Deneme Bonusu Veren Siteler
मंगलबार, पौष ०९, २०८१
Tuesday, December 24, 2024

image-214अस्टे्रलिया-मेलवर्न इन्ष्टिच्यूट अफ टेक्नोलोजी (MIT) का अध्ययनरत विद्यार्थीहरु तथा पर्व विद्यार्थीहरुको वीच हालै एक विशेष भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
पूर्व विद्यार्थीहरुवीच आपसी सद्भाव तथा आगामी दिनहरुमा एकिकृत भई आपसी सहयोग आदान प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको जनाईएको छ ।
साथै कार्यक्रममा एलुमुनीको सक्रिय सहभागीतामा आगामी दिनहरुमा विशेष किसिमका सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु ल्गायत च्यारिटी कार्यक्रमहरु गर्दै लैजाने आयोजकहरुले जानकारी गराएका थिए । सम्भवत यस्तो प्रकारको पुनर्मिलन कार्यक्रम सिड्नीमा पहिलो पटक आयोजना गरिएको आयोजकहरुको दावी छ ।
सिड्नीको रक्डेलमा आयोजना गरिएको उक्त कार्यक्रममा MIT का संस्थापक तथा सह-संस्थापक शेष घले र जमुना गुरुङ लगायत व्यवस्थापक घन आचार्य, प्रिन्सिपल पेट्रीसिया तथा विजनेश विभागका को-अर्डिनेटर वेवर्लि जोन्सको समेत उपस्थिति रहेको थियो ।
आर्या पाण्डेयले गरेको स्वागत नृत्यसँगै सहभागीहरु सवै नाचेका थिए । एक सय भन्दा वढि विद्यार्थीहरुको जमघट रहेको उक्त कार्यक्रम करीव पाँच घण्टासम्म चलेको थियो ।
कार्यक्रम सफल पार्न अध्यक्ष चतुर्भुज खरेल, उपाध्यक्ष धिरज विष्ट, महासचिव शोभा भण्डारी, सचिव महान श्रेष्ठ र कोषाध्यक्ष सुदीप चापागाई समितिमा रहनुभएको थियो ।
कार्यक्रमका संयोजक भुपराज भण्डारी (विवस), पब्लिक रिलेसन संयोजक चिन्तामणी ढुंगेल, कार्यक्रम प्रवन्धक सुभाष ज्ञावाली रहनुभएको थियो ।
अन्तमा कार्यक्रममा उपस्थित सम्पूर्ण ल्गायत विशेष सहयोग गर्ने एक्पोर्ट माइग्रेसन, फोर नेसन्स तथा सिड्नी विजनेश हाउसलाई आयोजकको तर्फाबाट हार्दिक आभार व्यक्ति गरिएको थियो ।***

 

तपाईको प्रतिक्रिया