आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024
काठमाडौं– नेपाली पाठ्यक्रम अनुसार अध्यापन गराउन जापानमा स्थापित पहिलो नेपाली विद्यालय ‘एभरेष्ट इन्टरनेशनल स्कुल’बारे नेपाली मिडियाले प्राथमिकतापूर्वक समाचार प्रेषण गरेका छन् ।
बुधबार कार्यक्रम सम्पन्न भएलगत्तै नेपालमा सवैभन्दा बढी हेरिने ईकान्तिपुर र नागरिकन्यूज डटकमले समाचार प्रकाशित गरेका थिए । यीसँगै हाम्रा कुरा डटकम, सिंहदरवार डटकम, रिपोर्टर्सनेपाल डटकम, माई रिपब्लिका अनलाइनले समाचार प्राथमिकतापूर्वक प्रकाशित गरेका थिए ।
बिहीबार प्रकाशित ब्रोडसिट दैनिकले पनि समाचार प्रकाशित गरेर थप उत्साह थपेका छन् । नेपाल एजुकेशन सेन्टर टोकियो जापानका अध्यक्ष डा. भूपालमान श्रेष्ठको अध्यक्षतामा रिपोर्टर्स क्लवमा भएको कार्यक्रममा एमाओवादी विदेश विभाग प्रमुख राम कार्की, एमाले पोलिट्ब्यूरो सदस्य एवं पूर्वअर्थमन्त्री गंगालाल तुलाधारको उपस्थितिमा कार्यक्रम भएको थियो ।
नेपाली पत्रिकामा प्रकाशित समाचार हेरौँ–
himalayatimes
हिमालय टाइम्स दैनिकमा प्रकाशित समाचार
annapurna
अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित समाचार
karobar
कारोबार दैनिकमा प्रकाशित समाचार
republica
रिपब्लिका अंग्रेजी दैनिकमा प्रकाशित समाचार
tht
दीहिमालयन् टाइम्स अंग्रेजी दैनिकमा प्रकाशित समाचार
तपाईको प्रतिक्रिया