बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

शिव सेना अध्यक्षको पनि शव भेटियो

gangabisan rathi

काठमाडौं- अहपरणमा परेको २३ दिनपछि विराटनगरका उद्योगी गंगाविशन राठी र शिव सेना नेपालका अध्यक्ष चन्द्र चुडालको शव भारतको पश्चिम बंगाल राज्यस्थित टिस्टा खोलामा फेला परेको छ।
अपहरणमा संलग्नको बयानका आधारमा अनुसन्धान गर्दा राठी र चुडालको शव भेटिएको उच्च प्रहरी स्रोतले जनाएको छ । अपहरित राठीलाई छुटाउन उनको परिवारले ५० लाख रुपियाँ फिरौतिसमेत बुझाइसकेका थिए।
अपहरणमा संलग्न भएको अभियोगमा नेपाल र भारतको सुरक्षाकर्मीको संयुक्त अपरेसनमा भारतीय नागरिक सुरेन्द्रकुमार मिश्र र अभिजित वासु पश्चिम बंगालको बोलपुरबाट पक्राउ परेका थिए । उनीहरुकै बयानको आधारमा प्रहरीले शव फेला पारेको हो।
तपाईको प्रतिक्रिया