बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024
sishil-jhal_20130201084313काठमाडौं- शनिबारदेखि सुरु भएको एनेकपा माओवादीको महाधिवेशनमा प्रमुख विपक्षी दलका शीर्ष नेताहरु गएनन् ।
एमाओवादीले प्रमुख विपक्षी दलका नेता कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाललाई अतिथिको रुपमा महाधिवेशनमा निमन्त्रणा पठाएको थियो ।
कोइराला पार्टीकै काममा व्यस्त हुनुपर्ने भएकाले नजाने बताए भने एमाले अध्यक्ष खनाल विपक्षी दलहरुको विराटनगरमा हुने विरोध सभामा गए ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले उपाध्यक्ष बामदेव गौतम, राप्रपा अध्यक्ष पशुपति शमसेर जबरालगायत उपस्थित थिए ।
तपाईको प्रतिक्रिया