बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

१५ लाख रुपैयाँ संकलन

ukलन्डन- गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए, युके) ले स्वदेश तथा विदेशमा कार्यरत नेपाली पत्रकारहरुको क्षमता अभिवृद्धि एवं प्रोत्साहनका लागि पत्रकारिता पुरस्कार तथा पत्रकार कल्याण कोष स्थापना गर्न एक च्यारिटी कार्यक्रम गरेको छ। नेपाल पत्रकार महासंघ, युकेको सहकार्यमा गत ६ जनवरी आइतबार लन्डनस्थित ग्रीनफोर्ड टाउन हलमा सांस्कृतिक कार्यक्रमसहित च्यारिटी डिनर कार्यक्रम भएको हो।
एनआरएनए युकेले कम्तीमा ५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरि प्रत्येक २ वर्षमा पत्रकारिता पुरस्कार दिने पूर्व घोषित निर्णय अनुरुप कार्यक्रम गरेको हो। यसको राशी बढाउँदै लगिने र उचित कार्यन्वयनका लागि नेपाल पत्रकार महासंघसँग सहकार्य गरिने एनआरएनए युके कोअर्डिनेटर रामशरण सिंखडाले जनाए। सिंखडा आइतबार संकलन भएको सबै १५ लाख रुपैंया सबकैको अक्षयकोष स्थापना गरिने जानकारी गराए।
एनआरएनए युके अध्यक्ष कुल आचार्यको सभापतित्व तथा एनआरएनए युके संयोजक रामशरण सिंखडाको संयोजकत्वमा भएको सो कार्यक्रममा वक्ताहरुले समाज रुपान्तरणमा पत्रकारहरुको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनीहरुको क्षमता अभिवृद्धिका लागि अक्षय कोष र पुरस्कार स्थापना जस्ता कार्य सरहानीय भएको बताए।
मन्तव्यका क्रममा प्रमुख अतिथि लन्डनस्थित नेपाली कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले पत्रकारहरुप्रति एनआरएनको पहल सकारात्मक रहेको बताए। उनले देशको विषम परिस्थितिमा पत्रकारिता जगत अझ चनाखो हुनुपर्नेमा पनि जोड दिए ।
बीबीसीका वरिष्ठ पत्रकार सुमन खरेलले नेपालमा पत्रकारहरुमाथि आक्रमणको श्रृंखला बढिरहेको उल्लेख गर्दै जोखिम लिएरै भएपनि उनीहरु समाजलाई सूसुचित गराउन निरन्तर अग्रसर रहिरहेको जनाए। पत्रकारिता पुरस्कार तथा कल्याण कोषले सञ्चारकर्मीहरुलाई कार्यक्षेत्रमा खटिन अझ उत्साह थपिने धारणा पनि खरेलको थियो।
अन्तराष्टि्रय कानुनका ज्ञाता एवं एनआरएनए युके संरक्षक सुर्य सुवेदीले पत्रकारहरुले राष्ट्रनिर्माणमा गहन भूमिका निर्वाह गरेको जनाए भने एनआरएनए बेल्जियम आइसीसी सदस्य अर्जुन श्रेष्ठले पत्रकारहरुले निष्पक्ष भएर कलम चलाउनुपर्ने सुझाए।
एनआरएनए उपाध्यक्ष हितमान गुरुङ र प्रवक्ता डा हेमराज शर्माले पनि एनआरएनए युकेले पत्रकारहरुका लागि प्रशंसनीय कदम चालेको उल्लेख गर्दै यसले थप जिम्मेवारीवोध गराउने विश्वास व्यक्त गरे। स्वागत मन्तव्यका क्रममा एनआरएनए युके उपाध्यक्ष महेन्द्र कँडेलले सञ्चारजगतसँग आफूहरु निकट रहेर काम गर्न इच्छुक रहेको जनाए भने अर्का उपाध्यक्ष थर्क सेनले प्रायोजकहरु सबैमा धन्यवाद दिए।
कार्यक्रमका अवसरमा एनआरएनए युकेले एनआरएन आइडी कार्ड वितरणको काम समेत सुरु गर्‍यो ।
सञ्चारकर्मी उषा भट्टले सञ्चालन गरेको सांस्कृतिक कार्यक्रममा गायक गायिका रामकृष्ण ढकाल, विवेक श्रेष्ठ, शर्मिला बर्देवा, दुर्गा परियारले आफ्ना गीत साथै नायिका रेजिना उप्रेती लगायत स्थानीय कलाकारले नाच प्रस्तुत गरेका थिए।

तपाईको प्रतिक्रिया