Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025
पोखरा – भिरालो जमिन, सानो टिनले छाएको घर । बाहिर मुसाको दुलो लेखिएको छ, त्यसैभित्र बिरामी परेर सुतेका छन् कलिन फिलिप स्मित । सेतै दारी पालेका ७७ वर्षे यी वृद्धलाई चिन्नेजान्नेले ‘पुतली बाजे’ भन्छन् । सबैले ठान्छन्, उनी नेपाली नै हुन् । तर, उनी नेपाली होइनन्, बेलायती नागरिक हुन् ।
४२ वर्ष नेपालमै बिताएका उनी आफूलाई नेपाली ठानिनुमा गर्व गर्छन् । जवानी र वृद्ध दुवै उमेर यतै बिताएका उनको अन्तिम इच्छा नेपाली भएर मर्नु हो । नेपाली नागरिकताका लागि धेरै प्रयास गरे पनि नपाउँदा उनी खिन्न छन् । ‘मर्नुअघि नेपाली बन्न पाए हुन्थ्यो,’ उनले भने । नेपालको हावापानी र नेपाल मन पराउने उनले नागरिकताका लागि धेरै पहल गरे । नेपालमा कम्तीमा १५ वर्ष बसोबास गर्नेलाई अंगीकृत नागरिकता दिन सकिने कानुनी प्रावधान छ । तर पुतली बाजेले अहिलेसम्म पाउन सकेका छैनन् ।शिक्षण पेसासँगै पुतली संकलनमा लागेका उनले पृथ्वीनारायण क्याम्पस पोखरा, काठमाडौं विश्वविद्यालय, नेचुरल हिस्ट्री म्युजियममा गरी २५ हजार पुतली संकलन गरेर राखिदिएका छन् । नेपालमा पाइने ६ सय ६० जातिका पुतलीमध्ये ५ सय ५० जातिको संकलन गरेका छन् ।
स-साना जीवको पर्यावरणमा ठूलो महत्त्व हुने भएकाले उनले पुतली अध्ययन र संकलन अभियान थालेका हुन् । पुतलीसम्बन्धी १० वटा किताब लेखिसकेका छन् । कतिपय विदेशी आएर नेपालको पुतली संकलन गरी विदेश लगेको उनको आरोप छ । ‘पुतली विदेश निर्यात भइरहेको छ तर त्यसमा कसैको ध्यान छैन,’ उनले भने । हरेक वर्ष २ विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएका उनलाई आफू नेपाली बन्न नसकेकामा दुःख छ ।
उनी सुरुमा गणित र विज्ञान पढाउन पोखरा आएका थिए । अहिले जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल ‘लिबर्ड’ मा स्वयंसेवा गर्छन् । उनले गोरखामा अहिलेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई समेत पढाएका रहेछन् । ‘ऊ चलाख केटो थियो,’ उनले भने, ‘तर अहिले भेट भएको छैन ।’

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया