्दोलनपछि नेताहरुको सोच समावेशी र सिर्जनात्मक हुन सकेको भए मधेश व्रि्रोहले जन्म लिने थिएन । त्यसपछिको ५-६ वर्षा नेताहरुले सत्ता सुविधाको सट्टा इमानदारीपूर्वक सहकार्यको संस्कृतिलाई अगाडि बढाएको भए आज जनताले संविधानमात्र पाउने थिएन, निर्वाचन सम्पन्न भइसकेर देश नयाँ चरणमा पनि प्रवेश गरिसक्थ्यो । यो व्यवस्थाको असफलताभन्दा पनि मानसिकताको असफलता हो । नेपालमा कमजोर राजनीतिक व्यवस्थापकहरुका कारण संकट विकराल बन्दै गएको छ । यहाँबाट उठ्न साहस गर्नैपर्छ, सोच्नै पर्छ । म, मेरो गुट, मेरो पार्टी भन्दा मेरो राष्ट्र र राष्ट्रियता आवश्यकता ठूलो हो । कुनै पनि समस्या समाधानविहीन हुँदैन । स्वार्थ र सर्ंर्कीणता नै समाधानको शत्रु हो । अलिकता दूरदर्शिता, अलिकता त्याग, अलिकता इमानदारीले नयाँ मार्ग अझ प्रशस्त हुनसक्छ भनी किन नसोचेका हुन नेताहरुले – कांग्रेस-एमालेले माओवादीहरुलाई आफूसरह बनाउने प्रयत्न छोड्नुपर्छ । माओवादीले समेत सत्तामै बसेर सबै परिर्वतन सम्भव छ भन्ने सोचाइ त्याग्नुपर्छ । तर सारा विचारक, जनताले समेत नेताहरु बदल्नुपर्छ, सुधार्नुपर्छ भन्दा भन्दै नेता आफैं नसुध्री अझ दुनियाँ सुधार्ने पाखण्ड पुराण वाचनमै रमाइरहेका छन । तिनकै कारण नेपाल अधोगतिमा छ तर आश्चर्य चाहे कांग्रेसका वुद्धिजीवी कार्यकर्ता, समर्थक होस या एमाले, माओवादी, मधेशवादीका कुन्नी कुन खुशी र उत्साहमा निकम्मा नेताहरुको समर्थनमा ताली बजाउन बिर्संदैनन् । जनतासँग विश्वासघात गर्नेहरुको मनोबल बढाउनेमा कथित वुद्धिजीवीहरु पनि कम दोषी छैनन । गुण-दोषका आधारमा समर्थन, विरोध गर्ने नयाँ चेतनाको आवश्यकता समयले मागिरहेछ । सबैलाइ चेतना भया ।***