Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

टोकियो – तमु धिं जापानले हरेक बर्ष आयोजना गर्दै आइरहेको गुरुङ जातिहरुको महानपर्व स प्री ल्हो (सर्प बर्ग) ल्होसार कार्यक्रम नेपालदेखि आमन्त्रित चर्चित कलाकार र स्थानिय कलाकारहरुको सांगीतिक प्रस्तुतिहरुका साथ टोकियो सिन्जुकुको खाबुखिचोमास्थित युनिभर्सल सिटी हलमा जनवरी-२ तारिखमा सम्पन्न भएको छ !

उक्त ल्होसार कार्यक्रमको प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले पानसमा बत्ती बाली उदघाटन गर्नुहुंदै प्रवासी भूमिमा रहेर पनि गुरुङ जातिहरुले आफ्नो भाषा, संस्कार-संस्कृति र परम्परालाइ बचाई राख्न लामो समय देखि ल्होसार तथा रोंधी जस्ता जातीय पहिचान झल्कने कार्यक्रमहरु गर्दै आएकोमा कार्यक्रम सफलताको कामना गर्नु हुदै ल्होसार पर्वको अवसरमा जापानवासी सम्पूर्ण गुरुङहरु र गैरगुरुङ नेपाली दाजू भाई तथा दिदीबहिनीहरुमा स प्री ल्हो (सर्प बर्ग) को शुभकामना ब्यक्त गर्नुभएको थियो ! मतव्यको क्रममा नेपाल आदिबासी जनजाति महासंघ जापान कार्यबाहक अध्यक्ष हवालचन्द्र लामा, एनआरएन जापानका अध्यक्ष ओम गुरुङले ल्होसारको शुभकामना ब्यक्त गर्नु भएको थियो | कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो नेपालदेखि आमन्त्रित अतिथि कलाकारद्वय गायक खेमराज गुरुङ र नवनायिका सिपोरा गुरुङलाई प्रमुख अतिथिबाट खादा, दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो भने कार्यक्रममा लांघाली साँझका लागी आमन्त्रित कलाकारद्वय लोकगायक राम्जी खांड र मेरी बास्सैका चर्चित हास्य कलाकार विल्सनबिक्रम राई (तक्मे बूढ़ा) र नेपाली लोक संस्कृतिलाई धेरै मायाँ गर्नुहुने ओकामोतो मल्ललाई पनि धीं का अध्यक्ष हर्क गुरुङ, सांस्कृतिक संयोजक युक्तमान गुरुङ र सल्लाहकार ईश्वर गुरुङले सम्मान पत्र र खादा लगाएर सम्मान गर्नुभएको थियो !

ल्होसार कार्यक्रममा आमन्त्रित अतिथि कलाकार गायक खेमराज गुरुङले आफ्नो बिबिध सांगीतिक कोसेलीहरु पस्केर दर्शकहरुलाई भरपूर मनोरन्जन दिलाए भने नवनायिका सिपोरा गुरुङको एकल नृत्य प्रस्तुतिलाई दर्शकहरुले निकै मन पराए ! त्यसैगरी लोक गायक रामजी खांड र हास्यकलाकार विल्सन बिक्रम राई (तक्मे बुढा) को पनि प्रस्तुति रहेको थियो । स्थानिय कलाकरहरु गायक अमर गुरुङ, सरस्वती पुन, युक्तमान गुरुङका प्रस्तुतिबाट पनि दर्शकले मनोरंजन लिए । स्थानिय कलाकारहरु ज्योति गुरुङ, ईश्वर गुरुङ, धनराज गुरुङ, रीता गुरुङ, रेसू गुरुङ, देवी गुरुङ, हारुसी गुरुङ, युक्तमान गुरुङको नृत्यलाइ पनि दर्शकहरुले निकै मन पराए ! ल्होसार कार्यक्रम हेर्न आएका दर्शकहरुको अत्यधिक भिडले गर्दा कार्यक्रम स्वयंसेवकहरुलाइ ब्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो !

कार्यक्रम धींका अध्यक्ष एवं ल्होसार कार्यक्रमका संयोजक हर्क गुरुङको सभापतित्व र स्वागत भाषण उपाध्यक्ष श्रीभक्त गुरुङले गर्नुभएको थियो।कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो। पहिलो चरणको कार्यक्रमको सञ्चालन महासचिब कुमार गुरुङले र सांस्कृतिक कार्यक्रमको सञ्चालन सल्लाहकार ओम प्रकाश गुरुङले गर्नुभएको थियो ।***

CHIEF1 CHIEF2 IMG_2270 IMG_2272 SAMMAN

तपाईको प्रतिक्रिया