बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

4भर्जिनिया –   यहि जनवरी १, २०१३ का दिन एनआरएन, एनसीसी अमेरिकाले एक औपचारिक सपथग्रहण समारोह सम्पन्न गरेको छ ।

२०१३-२०१४ का लागि निर्वाचित हुनुभएका पदाधिकारीहरुलाई अमेरिकाको पूर्वीय समय अनुसार शुभमुर्हत १२:०१ को साईतमा अमेरिकाका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, एनआरएन, अन्तरराष्ट्रिय समन्वय समितिका क्षेत्रीय संयोजक मुकेश सिंह तथा प्रमुख निर्वाचन आयुक्त छेवांग शेर्पा लामाको समुपस्थितिमा पदाधिकारीहरुले सपथ ग्रहण गरे ।

एनआरएनको ईतिहासमा सर्वप्रथम आधुनिकीकरण र विज्ञानको बिकासलाई पूर्ण प्रयोग गरी समयको बचत र अमेरिकामा बिभिन्न राज्यहरुमा भैरहेको बिशाल हिमपात तथा प्रतिकूल मौसम भएको कारण भौतिकरुपमा सबै उपस्थिति हुने सम्भावना क्षीण भएकोले दूरसंचार प्रणालीको माध्यम (अर्थात् टेली कन्फेरेन्स कल) द्वारा नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण समारोहको आयोजना गरिएको जानकारी छापा बिज्ञप्तीमा जनाईएको छ । उक्त समारोहमा गैरआवासीय संघका अधक्ष जीवा लामिछानेले बिद्युतिय संचार माध्यमबाट बधाई दिनुभएको थियो भने प्रमुख निर्वाचन आयुक्त छेवांग शेर्पा लामाले संक्षेपमा शुभकामना तथा बधाई दिनुभएको थियो । सबै नवनिर्वाचित पदाधिकारीहरुले एनआरएन आईसीसीका क्षेत्रीय संयोजक मुकेश सिंहलेद्वारा सपथ ग्रहण गरेका थिए । सपथ ग्रहण पश्च्यात सिंहले मन्तब्य राख्नु हुदै निर्वाचित पदाधिकारीहरुलाई बधाई दिनुभयो ।

अमेरिकाका लागि राजदूत डा. शंकरप्रसाद शर्माले मन्तब्य व्यक्त गर्दै गैर आवासीय संघले नेपालको लागि खेलेको महत्वपूर्ण भूमिकाको सराहना गर्दै यसले नेपाल र अमेरिकाको सम्बन्धमा पनि महत्वपूर्ण योगदान हुने बिश्वस्त रहेको विचार ब्यक्त गर्नुभयो । राजदूतले एनआरएन, अमेरिका सबैभन्दा उत्कृष्ट बन्न सकोस भन्दै नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिनुभएको थियो । नवनिर्वाचित अध्यक्ष्य प्रल्हाद केसीले स्वीकृति भाषण गर्नुभएको थियो भने र उपस्थित सबैलाई धन्यबाद ज्ञापन गरि सपथ ग्रहण समारोह समापन गर्नु भएको थियो ।

सपथ ग्रहण भौतिकरुपमा उपस्थित भै सपथ लिने प्रचलन छ र हुन्छ तर एनआरएन अमेरिकाले नौलो तरिकाले सपथ ग्रहण गराएको समाचार आएको छ । विश्वमा कुनै पनि नियम, कानुन र बिधि बनाउने हामी मानव जाती नै हौ । सायद भौतिक रुपमा उपस्थिति हुनै पर्ने भन्ने बिधानमा कतै उल्लेख नभएको कारण र समारोहमा भेला हुदा संस्थाको आर्थिक क्षति बेहोर्नुपर्ने निश्चित भएको कारण तर त्यो भन्दा प्राथमिकता एनआरएनको सामुहिक जल बिद्युतमा सो रकम लगानी गर्न सकिन्छ कि भन्ने आशाको साथ संचार प्रणाली एउटा शसक्त औजार भएकोले यस्तो शैलीमा सपथ ग्रहण गर्नुपरेको जानकारी अध्यक्ष प्रल्हाद केसीले दिए ।

सपथ ग्रहण गर्नुहुने पदाधिकारीहरुमा अध्यक्ष्य प्रल्हाद केसी, वरिष्ठ उपाध्यक्ष शिवकुमार राई, उपाध्यक्ष्य राजेन्द्र खतिवडा, उपाध्यक्ष बृहस्पति लामा, महासचिब उपमा कंडेल, लामा सहसचिब जय मण्डल कोषाधक्ष्य राजेन्द्र शिवाकोटी, लेखा परीक्षक (सीपीए) जनसम्पर्क अधिकारी नारायण गुरुङ तथा संचार संयोजक बनिता कातिला हुनुहुन्थ्यो । **

तपाईको प्रतिक्रिया