Deneme Bonusu Veren Siteler
मंगलबार, पौष ०९, २०८१
Tuesday, December 24, 2024

dubai Picnic Image 2दुबई – गत १८ जनवरी शुक्रबारका दिन दुबईको मनोरम सुन्दर पार्कमा युएईमा छरिएर रहेका तमु दाजुभाई तथा दिदीबहिनीहरुले विभिन्न नेपाली परिकारका स्वादसंगै धुमधांमका साथ वनभोज तथा माघे सक्रान्ति भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । उक्त वनभोज कार्यक्रम तमु प्ये ल्हु संघ युएइले माघे सक्रान्ति पर्वको अवसर पारेर सबैलाई समेट्ने प्रयासमा आयोजना गरेको हो ।

माघे सक्रान्ति पर्वलाई तमु जातिले पुर्खादेखि नै (नारी दिवस) को रुपमा मनाउंदै आइरहेको परम्परालाई कायम राख्दै -माइती) ले आफ्नो चेलिवेटीहरुलाई मान्ने प्रथा अनुसार आफ्नो मौलिक संस्कृतिलाई जर्गेना गर्ने हेतुले तमु प्ये ल्हु संघ युएईको पहलमा पहिलो पटक दुबईमा रमाइलोसंग मनाएका हुन् ।

उक्त वनभोज कार्यक्रम तमु प्ये ल्हु संघ युएइका अध्यक्ष एकाजंग तमुको अध्यक्षता, कर्णनल सुभिराज तमुको प्रमुख आतिथ्यता, मुक्ति तमुको बिशेष आतिथ्यता र चेलिवेटीहरुको उल्लेखनीय सहभागितामा भएको थियो भने सोही संघका महासचिव मिलन तमुले कार्यक्रमलाई संचालन गर्नुभएको थियो ।

सो अवसरमा गत ४ जनवरी शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा भएको (सप्री) ल्होसारको समिक्षा समेत गरिएको थियो । ल्होसारको कार्यक्रमलाई सफल पार्नका लागि विभिन्न ठाउंबाट आर्थिक भौतिकको रुपमा सहयोग पुर्‍याएका कर्ननल सुभिराज चमरु तमु, मुक्ति तमुलाई अध्यक्ष एकाजंग तमु र कोषाध्यक्ष ओम तमुद्धारा संयुक्त रुपमा आफ्नो रितीरिवाज अनुसारको क्रेगी र क्रमु ओढाई सम्मान गरेका थिए ।

त्यस्तैगरी श्रीमती सरिता लेम तमु र श्रीमती मिनकुमारी तमुको माइती आदरस्वरुप आ-आफ्नो घरबाट ल्याएका लम्जुङ्गे सेलरोटी, अचार, आलुदम, पकोडा, च्यूरा, चिया तथा विभिन्न नेपाली परिकारका खानाले वनभोज तथा माघे सक्रान्ति पर्वको रौनकलाई सुनमा सुगन्ध थपिदिएको थियो । बार्बिक्यु सहितको रमाईलो गरी धुमधामसंग मनाएको वनभोज कार्यक्रमलाई सफल बनाउनको लागि सहयोग गरेका प्रायोजक, शुभचिन्तक, सदस्यहरु तथा दिदीबहिनीहरु लगायत उपस्थित सम्पुर्णजनालाई धन्यबाद दिदै आगामी दिनहरुमा पनि यस्तै प्रकारको सहयोग र साथको अपेक्षा गर्दै कार्यक्रमलाई समापन गरिएको थियो ।Dubai Picnic Image 1

 

तपाईको प्रतिक्रिया