आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो- जापानमा रहेका विभिन्न पेशा तथा व्यवसायमा कार्यरत लमजुङ्गेहरुलाई एउटै छानामुनि गोलवन्द गर्ने उद्देश्यका साथ स्थापित लमजुङ समाजको पहिलो वैठक यही मार्चको ३ तारिक शनिवारका दिन स्माइल इन्डियन रेष्टुरेन्ट एन्ड वार हाचिमानयामामा हुन गइरहेको जानकारी प्राप्त भएको छ ।

विभिन्न पेशा तथा व्यवसायले जापानमा रहनुभएका लमजुङ्गेहरुलाई समाजको वैठकमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ भनिएको छ ।

वैठकमा समाजको विधानको मस्यौदामाथि छलफल गरी विधान सम्वन्धी विविध निर्णयहरू गरिने भएको छ ।

स्मरण रहोस् जापानमा भएका अन्य संघसंस्था एवं समाजहरुसँग समन्वय र सहकार्य गरी अगाडि बढ्ने समाजको उद्देश्य रहेको छ ।

अन्य जानकारीको लागि सम्पर्कः

ऋतुकुमार दुरा ०९०-९४०५-५६३६

विनोद ढुंगाना  ०९०-९३८०-४७७९

बुद्धिराज घिमिरे ०९०-९३९५-१८४३

दामोदर धिताल  ०८०-४८९६-७७५५

मिनराशी गुरुङ्ग  ०८०-६६५८-५५६४,

शैलेन्द्र मिश्र  ०८०-३६९४-९३००

रहेको छ । ***

तपाईको प्रतिक्रिया