बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024
काठमाडौं- वाग्मती नदीमा फोहोर फाल्नेले अब १ लाख रुपैयाँ जरिवानासहित फौजदारी अभियोगमा ३ महिना कैद सजाय भोग्नुपर्ने भएको छ ।’वाग्मती सरसफाई तथा संरक्षण अभियान’ मार्फत फोहोरमैला व्यवस्थापन ऐन आकर्षित गरी कारबाही गर्ने तयारी थालेको हो ।
 Bagmati
अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र फोहोरमैला व्यवस्थापन तथा प्राविधिक सहयोग केन्द्रले फोहोर उत्पादन गर्नेलाई नै व्यवस्थापन गर्न ऐनले सघाउने जनाएका छन् । यसअघि ऐन कडाइका साथ कार्यान्वयन भएको थिएन । ऐनअनुसार फोहोर व्यवस्थापन नगरे सजाय पाएपछि पनि पटक-पटक लापरबाही गरी फोहोर फ्याँके दोब्बर सजाय हुनसक्छ ।
तपाईको प्रतिक्रिया