Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

BIshnu 2

Basantaटोकियो – गल्कोट समाज जापानको साँगीतिक कार्यक्रम टोकियोमा सम्पन्न भएको छ । बिशाल जनसहभागिताका साथ सम्पन्न गल्कोट धमाकाको जापानका लागि राजदूत एवं प्रमुख अतिथि डा. मदनकुमार भट्टराईले पानसमा बत्ति बाली उदघाटन गर्नुभएको थियो ।innagu

गल्कोट समाज जापान टोकियो क्षेत्रिय कमिटीका अध्यक्ष केहरसिंह बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रिय उपाध्यक्ष नरबहादुर थापाले स्वागत मन्तब्य दिनुभएको थियो । सो अवसरमा गल्कोट समाजको गतिबिधिबारे प्रकाश पार्दै महासचिव तेजिन्द्रबहादुर थापाले नयाँ बर्षको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

यसैगरी बिशेष अतिथिहरु एनआरएन एशिया प्यासिफिक उपसंयोजक किरणविक्रम थापा, एनआरएन जापानका अध्यक्ष ओम गुरुङले पनि कार्यक्रम सफलतको कामना गर्नुका साथै नयाँ बर्षको शुभकामना दिनुभएको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै राजदूत डा. भट्टराईले जापानमा गल्कोटबासीहरुले आफ्नो गाउँ र ठाउँका लागि देखाएको सक्रियता र क्रियाशिलताको प्रशंसा गर्दै नयाँ बर्षको शुभकामना ब्यक्त गर्नुभयो ।

सो अवसरमा अतिथि कलाकारहरु बिष्णु खत्री, बसन्त थापा र टिका पुनलाई फूलको गुच्छा र खार्दापण गरी स्वागत गरिएको थियो । पहिलो औपचारिक कार्यक्रमको सँस्थाका उपाध्यक्ष हर्क थापाले सञ्चालन गर्नुभएको थियो भने साँगीतिक कार्यक्रमको सल्लाहकार बेलू थापाले सञ्चालन गर्नुभएको थियो ।

Artists

Dassकार्यक्रममा रामकृष्णबम मल्ल र सूर्य खड्काले लोकगीत प्रस्तुत गरेर माहौल तताउन नपाउँदै गायिका टिका पुनले आफ्ना सुमधुर गीतहरु पस्केर दर्शकहरुलाई छमछमी नचाईन् । लगत्तै जितु नेपाल (मुन्द्रे) ले नेपाली समाजमा बिद्यमान बिभिन्न बिकृति तथा बिसंगतिहरुको उछिट्टो काढ्दै दर्शकहरुलाई पेट मिचिमिचि हंसाएका थिए ।

कार्यक्रममा हालै आयोजित भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गरेका गल्कोट समाजको भलिबल खेलाडि टिमलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा स्थानिय कलाकारहरु ऋषि पौड्याल, युवराज आचार्यले पनि आफ्ना लोकभाकाहरु पस्केर दर्शकहरुलाई नचाएका थिए ।
लगत्तै अतिथि कलाकार बसन्त थापाले डाडै फुर्के सल्लो, रुमाल हल्लाइ हल्लाई, हाइ गेन्की देस, अझै कन्य हो लगायतका लोकप्रिय गीतहरु गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरे । त्यसपछि अर्का अतिथि कलाकार बिष्णु खत्रीले घामभन्दा नि जुनको- किन यति माया लाग्छ आफ्नो भन्दा उनको, भरिया दाईले बिसाउने भारी, पल्टनबाट छुट्टीमा आको, दुना टपरीलगायतका उनका चर्चित गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई नचाउनु नचाएका थिए ।

यसैगरी कार्यक्रममा बाल कलाकार दिलिप खत्रीले पनि आफ्नो बाल प्रतिभा प्रस्तुत गरेर कार्यक्रममा नौलो स्वाद पस्केका थिए । यसैगरी कार्यक्रममा श्रीकृष्णबम मल्ल र रामकृष्णबम मल्लले फुल्यो भमरा बोलको युगल गीत गाएका थिए । त्यस अघि गायक श्रीकृष्णबम मल्ललाई  पनि खादार्पण गरी सम्मान गरिएको थियो ।
कार्यक्रमको अन्तमा, बिष्णु खत्री र टिका पुनको बिचमा दोहोरी जमेको थियो । हलभरि खचाखच उत्साहबर्द्धक दर्शकहरुको उपस्थितिकाबिच गल्कोट धमाकाको अन्तिम कार्यक्रम आज टोकियोमा सम्पन्न भएको हो । ***

Tejindra

three comrade

Mohan

committee

Dr Bhattarai

Tika

Mundre 1

 

jitu 1Mass  3

Robinda

तपाईको प्रतिक्रिया