बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

NRN Belgiumएन्टेर्पेन – ५ बूंदे घोषणापत्र जारी गर्दै एनआरएन बेल्जियमको चौथो साधारण सभा गत आइतवार सम्पन्न भएको छ ।

साधारण सभाको समारोहका प्रमुख अतिथि  बेल्जियमका लागि नेपाली राजदूत राममणी पोख्रेलले उदघाटन गर्नुभएको थियो ।

उदघाटन समारोहमा शुभकामना मन्तब्य राख्दै राजदूतले एनआरएनए मात्र नेपाल सरकारले पहिचान गरेको डायस्पोराका नेपालीहरुको साझा संस्था भएकोले दूताबासले संधैं एनआरएनसंग सहकार्य गरी अगाडि बढ्न तयार रहेको बिचार ब्यक्त गर्नुभएको थियो ।

समारोहमामा एनआरएनए आइसीसी सदस्य रबिन्द्रमान श्रेष्ठ, अर्जुनकुमार श्रेष्ठ र पिजी शेर्पाले बिशेष अतिथिको आसनबाट शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । शुभकामना ब्यक्त गर्दै सम्पूर्ण बक्ताहरुले बेल्जियमका नेपाली समुदायको साझा सवालहरुमा नै बिचार, जात, धर्म भन्दा माथि उठेर एक जुट भई एक आपसमा सहयोगको आदानप्रदान गरी अगाडि बढनुपर्ने धारणा राख्नुभएको थियो ।

यस उदघाटन समारोहमा एनआरएनए आइसीसी अध्यक्ष जिबा लामिछाने, युरोप संयोजक कुमार पन्तले आफू ब्यस्तताले उपस्थिती हुन नसकेको जानकारी गराउदै लिखित शुभकामना पठाउनुभएको जानकारी आईसीसी सदस्य अर्जुनकुमार श्रेष्ठले गराउनुभएको थियो । एनआरएनए बेल्जियमकी अध्यक्ष जानकी गुरुङको अध्यक्षतामा सम्पन्न उक्त उदघाटन समारोहमा उपाध्यक्ष बोधराज पौडेलले स्वागत मन्तब्य राख्नु भएको थियो भने एनआरएनए बेल्जियम सदस्य शारदा अर्याल र सरस्वती सुबेदीले अतिथिहरूलाई ब्याज बितरण गर्नुभएको थियो।

उदघाटन समरोहको समापान लगतै दोस्रो चरणको बन्द सत्रले एनआरएनए बेल्जियमले प्रस्तुर गरेको प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदनलाई केही सुझाबसहित अनुमोदन गर्दै ५ बूंदे घोषणापत्र जारी गरेको छ ।

१. एनआरएनए बेल्जियमको साधारण सभामा सहभागी हुनु भएका प्रमुख अतिथि महामहिमा राजादूतज्यू, एनआरएनए आइसीसी सदस्यज्यूहरु, बेल्जियमस्थित सम्पूर्ण संघसंस्थाका अध्यक्ष्य तथा प्रतिनिधि र सहभागी सम्पूर्ण महानुभाबहरूलाई धन्यबाद ज्ञापन गरियो ।

२. बेल्जियमबाट कुनै आधिकारिक कागजबिना जबजस्ती नेपाल सुपुर्दगी गर्ने कार्यलाई रोक्नको लागि नेपाल सरकार, नेपाली दूताबास बेल्जियम मार्फत बेल्जियमको सम्बन्धित निकायको ध्यानाकर्षण गराउन अनुरोध गर्ने ।

३. बेल्जियमको नेपाली समुदायको महत्वपूर्ण इपर स्मारक परियोजना र नेपाल हाउस परियोजनाको लागि एनआरएनए बेल्जियमले नेपाली दूताबास लगायत बेल्जियमका सबै संघसंस्थासंग समन्वय र छलफल गरी आम सहमतिको आधारमा काम शुरु गर्ने ।

४. नेपाललाई प्रबर्धन गर्नको लागि हरेक बर्ष एनआरएनए बेल्जियमले गर्दै आएको नेपाल फेष्टीवल, लगायत बेल्जियम सरकारले आयोजना गरेका राष्ट्रिय र अन्तरराष्ट्रिय ब्यापारमेलामा नेपालली समुदाय र नेपाल सरकारको सहभागीता जनाउन आवश्यक पहल गर्ने ।

५. समृद्ध नेपाल निर्माणको लागि नेपालमा आर्थिक लगानी अपरिहार्य छ भन्ने उदेश्यका साथ एनआरएनए आईसीसीको पहलमा शुरु भएको संयुक्त लगानी कोषमा बेल्जियमबाट जतिसक्दो धेरै लगानी पठाउन सबै एनआरएनए बेल्जियमका सदस्यहरुलाई अनुरोध गर्ने । ***

तपाईको प्रतिक्रिया