Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

photoटोकियो – जापानबाट हालसम्म नेपालमा मात्र पैसा पठाउने रेमिट्यान्स कारोवार गर्दै आएको सिटी एक्सप्रेस मनि ट्रान्सफर कम्पनीले अब एक्सप्रेस मनि ट्रान्सफरसंगको सहकार्यमा बिश्वका १९८ मुलुकहरुमा पैसा पठाउने सेवा बिस्तार गरेको औपचारिक जानकारी गराउन आज टोकियोमा एक समारोहको आयोजना गरियो ।

उक्त कारोवार बिस्तार कार्यको आज टोकियोमा आयोजित एक समारोहकाबिच उदघाटन भएको छ ।

समारोहका प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई, सिटी एक्सप्रेस मनि ट्रान्सफर कम्पनीका अध्यक्ष महेशकुमार श्रेष्ठ र एक्सप्रेस मनि ट्रान्सफर कम्पनीका म्यानेजिङ डाईरेक्टर एडवार्ड कोबान बानले संयुक्तरुपमा रिबन काटेर बिश्वब्यापी रेमिट्यान्स कारोवारको उदघाटन गर्नुभएको थियो ।

उदघाटन समारोहमा बोल्दै राजदूत डा. भट्टराईले सिटी एक्सप्रेस र एक्सप्रेस गरी डबल एक्सप्रेसको सहकार्यमा हुन गईरहेको बिश्वब्यापी कारोवार अझ द्रुत गतिमा अगाडि बढ्नेमा आफु बिश्वस्त रहेको धारणा राख्दै अगाडि भन्नुभयो – ’शुभकार्यका लागि अति उत्तम मानिने मंसिर महिनाको आखिरी दिनमा शुभारम्भ हुन गईरहेको यस कार्यको सफलताको लागि हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

यसैगरी सो अवसरमा एक्सप्रेस मनि ट्रान्सफर कम्पनीका म्यानेजिङ डाईरेक्टर एडवार्ड कोबान बानले सिटीसंग सहकार्य गरेर नेपाल र नेपालीहरुसंगको सहकार्य र घनिष्ठता बढाउन पाएकोमा खुशी लागेको बताउनुहुँदै एक्सप्रेस मनि ट्रान्सफर कम्पनीको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रमको प्रारम्भमा सिटीका अध्यक्ष महेशकुमार श्रेष्ठले सबैलाई हार्दिक स्वागत गर्दै सिटी एक्सप्रेस मनि ट्रान्सफर कम्पनीका बारेमा बिस्तृतमा जानकारी गराउनुका साथै हाल ९ हजार भन्दा बढि सेवाग्राही भएको सिटीले अब एक्सप्रेससंगको सहकार्यमा संसारभर रेमिटयान्स कारोवार गर्न गईरहेको जानकारी गराउनुभएको थियो ।

समारोहमा दूतावासका उपनियोग प्रमुख तापस अधिकारी, एनआरएन आईसीसीका कोषाध्यक्ष भवन भट्ट, आईसीसी सदस्य रोशन केसी, एनआरएन जापानका अध्यक्ष ओम गुरुङलगायत बिभिन्न संघसंस्थाका प्रतिनिधि, ब्यवसायी तथा मिडियाकर्मीहरुको उपस्थिति रहेको थियो । दिवाभोजसहितको उक्त समारोह टोकियो हामामाच्सुच्योस्थित मन्दिर रेष्टुरेन्टमा भएको हो ।

सो अवसरमा “लक्की-ड्र” मार्फ़त १२ पटकसम्म नि:शुल्क रकम पठाउन सकिने ५ जना भाग्यमानीको नाम पनि घोषणा गरिएको  थियो । ***

Innaguaration
mk shrestha

 

 

Philipinemass 2massRajdutdraw

तपाईको प्रतिक्रिया