Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

imageटोकियो – मनकामना एफसी र मनकामना कम्पनी लिमिटेडको संयुक्त आयोजनामा भएको नयाँ बर्ष मैत्री फूटबल प्रतियोगितामा नेपाल जापान युथ क्लव बिजयी भएको छ ।

गत आइतवार खिचीजोजीमा भएको सो प्रतियोगितामा फाईनलमा पुगेको मनकामना एफसी ’ए’ लाई हराउँदै युथ क्लवले आफ्नो बिजय सुनिश्चीत गरेको हो । ’अन्तर सँस्कृति मित्रताका लागि सकर’ भन्ने मुल नाराकासाथ भएको सो प्रतियोगितामा नेपाल जापान युथ क्लवका प्रकाश गुरुङ सर्बोत्कृष्ट खेलाडि घोषित गरिए भने १२ गोल गर्ने मनकामना एफसी ’ए’ का विषण गौचन हाई स्कोरर घोषित भए ।

उक्त अवसरमा नेपालका राष्ट्रिय फूटबल खेलाडि बसन्त गौचन, विषण गौचन, एन्फाका दीपक ईङ्नाम, रोशन रावत, सरास्वती क्लवका राम कमललगायतका अतिथि खेलाडिहरुको उपस्थिति रहेको थियो ।

मनकामना एफसी ’बि’, हिमालयन एफसी, वी फर अल, स्पेश बाउण्डलगायतका ६ टीमले प्रतियोगितामा भाग लिएका थिए ।

विजयी तथा सहभागी टीमहरुलाई मनकामना एफसी तथा मनकामना कम्पनी लिमिटेडका अध्यक्ष सुजन पन्त र नाकानो स्कुल अफ बिजनेशका प्रोफेसर साइतो मानावीले पदक, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए ।***
image_3
image_1image_2

तपाईको प्रतिक्रिया